• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Mon, 04, Dec, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

गण्डकी प्रदेश सरकारले मिर्गौला प्रत्यारोपणदेखि जनआन्दोलन, जनयुद्धका घाइतेको निःशुल्क उपचार गर्ने

पावर संदेश
   २५ जेष्ठ २०७९, बुधबार १०:५४  मा प्रकाशित
  • 189 पटक पढिएको







  • पोखरा : गण्डकी प्रदेश सरकारले पोखरामा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने भएको छ। प्रदेश सरकारको आगामी आर्थिक २०७९–०८० को नीति तथा कार्यक्रम प्रदेशसभा बैठकमा प्रस्तुत गर्दै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा पोखराबाटै मिर्गौला प्रत्यारोपण गराउने बताए।
    उनले प्रदेश सरकारले मिर्गौला रोगीलाई नियमित सेवा दिन गोरखा, लमजुङ र मध्येविन्दु जिल्ला अस्पतालमा डायलाइसिस सेवा विस्तार गर्ने बताए। पोखरामा ५० शय्याको मुटु रोग अस्पताल स्थापना र सञ्चालन गर्ने प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उल्लेख गरे।  

    उनले सरकारले आगामी आर्थिक वर्षदेखि सुत्केरी विपन्न महिलालाई ४५ दिनसम्म पोषण भत्ता उपलब्ध गराउने बताए। गुरुङले सरकारले जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलन र थरुहट आन्दोलनका सहिद तथा बेपत्ता भएकाहरूका परिवार एवं घाइते, अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य उपचार निःशुल्क गर्ने बताए। 

    प्रदेश प्रमुख गुरुङले प्रदेश मातहतका सबै अस्पतालमा उनीहरूको उपचार निःशुल्क गर्ने व्यवस्थाको सुनिश्चित गरिने उल्लेख गरे। त्यसैगरी सरकारले गण्डकी प्रदेशलाइ सुन्तलाको पकेट प्रदेशका रुपमा विकास गर्ने कार्यक्रम ल्याएको उनले बताए। उनले भने ‘गण्डकी प्रदेश सुन्तला जातको फलफूलको पकेट क्षेत्र भएको हुँदा यसको व्यावसायिक खेती गर्ने किसानहरूलाई अनुदान दिने नीति लिइने छ।’

    सरकारले सुन्तला जातको फलफूलको उत्पादन वृद्धि गर्न नयाँ बगैँचा स्थापनासँगै पुराना बगैँचाको बिस्तारसँगै बजारीकरणका लागि विशेष कार्यक्रम सञ्चालन समेत गर्ने भएको छ। त्यस्तै प्रदेशले युवा वैैज्ञानिकलाई प्रोत्साहन गर्न युवा वैज्ञानिक कार्यक्रम सुरु गर्ने भएको छ।

    प्रदेश प्रमुख गुरुङले सरकारले प्रत्येक वर्ष नयाँ युवा वैज्ञानिकको सम्मेलन आयोजना गर्ने र पुरस्कृत गर्ने व्यवस्था मिलाउने बताए। उनले वैज्ञानिक क्षमता अभिवृद्धि गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिने उल्लेख गरे। गण्डकी प्रदेशको विज्ञान तथा प्रविधि प्रतिष्ठानको कार्यालय तथा प्रयोगशालाका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गरिने गुरुङले बताए।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
  • होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
  • नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
  • देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष



    • पछिल्ला
    • लोकप्रिय
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑