
देवचुली,
वैशाख ३० गते हुने स्थानिय तहकाे निर्वाचनकाे मतगणना स्थलमा निर्वाचन कार्यालय देवचुलीले सिसि क्यामेरा जडान गरेकाे छ ।
निर्वाचन कार्यालयले मतगणना हुने स्थल जनज्योति नमुना माध्यामिक विद्यालयको भवनमा सिसि क्यामरा जडान गरिएकाे निर्वाचन अधिकृत कमलराज पन्थिले जानकारी दिनुभयाे ।

पन्थिले मतगणना स्थलको सुरक्षाको लागी ७ वटा सिसि क्यामेरा जडान गरिएको र निर्वाचन लक्षित अन्य तयारीहरु पनि भईरहेकाे जानकारी दिनुभयाे ।
उहाँका अनुसार देवचुलीको १५ वटा वडामा एक एक वटाको दरले र वडा न १४ र वडा न १६ मा दुई वटाको दरले मतदान स्थल र ४६ वटा मतदान केन्द्र निर्धारण गरिएको छ।
बैशाख ३० मा हुने निर्वाचनमा देवचुलीमा ३६ हजार ८ सय ६९ जना मतदाता रहेका छन्।