देवचुलीमा लामाे समयदेखि आन्दोलनरत सुकुम्बासीहरुकाे समस्या समाधानकाेलागि नेपाली कांग्रेस एवं माओवादी केन्द्रकाे संयुक्त गठवन्धनले साझा संकल्प गरेका छन् । गठवन्धनले स्थानिय निकायकाे निर्वाचन पछि सुकुम्वासअंलाई निस्सा वितरण गर्ने साझा संकल्प लिएका हुन् ।
वुधवार नेपाली कांग्रेस पार्टी कार्यालयमा गठवन्धनले संयुक्त चुनावी रणनिती तयार गर्न अन्तरक्रिया कार्यक्रम संचालन गरेकाे थियाे । अन्तरक्रिया कार्यक्रममा उम्मेदवारहरुलाई जनता संग प्रत्यक्ष कसरी जाेड्ने, घरदैलाे कार्यक्रम कसरी संचालन गर्ने भन्ने विषयमा बहस गरिएकाे थियाे ।
अन्तरक्रिया कार्यक्रममा बाेल्दै गठवनधन का उम्मेदवारहरुले गणतन्त्रबाट प्राप्त उपलब्धि संरक्षणका लागि गठवन्ध गरिएकाे बताएका थिए । त्यस्तै देवचुलीमा सुकुम्बासी समस्या सबैभन्दा ठुलाे समस्या भएकाे भन्दै सुकुम्बासी लाई निर्वाचन पश्चात् निस्ता वितरण गरिने वताएका थिए ।
त्यस्तै कार्यक्रममा गठवन्धनले निर्वाचनमा संयुक्त घाेषणा-पत्र निर्माण गरेकाेे जानकारी दिएकाे छ ।
घाेषणा पत्र निर्माण समितिकाे संयाेजकमा विष्णु भुसाल छन् । घाेषणा पत्र निर्माणका संयाेजक भुसालले युवाको लागि युवा उद्यमशीलता, आर्थिक विकास, कृषिमा आत्मनिर्भर, खेलकुदको विकास, सुरक्षित आवास निर्माण, खाद्यन्न उत्पादन, ट्रमा सेन्टर निर्माण, औद्योगिक क्षेत्र निर्माण जस्ता एजेण्डा तयार पारिएको बताउनुभयो ।
नेपाली काँग्रेस देवचुली नगर समितिका सभापति डिल्लीराम कडरियाको अध्यक्षतामा उम्मेदवारहरुलाई प्रशिक्षण सम्पन्न भएको थियाे । नगर सभापति कडरियाले देवचुलीमा गठबन्धनले संयुक्त रुपमा मिलेर वडा र नगरको विकासका लागि अघि बढेकाले जनताले साथ र सहयोग गर्नुपर्ने बताउनुभएको थियो ।
नेपाली काँग्रेसका नेता भानु सिग्देल, माओवादी केन्द्रका नेता सुर्य न्यौपाने लगायतले कार्यक्रममा बोलेका थिए । कार्यक्रमको सहजीकरण नेपाली काँग्रेस देवचुली नगर सचिव तथा वडा नं ७ का वडाध्यक्ष उम्मेदवार भूपराज पाठकले गर्नुभएको थियो ।