
मदन अर्याल, नवलपुर । नेपाल कम्युनिष्ट पार्टीका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले संघियता र गणतन्त्रको रक्षा गर्न आउँदै गरेको तिनै तहको निर्वाचनमा माओवादीले जित्नु पर्ने वताउनु भएको छ । शनिवार नवलपुरको देवचुलीमा आयोजित राजनैतिक तथा वैचारिक प्रशिक्षण एवं नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रममा प्रचण्डले संघियता, गणतन्त्र माओवादीको त्याग र बलिदानीबाट आएकाले यसको रक्षा गर्ने जिम्मेवारी पनि माओवादीकाे रहेकाे वताउनु भएको हो ।
प्रचण्डले देशी एवं विदेशी प्रतिकृयावादी शक्तिहरु नेपालको संविधान, संघियता र धर्मनिरपेक्षता मास्ने र नेपाललाई अस्थिरता तर्फ धकेल्न खोजेको बताउदै सम्पूर्ण राष्ट्रप्रेमी, देशभक्त क्रान्तीकारीहरु एकजुट हुनु पर्ने वताउनु भएको छ । प्रचण्डले माओवादी अंकगणितको हिसाबले केही कमजोर देखिएपनि देश निर्णायक शक्ति भएको बताउनु भएको छ । उहाँले अहिलेको सत्ता गठवन्धन तिनै तहको निर्वाचनसम्म जाने जानकारी दिनु भयो ।

प्रचण्डले नेकपा एमाले संग गरेको पार्टी एकता गलत नभएको बताउदै व्यक्तिवादी स्वार्थका कारण पार्टी फुटेको जानकारी दिनुभयो । उहाँले पछिल्लो समय माओवादी प्रति देशैभरी जनलहर बढेको बताउदै माओवादीलाई जिताउन सम्पूर्ण नेताकार्यकर्ता एक भएर अगाडि बढ्नु पर्ने बताउनु भएको छ ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि सयौं संख्यामा माओवादी प्रवेश गरेका थिए ।