भिम भुसाल, नवलपुर ।
पूर्वि नवलपरासीको देवचुली नगरपालिका ४ र ५ का स्थानियले वर्षौ अघिदेखी बस्दै आएको घर जग्गाको लालपूर्जा प्राप्त गर्न गाऊँका नेता देखी देशका प्रधानमन्त्री सम्म पुग्न बाध्य भएका छन् । सुकुम्बासी समस्या समाधान गर्छु भन्दै भोट मागेर जितेका विभिन्न राजनैतिक दलका नेताले कुनै चाँसो नदेखाएपछी स्थानियले सर्घष समिति नै गठन गरि केन्द्रसम्म पुग्न बाध्य भएका हुन् ।
यस क्षेत्रका नेताले गर्देलान् र लालपूर्जा पाउँला भन्ने आश नभएपछी नगरपालिकालाई दबाव दिएर प्रधानमन्त्री सम्म हामी आफैँ पुग्यौँ, सुकुम्बासी सर्घष समिति देवचुली ४, ५ का सदस्य संघर्ष भुसालले भने । प्रधानमन्त्रीलाई भेट्न पुग्दै गर्दा हाम्रो क्षेत्रबाट जितेर गएका नेतालाई त गुनसो सुनाऊ भनेर ३ घण्टा सम्म पर्खियौँ । महाराजगञ्जमा सुतेर बसेका नवलपुर क्षेत्र नं १ का सांसद डा. शशांक कोइरालालाई बल्लतल्ल उठायौँ र लिएर गयौ तर घर नफर्किदै काँग्रेसी नेताले शशांकको गुणगान गाउन थालिसकेछन् अचम्म लाग्यो । भुसालले भने, “काम गर्ने कालु मकै खाने भालु भएछ ।”
सुकुम्बासी समस्या समाधान गराउनका लागि देवचुली नगरपालिकाबाट नगर प्रमुख,उपप्रमुख, वडाध्यक्ष लगाएत संघर्ष समितिका प्रतिनिधिहरु काठमाडौँ पुगेका थिए । त्यस क्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं नवलपुर क्षेत्र नं १ का सांसद डा. शशांक कोइरालालाई समेत यस क्षेत्रको प्रतिनिधी भएको कारण प्रधानमन्त्री समक्ष ध्यानाकर्षण गराईदिन आग्रह गरेका हुन् ।
सुकुम्बासी संघर्ष समितिका संयोजक गणेश गुरुङका अनुशार राजनिति भन्दा टाढा रहेर भुमिसम्बन्धी समस्या समाधान गर्न देवचुली नगरभित्रका हरेक ब्यक्तिले आ–आफ्नो क्षेत्रबाट योगदान रहेको बताउनुभयो । साथै सुकुम्बासी सर्घष समिति देवचुली ४ र ५ ले गरेका कार्यको सफलतामा शशांकको नाम जोडेर राजनिति नगर्दिन समेत अनुरोध गरेका छन् ।