देवचुली ।
नेपाली राष्ट्रिय किक्रेट टाेलिका कप्तान सन्दिप लामिछानेले सवैजना एकजुट भएर किक्रेटकाे वातावरण निर्माण गर्नु पर्ने बताएका छन् । विहिवार राेयल किक्रेट एकेडेमिकाे समुद्घाटन गर्न देवचुली आएका कप्तान लामिछानेले साे कुरा बताएका हुन् ।
लामिछानेले किक्रेटकाे स्तर वृद्धि गर्न देशका हरेक साना साना क्षेत्रहरुमा किक्रट एकेडेमी संचालन हुनु पर्ने धारणा व्यत्त गरेका छन् । उनले थाेपा-थाेपा पानी मिलेर समुन्द्र बने जस्तै किक्रेट क्षेत्रकाे विकासका लागि सानाे-सानाे कुरामा पनि ध्यान दिनु पर्ने बताएका छन् ।
लामिछानेले नवलपुर खेलाडीहरुकाे उर्भर भुमि भएकाे बताउदै किक्रेट एकेडेमीकाे संचालनबाट राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सहज हुने बताएका छन् ।
करिव दुई बिगाहा क्षेत्रफलमा देवचुली-१० प्रगतिनगरमा एकेडेमी सञ्चालन आएकाे छ ।
कार्यक्रममा किक्रेट एकेडेमीका संचालिका पुजा देवकाेटाकाे अध्यक्षता एवं सन्दिप लामिछानेकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । त्यस्तै कार्यक्रममा नवलपुर क्रिकेट संघका उपाध्यक्ष ईन्द्र सिक्देल, चितवन किक्रेट टिमका पुर्व कप्तान संघर्ष पाैडेल, गण्डकी प्रदेशका कप्तान आकास पाैडेल लगाएतकाे उपस्थिति रहेकाे थियाे ।