
भिम भुसाल, नवलपुर ।
पूर्वि नवलपरासीको देवचुली नगरपालिका भवनको आज गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गर्नुभएको छ । २०७४ साल जेठ महिनादेखी संचालनमा आएको प्रशासनिक भवनको आज मुख्यमन्त्री नेपालीले उद्घाटन गर्नुभएको हो ।
गत निर्वाचनबाट निर्वाचित अहिलेका जनप्रतिनिधीहरुले समेत उक्त भवनबाट नै सेवा शुभारम्भ गरेका थिए । करिव ५ वर्षको समयावधी पुग्नै लाग्दा उक्त भवनको माथिल्लो तल्लाको बाँकी काम सम्पन्न भएकाले आज उद्घाटन गरिएको नगरपालिकाले जनाएको छ तर उक्त माथिल्लो हल समेत अघिल्लो वर्ष नै निमार्ण सम्पन्न गरि प्रयोगमा आईरहेको छ । साथै मुख्यमन्त्री पोखरेलले आज नै प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोत्ता संस्थाको ओभरहेड टयाङ्की उद्घाटन गर्नुभएको छ ।
