• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Sat, 18, Mar, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

राजनीति हामीले खेल्ने लङ्गुर बुर्जा नबनोस् ! भोट माग्न आउने सँग योजना र भिजन माग्नुहोस्

पावर संदेश
   १० चैत्र २०७८, बिहीबार १०:४६  मा प्रकाशित
  • 923 पटक पढिएको







  • यतिबेला स्थानिय तह चुनावको रन्कोले तात्ने क्रममा छ । केही धेरै नै राम्रा काम गरेका र केही गफ धेरै तर काम थोरै गरेर आफ्नो कार्यकाल बिताएका जनप्रतिनिधि र केही सम्भावित नयाँ अनुहारहरु पनि घर दैलो गर्दै छन् । यति मात्रै हैन, केन्द्र देखि खटिएर माननीयहरु पनि गाउँ गाउँ पस्दै छन् । ती मध्ये कतिपय चुनाव जितेर गए पछि बिच बिचमा फ्याट्ट फुट्ट आइरहेका अनुहार पनि छन् त कतिपयले अघिल्लो चुनाव पछि बल्ल आफ्नो निर्वाचन क्षेत्रलाई नजिकैबाट नियाल्दै छन् । तर जे होस् समग्रमा माहोल तातेको छ । चुनावी टिकटका लागि दौडधूप र लबिङ तिब्र छ । खर्च जुटाउने होडमा छन् टिकट पाउछु भन्ने विश्वाश भएकाहरु । अब चुनावी बल तपाईं हामी आम मतदाता तथा जनताको कोर्टमा छ । हामी निर्णायक पोजिसनमा छौं तर थाहा छैन निर्णय कस्तो दिन्छौँ ।
    वर्तमान अवस्थाका गतिविधी नियाल्दा राजनीति अब समाजसेवा मात्रै रहेन । औंलामा गनिने एकाध प्रतिनिधिहरु बाहेक साम, दाम, दण्ड, भेद अपनाएर पदमा पुग्ने र नितिगत एंव आर्थिक लाभ लिन सिंगो क्षेत्र तल्लिन देखिन्छ । पार्टी पंक्तीमा लामो समय संघर्स गरेका या बिषयगत बिधामा दख्खल पुर्याएका भन्दा जुनसुकै माध्यमबाट छोटै अवधीमा किन नहोस्, आर्थिक रुपमा बलिया देखिएकाहरुको हाली मुहाली देख्दा अब दिगो बिकास र सभ्य समाज निर्माणकालागि भिजन भए पनि इमान्दार र शिक्षित तप्का (जो सँग समाज निर्माणका लागि अनेकन खाका र मोडेल छन् तर चुनावको टीकट पाउन र खर्चिन आर्थिक ल्याकत छैन) हरुले राजनीति गर्नु र नेपाल देशलाई, आफ्नो गाउँ ठाउँंलाई सुन्दर बनाउने सपना देख्नु केवल दिवा सपना हुन सक्छ किनकी देशको मूल निती भईकन पनि समाजसेवाका नाममा राजनीति अब हामीले वालापन देखी खेल्दै आएको लङुर बुर्जा जस्तै भई सक्यो । दाऊ परे डबल ट्रिपल नि आउन सक्छ, नपरे लगानी झ्वाम, कतिपयको त भएको झिटी झाम्टा नै झ्वाम !
    हरेक इमान्दार उमेद्वार लाई पार्टीले नै छनोट गरेर खर्च उपलब्ध गराउने र जनताले पनि आगामी पाँच बर्षको ठोस कार्यक्रम सहित कार्यक्रम मागेर (नया उमेद्वारका लागि) र उहाहरुले गरेका कामको मुल्याङ्कन गरेर वा बिस्लेसण गरेर (विगतमा प्रतिनिधि भई सकेकाहरुका लागि) जनप्रतिनिधी छान्न सकियो भने जितेर पदमा पुग्नेहरु जनताको सेवामा खटिएलान् हैन भने माथि भनिए जस्तै लङुर बुर्जाको लगानी उठाउनै तल्लिन रहनेछन् कहिले खेल्ने खेलाडी बनेर त कहिले ठेक्दार र जेसिबीमा लगानी गरेर भए पनि आँफै मालिक बनेर ।
    हप्ता दश दिन यता सिर्स भनिएका नेताका भाषण सुनियो भने यस्तो लाग्छ, तिनीहरु सँग कुनै चुनावी एजेन्डा नै छैन, तथानाम गाली गलौजमा ब्यस्त छन् ।
    हुन त एजेन्डा भए पनि, घोषणा पत्रमा लेखिए पनि बिरलै लागू हुने हो । तर पनि निती कार्यक्रम योजना र देश बिकासका खाका र मोडेलमा रत्ती पनि बहस नहुनु गहन चिन्ताको बिषय हो र यो सबै हामीले आँखा चिम्लेर तिनिहरुलाई विश्वाश गर्नाको नतिजा पनि हो । अब सोच्ने बेला आएको छ, अघिल्लो चुनाव पछि हाम्रो जीवनमा कति परिवर्तन आयो ? हामी कति बढी ज्ञानी र सचेत बन्यौ ? वस्तु र सेवा दुवै प्राप्त गर्ने सवालमा हामीले प्राप्त गर्ने सेवाको स्तर कस्तो रह्यो ? गाउँ ठाउँंका समस्या कत्तिको समाधान भए ? बिकास निर्माण कति भए ? ती मध्ये दिगो बिकासका नमूना कति थिए ? प्राकृतिक श्रोतको दोहन कत्तिको भयो र कति मरिहत्ते गरे वनजङल, गिटी बालुवा ढुङ्गा र अरु खानि दोहनका लागि ? शान्ति सुरक्षा कत्तिको भरपर्दो भो ? न्याय पाएर कति खुशी भए र कतिको बिचल्ली भो ? अपराधका घटनाको वस्तु स्थिती कस्तो रह्यो, कति अपराधीले सजाय पाए र कति छाती फुलाएर खुले आम डुलीरहेका छन् ? आम जनताका आधारभूत आवश्यकता गाँस, बास र कपास प्राप्तीका आधार बदलिए कि नाइ ? साना ठूला गरेर कति उद्योग खोलिए ? कतिले रोजगारी पाए ? वाद्यताले बिदेशिएकाहरुले कती सिप सिकेर गए ? अनि दुःखले आर्जेको रेमिट्यान्सको कति प्रतिशत आय आर्जनको बाटोमा लगानी गर्ने योजना ल्याए राजनीति गर्नेहरुले, समाज बदल्छु भन्नेहरुले ? अनि हामीलाई समस्या पर्दा कत्तिको हाजिर भए गाउँ टोलमा ? हामीले पाउने स्वास्थ्य सेवाका लागि हाम्रै जिल्लामा, स्थानिय तहमा कति हस्पिटल खोलिए, कति एम्बुलेन्स, कति बारुणयन्त्रहरु थपिए गाउँपालिका र नगरपालिकाहरुमा ? उच्च शिक्षाका लागि कति कलेज र विस्व बिद्यालयहरु थपिए ? खेलकुद र मनोरन्जनका लागि कति स्थान छुट्टाइए ? कृषि क्रान्ति कहाँ पुग्यो ? ब्यवसायिक कृषिका तालिम लिएर कति जनता आत्मनिर्भर भए ? कुन कुन खेतीका लागि,कुन कृषि कर्मका लागि मल बिऊ र कृषि औजारमा कति अनुदान पाए वास्तविक कृषकहरुले ? अन्य स्वरोजगार तालिम र सिप सिकेर हामी कती आत्मनिर्भर बन्यौँ यो अवधीमा ? समग्रमा हामीलाई कति खुशी दिए जनप्रतिनिधी र तिनिहरुले परिचालन गरिएका कर्मचारी वर्गले ?
    यी र यस्तै अनेकौ यावत प्रश्नहरुको उत्तर खोजेर मात्रै पुनः निर्वाचित गर्ने वा नयाँ अनुहारलाई प्रतिनिधि बनाउने अब हाम्रो विवेक फेरी एक पटक प्रयोग हैन सदुपयोग गर्ने बेला आएको छ । यदी हामी विवेकशिल बन्न सकेनौँ र लहडमा दौडियौ भने अर्को पाँच बर्ष मात्रै हैन हामीले हाम्रा नयाँ पिढी माथि पनि घात गरेर आशै आशमा हाम्रो जुनी बिताउने पक्का छ । स्थानिय प्रतिनिधिहरु छान्ने हकमा यो अझै महत्वपूर्ण छ । त्यसैले पार्टी प्रतीको झुकाव आफ्नो ठाउँंमा होला, पहिलो त राम्रो असल र उदारणिय उमेद्वार छानौँ र त्यसपछी ती राम्रा मध्ये पनि भिजनरी र गर्व गर्न लायक सबल शिक्षित इमान्दार र मिहिनेती ब्यक्तित्वलाई नेत्रित्वमा पुर्याऔँ तब मात्रै ढिलो चाँडो हामीले देखेको सभ्य समाज निर्माण हुनेछ । हामी युवा र शिक्षित वर्ग फेसबूके बिस्लेशक बनेर नानाथरी बिस्लेशण गर्न त हामी माहिर छौं तर परिवर्तनका लागि जनताको मन जितेर फिल्डमा उत्रिने आँट कमैमा देखिन्छ । मुटुमा दम छ भने फिल्डमा उत्रन अब ढिला भएन र ? आशा छ कम्तिमा यो पटक राम्रो मान्छे छान्दा अर्को पार्टीको परेर हात कापोस तर आफ्नो गाउँ ठाउँं लाई अरु पाँच बर्ष पछि पर्न दिनेछैनौँ हामीले ।
    (देवचुली न.पा.–७ का स्थायी बासिन्दा डा.पाठक पेशाले वनस्पती बैज्ञानीक तथा साहित्यकार हुन्)



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
  • दिवा सपना
  • नवलपुर मार्ट संघको अध्यक्षमा सुनिल न्यौपाने चयन
  • देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?



    • पछिल्ला
    • लोकप्रिय
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    दिवा सपना
    नारायणी नदी एकातिर पानी अर्काेतिर
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?
    देवचुलीको डोजरमा खिया : निर्णय हुने काम नहुने
    कार्तिक १९ गतेदेखि साप्ताहिक रुपमा शनिबार बजार बन्द हुने

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑