नवलपुर ।
निर्वाचन आयोगले मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । प्रकाशित भएको नामावली अनुसार नवलपुरमा पुरुष १ लाख २१ हजार ३८, महिला १ लाख ३३ हजार ५७३ र अन्य ४ गरि कुल २ लाख ५४ हजार ६१५ मतदाता संख्या रहेका छन् ।
त्यस्तै निर्वाचन आयोगले नवलपुर जिल्लामा ११३ मतदान स्थल र २ सय ९९ मतदान केन्द्र तोकिएको छ ।
पालिकाहरू तर्फ सबै भन्दा धेरै कावासोती नगरपालिकामा ५५ हजार ३३० र सबै भन्दा कम बौदिकालीमा ११ हजार ४ सय ९७ मतदाता रहेका छन् ।
नवलपुरका स्थानीय तहका मतदाताको संख्या विवरण