• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Sat, 18, Mar, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

एक दशक संरक्षणका पाईला र अनुभव

पावर संदेश
   १४ जेष्ठ २०७९, शनिबार १२:३९  मा प्रकाशित
  • 453 पटक पढिएको







  • चितवन राष्ट्रिय निकुञ्ज , शिसवार मध्यवर्ती क्षेत्र के हो? के काम गर्छ? कसले कसरि रकम दिन्छ ?भन्ने प्रश्नहरु आम मानिसका लाग्न सक्छन् । तर पारिवारिक संस्कार नै वन्यजन्तुको शिक्षा पाउने अवसर मैले भने प्राप्त गरे ।
    वाल्यकाल देखि नै जिज्ञाशु स्वभावका कारण जंगली जनावर र तिनीहरुको आनिवानी ,आहारा र वासस्थानका वारेमा एकदमै जान्न मन लाग्ने र बुवा त्यही कर्म गर्ने भएकोले एकदमै उत्सुक भएर ती प्रश्नहरुको उत्तर वुवा संग तथा उहाँका सहकर्मीहरु संग खोजिकार्य निरन्तर चलिरहेको छ आजको दिनसम्म पनि ।
    सन् २०१३ को जुन महिनमा मैले नागरिक वैज्ञानिक नामक तालिम लिने अवसर प्राप्त गरे यसले म मा थप उर्जा मिलेको आभाष गरे । मानव र वन्यजन्तु विचको असमझदारि र यसैका कारण उत्पन्न परिस्थितिले द्वन्द निम्त्याएको हुनाले कसरी कम गर्न सकिन्छ भन्ने मनमा खुलदुलिहरु चल्न थाल्यो । सोहि अनुरुप म चितवन राष्ट्रिय निकुञ्ज , मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावलि र निर्देशिका वमोजिम नारायणी पुरुष समुहको अध्यक्ष , क्षेत्र नं ७ को निर्विरोध प्रतिनिधि र सिसवार मध्यवर्ती उपभोक्ता समितिको करिव दुई तिहाइ मतका साथ म निकुञ्जकै कान्छो कोषाध्यक्षमा निर्वाचित भए ।
    नीति , नियमावलि अनुसार वजेट व्यवस्थापन , उपभोहरुको चाहना र वजेट आदि धेरै कुराहरुले संरक्षण कार्यमा गति नपुगेको भान हुनु स्वभाविक नै हो । सिमित श्रोत र साधनका विच जनतामा काम गर्न सहज भने पक्कै थिएन । जनताहरुको खेति वाली र भण्डारण गरेका अन्न खाने ,घर पालुवन जनावर खाने , घाइते वनाउने , उपभोक्ता हरुको घाईते तथा मृत्यु यी यावत कार्यहहरु दैनिकि जस्तै हुन्थे ।
    युवालाई संरक्षणमा जोड्ने अभियान स्वरुप म समितिको कोषाध्यक्ष भएता पनि युवा परिचालनको हिसावले समुदायमा आधारित चोरि शिकार नियन्त्रणमा युवा जागरण अभियानको ईन्चार्ज भएर युवाहरू संग जोडिएर काम गर्न थाले ।
    सानो उमेर , कलिलो मस्तिष्क , फरक विचारकै कारणले म समितिमा सवैको तारो जस्तो हुन्थे , कि अब यसको प्रतिक्रिया के हुन्छ ? के भन्छ भनेर सवैजनाको ध्यान मै तिर हुन्थ्यो । वैकल्पिक उर्जा प्रयोग गरे बापत केही राहत रकम दिईन्थ्यो त्यसलाई परिमार्जन गरि सोलार सिस्टम जडान भएको उपभोक्ता लाई लागत साझेदारि गरिदिने , अल्मुनियमको झ्याल ढोका निर्माण तालिम , टेलरिङ्ग तालिम , मोवाईल फोन मर्मत , ड्राइभिङ, हेन्डिक्राप्ट , व्युटिसियन जस्ता तालिमहरु निरन्तर चलिरहे । समयको माग भनौ , जम्मा रु ३०,०००को रकमले पिप्रहरको होमस्टे सुरुवात भयो र आज ग्रामिण पर्यटकिय क्षेत्रको हिसावले हव वन्दै गईरहेको छ , यता देवचुलि १ , केउरानिमा होम स्टे व्यवस्थापन तालिमले शसिवार वोटे माझी सामुदायिक होम स्टे सञ्चालनमा आएको छ ।
    संरक्षणमा कर्म अगाडि वढ्दै गर्दा राष्ट्रिय प्रकृति संरक्षण कोष द्वारा आयोजित घडियाल गोहिको अनुगमन कार्यमा जोडिन पुगे , त्यसोत देवचुलि नगरिको पहिलो रेडियो स्टेसन  ह्यप्पि एफ एम वाट ऐतिहासिक घडियाल काव्य उत्सव गरिसकेका थियौं । सोहि दिनहरु वाट मैले संरक्षण अभियानलाई रेडियो वाट पनि जोडें , कार्यक्रम हाम्रो वन हाम्रो धन मार्फत ।
    प्रकृति संग साहित्य घडियाल काव्य उत्सव , जहाँ हामीले साहित्यकारहरु लाई घडियाल गोहिको वारेमा जानकारि तथा रचनाहरु वाचन गरि संरक्षण अभियानमा नयाँ पन दिएका थियौं । तसर्थ गोहिको वारेमा सिक्न जान्न र तिनिहरुको आनिवानि वुझ्ने यो अवसर मलाई एकदमै राम्रो र समयको माग अनुसारको भयो । कहिले डुङ्गामा , त कहिले नदी किनारमा म र मेरो टिमका साथिहरु निरन्तर हिडीं रह्यौं । सिकाई सङ्गै आफुले जानेका ज्ञान सिपहरु बिस्तारै पुस्ता हस्तान्तरण गर्दै गए , अभियानमा नयाँ साथिहरु पनि जोड्दै लगे । हामिले यहि अभियान लाई देवचुलि देखि त्रिवेणी धाम सम्म पुराउने लक्ष्यका साथ सिसवार मध्यवर्ती उपभोक्ता समिति , नगरपालिका उप प्रमुख पार्वता तिवारि सहित वडा अध्यक्ष ज्युहरु सिविएपियुका साथिहरु सवै भई घडियाल गोहिको समग्र अवस्था , नारायणि नदिमा मानविय चाप जान्न र अध्ययन गर्न हामी सफल भयौं यो मेरो जिवनको आज सम्मको सवैभन्दा लामो जलयात्रा थियो , र स्मरण योग्य रहिरहने छ ।
    हामी नदिमा निरन्तर अनुगमन गरिरहँदा , मलाई व्यक्तिगत र संस्थागत दुवै फाइदाजनक रह्यो , सानो पर्यटन व्यवसायी भएको हिसावले घडियाल गोहि कहाँ होला भनेर पर्यटकलाई झुलाईरहन कहिल्यै परेको छैन , ५र४ वटा निश्चित गोहिको बास स्थान छन् जहाँ सधैजसो घडियाल गोहि र मगर गोहि पाईन्छ । यो सफलताको श्रेय उपभोक्ता समिति , निकुञ्ज परिवार , मेरो टिम र सरोकारवाला सवै निकायलाई जान्छ । र यो संरक्षण अभियानको निरन्तरताको कारण पनि हो ।
    विगत ३ वर्षदेखिको एउटा मात्रै मुद्दामा हामि अलपत्र पर्यौ , राज्यका सवै नितीहरु निरीह भएको अनुभूति भयो , पुर्व पश्चिम लोकमार्ग मध्यवर्तीको साध , सिमाना छ र सो भन्दा भाथि रहेको , चौधरि परिवारको उद्योगको फोहर पानी ( ढल ) सिधै नारायणी नदिमा पुगेको छ । धेरै पटक भनियो , लिखित पत्र दिईयो खैर सुनुवाई नै हुदैन । घडियाल गोहि मात्रै नभएर जलचर र थलचर सवै प्राणिहरुमा सिधा असर गरेको छ । आजको दिन सम्म पनि फोहर पानी नारायणी नदिमा पुगिरहेको छ । माथि रहेका गोर्खा व्रुअरि , अभिनास ह्याचरि आदिको ढल निकासका लागि पनि नारायणी नदि नै प्रयोग गर्छन । नदि किनारका ससाना देखि तारे होटल जसले एक सिङ्गे गैडा देखाएर आफुहरु कमाउ धन्दामा छन् र डम्पिङ साईड नारायणि नदि वनाईरहेका छन् ।
    यसको नियमन कसले गर्ने ?
    कानुनको धज्जि उडाउदै ढल निकास नारायणी नदि वनाउदै गर्दा आसपासमा वसोवास गरिरहेका आम नागरिक प्रत्यक्ष प्रभावित छन् , माटाको ऊर्वरा शक्ति ह्रास त छदै छ , सिसाका टुत्राहरु समेत खेतमा आउने गर्छ ।
    अल्पसंख्यक माझी , मुसहर र वोटे समुदाय , थोरै सङ्ख्यामा थारु , कुमाल र मगर समुदायका दाजुभाइ , दिदी वहिनिहरु आजको दिन सम्म पनि नदिमा नै आश्रित छन् , अझ भनौ कि उनिहरुको चुलो नै वल्दैन । यो समुहले जाल खेल्ने निहुमा गोहिका बाँस स्थानहरु विस्थापित गरेका छन् । कति लाई वैकल्पिक पेशामा जोड्ने प्रयास त भएको छ , तर पनि सफलता भने मिलेको छैन । सिविएपियुले खवरदारि गर्ने हो , पैरवि गर्ने हो , नियमनकारि संस्था संग साझेदारि त्यसो भएको हुनाले हामीले जनावर र मानव विचको द्वन्द्व न्युनिकरणका लागि पुलको काम गरिरहेका छौं । हामिकहा तियारि जाल (करेन्ट जाल ) वगाइ माछा मार्ने न्यून संख्यामा छन् , छिटपुट माछा पनि मार्छन ।
    १ र २ पटक निकुञ्जका कर्मचारीको सामान्य कार्वाहिमा समेत परेका छन् । कोर ईलाकामा गएर माछा मारेको अभियोगमा एकजना माझिको डुङगा पक्राउ पर्यो , राजनैतिक दवावका कारण डुङगा छुट्यो । करेन्ट लगाई माछा मारेको अभियोगमा ५ जना पक्राउ परे , भोलि पल्ट घरमा आए , फितलो राज्यका कानुन कै कारण हामी संरक्षण अभियान्ताहरु चिन्ताजनक अवस्थामा छौ ।
    जल मात्रै होईन थलका जनावर हरु पनि संकटमा छन् । जलवायूको परिवर्तन , मानवीय चाप र राजनैतिक भागवन्डा तथा राजनैतिक संरक्षणले वनेका वनका पदाधिकारि , वन समिति यसका कारक हुन सक्छन् ।
    विरालोको घाटिमा कसले घण्टी वाध्ने भनेजस्तै यी यावत विषयमा कहिले को वोल्ने स्थानिय निकाय, मध्यवर्ती समिति या अरु कोहि । यश अभियानमा लाग्न सदैव प्रेरणा दिने मेरो घर परिवार , हौसला दिने समिति र साथ दिने सहकर्मी सहयात्रि साथिहरु सवैमा नमन् । संरक्षण र यहाका मानिसहरूको दिगो व्यवस्थापनमा मेरो कलम र कदम निरन्तर चलिरहन्छ ।
    जय संरक्षण ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
  • नारायणी नदी एकातिर पानी अर्काेतिर
  • लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
  • देवचुलीका दुइ किशोरी खेलाडी गण्डकी प्रदेश क्रिकेट टिममा छनौट



    • पछिल्ला
    • लोकप्रिय
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    दिवा सपना
    नारायणी नदी एकातिर पानी अर्काेतिर
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?
    देवचुलीको डोजरमा खिया : निर्णय हुने काम नहुने
    कार्तिक १९ गतेदेखि साप्ताहिक रुपमा शनिबार बजार बन्द हुने

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑