
गण्डकी । गण्डकी प्रदेशले प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रमका लागि ३४० विद्यालय छनोटमा परेका छन् । चालु आर्थिक वर्ष २०७८र०७९ देखि प्रदेश सरकारले कार्यान्वयनमा ल्याएको गण्डकी प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन मापदण्ड, २०७८ ले निर्धारण गरेका कार्यक्रमका लागि प्रदेश भित्रका ३४० विद्यालय छनोटमा परेका हुन् ।
छनोटका परेका विद्यालयले तोकिएको मापदण्डअनुसार कार्यक्रम सञ्चालन गर्न प्रत्येक विद्यालयले दुई लाखदेखि सात लाखसम्म रकम पाउनेछन् । सो कार्यक्रम सञ्चालनको लागि प्रदेश सरकारले २२ करोड बजेट विनियोजन गरेको छ ।

कार्यविधिले बालविकासदेखि उच्च माध्यामिक तहका प्राविधिक धारसहित क्याम्पसमा प्रविधि जडानसमेतका कार्यक्रमलाई छनोट गरेको छ । कार्यविधिले यसरी १९ वटा कार्यक्रमहरू छनोट गरेको छ । जसमा प्रारम्भिक बालविकास केन्द्रमा सिकाइ सामग्री व्यवस्थापन, वैदिक तथा धार्मिक शिक्षा प्रदान गर्ने संस्थाहरूलाई प्रोत्साहन अनुदान आधारभूत विद्यालयमा विज्ञान प्रयोगशाला सुदृढीकरण विपन्न तथा न्यून सिकाइ उपलब्धी भएका ९कक्षा ८–१०० विद्यार्थीहरूसँग प्रदेश प्रमुख कार्यक्रम छनोट भएका छन् ।
यसैगरी, माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला सुदृढीकरण, माध्यमिक विद्यालयमा आईसीटी ल्याव विस्तार, माध्यमिक विद्यालयमा गणित शिक्षा प्रयोगशाला स्थापना र विकास, माध्यमिक विद्यालयमा स्टिम ल्याब स्थापना र सञ्चालन गर्न कार्यक्रम छनोट गरेको छ ।
यस्तै, प्राविधिक धार तथा व्यावसायिक शिक्षा सञ्चालन गरेका सामुदायिक विद्यालयहरूलाई प्रयोगशाला सुदृढीकरण अनुदान दिने कार्यक्रम कार्यविधिले छनोट गरेको छ ।
सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययन गर्ने विपन्न तथा दलित विद्यार्थीहरूसँग प्रदेश प्रमुख कार्यक्रम मार्फत छात्रवृत्ति प्रदान गर्ने, सामुदायिक विद्यालयका उत्कृष्ट अभ्यासहरूको प्रकाशन एवम् प्रसारण, विद्यालयहरूमा अनलाइन अफलाइन सामग्री विकास एवम् प्रसारण व्यवस्थापन गर्ने कार्यक्रम छनोट भएको छ ।
यस्तै, पृथ्वीनारायण क्याम्पसमा जर्ज जोन डिजिटल गणित प्रयोगशाला स्थापना, रोजगारी एवं स्वरोजगारी सृजना गर्नका लागि प्राविधिक शिक्षा प्रदान गर्ने विद्यालयहरूको प्रभावकारिता अध्ययन कार्यक्रम प्रदेश सरकारले छनोट गरको छ ।
सामुदायिक क्याम्पसमा सूचना प्रविधि विस्तार, गण्डकी प्रदेश शिक्षा नीति, २०७८ कार्यान्वयन रणनीतिक योजना निर्माण एवम् प्रकाशन गण्डकी प्रदेशको सांस्कृतिक वृत्तचित्र निर्माण, विद्यालय एवं क्याम्पस तहका सवै कार्यक्रम अभिमुखीकरण तयारी एवं सञ्चालन र व्यवस्थापन जस्ता कार्यक्रम छनोटमा परेको छ ।
गण्डकी प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम-२०७८ मा छनौट भएका विद्यालय एवं कार्यक्रमहरु_compressed