नवलपुर । होलीको दिन पारेर गरिएको चेकजाँचमा नवलपुरमा तीन सय ३४ सवारी होल्डमा परेका छन् । नवलपुरका विभिन्न क्षेत्रमा गरिएको जाँचमा यी सवारी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीले बताउनु भयो ।
हेल्मेट नलगाएका, मापसे सेवन गरेका , तीन जना सवार भएका सवारी नियन्त्रणमा लिएर दिन भर राखिएको उहाँले बताउनुभयो ।
नियन्त्रणमा लिएका सवारीको कागजात पूरा भएकालाई साँझबाट छोड्न थालिएको उहाँले बताउनुभयो ।