दयाराम आचार्य
नवलपुर । नवलपुरमा ८५ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने लक्ष्य लिइएको छ । टाइफाइड रोग विरुद्ध खोप १५ महिना देखि १५ वर्ष सम्मका उमेर समूहका बालबालिकालाई लगाइने स्वास्थ कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले बताउनुभयो ।
चैत २४ गतेदेखि सुरु हुने अभियानमा २सय ५० वटा खोप केन्द्रबाट खोप लगाइने कार्यालय प्रमुख चापागाईंले बताउनुभयो । विधालयहरुलाई खोप केन्द्र तोकिएको छ । बिधालय बाहिरका खोप लगाउने उमेर समूहका बालबालिकाले नजिकको खोप केन्द्रमा गएर खोप लगाउन सक्नेछन् ।
खोप केन्द्रमा ३१० स्वास्थ्य कर्मी परिचालन गिरिने छ । टाइफाइड विरुद्धको खोप अभियानका लागि नवलपुरमा १६ हजार ८९६ भाइल खोप आएको छ ।