भिम भुसाल, नवलपुर ।
पूर्वि नवलपरासीको देवचुली नगरपालिका १० मा जिल्ला कै पहिलो क्रिकेट एकेडेमी बन्ने भएको छ । क्रिकेट क्षेत्रको विकासको लागि युवाहरुको संयुक्त लगानीमा देवचुलीमा रोयल क्रिकेट एकेडेमी निर्माण हुन लागेको हो ।
नयाँ वर्षसम्ममा सञ्चालनमा ल्याउँने तयारीमा रहेको एकेडेमीमा राष्ट्रिय स्तरका खेलाडि तथा प्रशिक्षकबाट प्रशिक्षण हुने युवाहरुले दाबी गरेका छन । प्रतिभावान खेलाडीहरु उत्पादन गर्ने उदेश्यले एकेडेमीको स्थापना गरिएको उनिहरुले दाबी गरेका छन । दक्ष खेलाडी उत्पादन गर्ने उदेश्यले एकेडेमी सञ्चालनमा ल्याएका हौं उनिहरुले भने गाउँ घरमा लुकेर बसेका प्रतिभाहरु प्रोत्साहित हुने छन् ।
ब्यक्तिको स्वामित्वमा रहेको २ विघा जग्गा भाडामा लिएर एकेडेमी निर्माणको काम भोलिदेखी थालनी हुनेभएको छ । गण्डकी प्रादेशिक क्रिकेट संघका क्याप्टेन विशाल पौडेलका अनुशार देवचुली १० को पावर हाउस पछाडी रहेको २ विघा क्षेत्रमा वार्षिक २ लाख रुपैयाँ भाडादरमा १० वर्षका लागि क्रिकेट एकेडेमी संचालनमा ल्याउन लागिएको बताउनुभयो ।