
नवलपुर ।
नवलपुरको गैँडाकोटमा स्कुटरले ठक्कर दिँदा एकजना पैदल यात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकका अनुसार गैँडाकोट ५ को काँग्रेसचोक नजिकै पूर्वबाट पश्चिमतर्फ गइरहेको बा प्र.०३ ००३ प २८३४ नम्बरको स्कुटरले ठक्कर दिएको हो ।

ठक्करबाट गैँडाकोट ५ का ७५ वर्षिया लालप्रसाद न्यूरेको मृत्यु भएको छ। ठक्करपछि गम्भिर घाइते न्यूरेको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने चालक र स्कुटर प्रहरी नियन्त्रणमा रहेको छ। चालक सामान्य घाईते छन् ।