
भिम भुसाल, नवलपुर ।
नेपालका चर्चित अभिनेता राजेश हमाल नवलपुरको नारायणी नदि किनारका फोहोर टिप्न ब्यस्त रहेका छन् । पुर्खौलि घर समेत रहेको नवलपुरको देवचुलीमा महानायक हमालले बन्यजन्तुलाई प्रदुषणले असर गर्ने भन्दै नारायणी किनार सफाईमा जुटेका हुन् ।
चितवन र नवलपुरको संगमको रुपमा रहेको नारायणी नदि किनारमा आन्तरिक तथा बाह्य पर्यटकले गरेका फोहोरले बन्यजन्तुलाई असर गरेको हुँदा सरसफाई अभियानमा सरिक भएको अभिनेता हमालले बताएका छन् । प्रकृतिलाई मानिसको आवश्यकता नभएको तर मानिसलाई प्रकृतिको आवश्यकता रहेको हुँदा पर्यावरण स्वच्छ राख्नुपर्ने तर्फ सवै नागरिकले चाँसो दिनुपर्ने हमालले बताएका छन् ।

नारायणी तथा जंगलमा फालिएका प्लास्टिकका बोतल तथा प्लास्टिक जन्य फोहोर संकलन गर्दै अभिनेता हमालले बनमा रहेका गैंडा, मृग तथा घडियाल गोहीको बासस्थानलाई सुरक्षित र सफा राखिदिन सम्पुर्ण नागरिकलाई आग्रह गरेका छन् ।
फरक प्रसंगमा महानायक राजेश हमालले राजनितिमा प्रवेश गर्ने समेत जनाएका छन् । जसलाई जिम्मेवारी दिएर विकासका लागि पठाएका छौँ उनिहरुले नै सन्तोषजनक काम नगर्दा राजनितिमा आउनुपर्ने आवश्यकता देखिएको भन्दै हमालले संकेत गरेका छन् । हमालले भनेर्, समग्र विकासको मेरुदण्ड नै राजनिति भएकाले कलाकारिताले मात्रै पुग्दैन कि भन्ने लागेको छ, हेर्दै जाउँ राजनितिमा आउन पनि सकिन्छ ।
सरसफाई पश्चात महानायक राजेश हमालले नवलपुरको मध्यवर्ति बनमा जंगल सफारी समेत गरेका छन् ।