भिम भुसाल,
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को तर्फबाट मेयरमा ७ जनाले दाबी गरेका छन् । उप प्रमुखमा भने १० जनाले दाबी प्रस्तुत गरेका छन् । नगर प्रमुखको लागि दाबी गर्नेहरूमा धर्मदत्त भुसाल, खिमानन्द भुसाल, हरि न्यौपाने, नरदेव न्यौपाने, राम प्रसाद मरासिनी, होमनाथ जैसी र पार्बता तिवारी रहेका छन् ।
त्यसैगरी उप प्रमुखकोलागी शिवहरी अधिकारी, कल्पना भण्डारी देवकोटा, युवराज वाग्ले, रिम बहादुर आले, दिना कुमारी पराजुली, पार्वता पाण्डे, दिनानाथ भुसाल, टोपराज कोईराला, तिल प्रसाद पाठक र कमला सापकोटाको दाबी रहेको नगर कमिटी देवचुलीले जनाएको छ । आज मंगलबार दलदलेमा भएको एमाले देवचुलीको बिस्तारित भेला एवं छ्लफलमा मेयर र उपमेयरमा पार्टीका तर्फबाट दाबी प्रस्तुत गरिएको थियो ।