
मदन अर्याल । लालपुर्जा नपाए सम्म तिनै तहको निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका देवचुलीका सुकुम्बासीले विभिन्न संघर्षका कार्यक्रमहरुलाई अगाडि बढाएका छन् । नगरपालिका घेराउ देखि प्रधानमन्त्रीलाई विज्ञप्ती बुझाएका सुकुम्बासीहरुले विभिन्न ठाउँमा प्रवेश निषेधद्धार बनाई विरोध गरेका छन् । देवचुली ४ र ५ का विभिन्न टोलमा प्रवेश निषेधद्धार बनाएका सुकुम्बासीहरुले देवचुली १३ कोे बोटे टोल , दलदले बौलाहा खोला पुल मुनिको सुकुमबासि बस्ति, दलदले बग्हुई टोलमा पनि प्रवेश निषेधद्धार बनाएका हुन् । लाल पुर्जा प्राप्त नगरे सम्म चुनावका कुनै पनि गतिविधि गर्न नदिने र राजनैतिक नेता र नेतृत्वलाई टोल प्रवेशमा प्रतिवन्ध लगाउने वडा १३ का संयोजक गणेश बहादुर बोटेले जानकारी दिनुभयो ।
राजनैतिक नेतृत्वले वारम्बार लालपुर्जा दिने आश्वासनमा भोट माग्ने र विजयी भएपछि व्यवास्ता गरेको भन्दै अव आफुहरुले उधारो आश्वास नमान्ने र तिनै तहको निर्वाचन बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

संघर्ष समितिले चैत १२ गतेको बैठकले आफ्ना माग पुरा नभए सम्म कुनैपनि चुनावमा सहभागी नहुने निर्णय गरेको थियो ।
सुकुम्बासी समस्या समाधान गराउनका लागि देवचुली नगरपालिकाबाट नगर प्रमुख,उपप्रमुख, वडाध्यक्ष लगाएत संघर्ष समितिका प्रतिनिधिहरु काठमाडौँ पुगेका थिए ।