भरतपुर । बुधबार बेलुकी ६ः३० बजेको समयमा भरतपुर १९ तमुटोल बस्ने रामप्यारी गुरुङको घरमा रहेको सेफ्टी टंकी सफा गर्ने क्रम दुई जनाको मृत्यु भएको छ ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ९ बस्ने २४ वर्षीय छतिराम थारु अचानक चिप्लिएर टंकीमा खसेपश्चात् सँगै काम गरिरहेको वर्ष २३ को राम चौधरी थारुलाई निकाल्न भित्र पसेकोमा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक दुवैको शव पोस्टमार्टमको लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।