नवलपुर ।
किशोरीलाई बलात्कार गरेको अभियोग लागेका अभिनेता पल शाहलाई अनुशन्धानका लागि पूर्वि नवलपरासी ल्याईएको छ । मंगलवार इलाका प्रहरी कार्यालय गैंडाकोटमा ल्याइएका अभिनेता शाहलाई बयानको लागि आज जिल्ला सरकारी वकिल कार्यालय नवलपुर ल्याईएको हो ।
किशोरीले आफूलाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता गराएको २ सातापछि तनहुँ प्रहरी हिरासतमा रहेका शाहलाई मंगलबार प्रहरी कार्यालय गैंडाकोटमा ल्याएको थियो ।
अभियोग लागेका अभिनेता पललाई बयानकोे लागि केहि दिन नवलपुर नै राखिने र म्याद थप गर्नुपर्ने अवस्थामा तनहु प्रहरी कार्यालय नै पठाईने जिल्ला प्रहरीका सूचना अधिकारी दिलिप गिरीले जानकारी दिनुभयो । गिरीका अनुशार फागुन १६ गते गैंडाकोट प्रहरीमा मुद्दा दर्ता गराएकी ती किशोरीको त्यही दिन भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण समेत गराइएको थियो ।जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले तनहुँ प्रहरीलाई गत आइतबार पत्र पठाउँदै पल शाहविरुद्ध बलात्कारको उजुरी गैंडाकोट प्रहरीमा परेकाले यहाँ पनि उनका बारेमा अनुसन्धान गर्न परेकाले पठाइदिनु भन्दै पत्राचार गरेको थियो ।
प्रहरीका अनुसार ती किशोरीले एउटा गीतको छायांकनको क्रममा गत चैत ७ गते गैंडाकोटको एक होटलमा आफूलाई बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैंडाकोटमा दुई साताअघि किटानी जाहेरी दिएकी थिइन् ।
गत चैत ७ गते बलात्कार गरेको आरोपपत्रमा उल्लेख भएका कारण आगामी चैतको ६ गतेभित्र अदालतमा मुद्दा दर्ता गरिसक्नु पर्ने जिल्ला प्रहरी कार्यालयलाई बाध्यता छ । गैंडाकोटमा दुई साताअघि दर्ता गराएको निवेदन अनुसार एकै दिनमा सकिने छायांकनको काम दुई दिन लगाएर गैंडाकोटको होटलमा रक्सी खुवाएर आफूलाई बलात्कार गरेको आरोप किशोरीले लगाएकी छन् ।
त्यतिबेला इलाका प्रहरी कार्यालय गैंडाकोटमा मुद्दा दर्ता गराउन पीडित किशोरी, उनका बाबु र वकिल आएका थिए । शाहविरुद्ध तनहुँ र नवलपरासी प्रहरीमा बलात्कारको अभियोग लगाएर मुद्दा दर्ता गराउने किशोरी एउटै भएको प्रहरीको भनाइ छ ।