नवलपुर। नवलपुरको हुप्सेकोटमा करेन्ट लागेर सोमबार एक जनाको मृत्यु भएको छ ।
हुप्सेकोट ३ निवासी ६६ वर्षीय कोषबहादुर मल्लको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । हुप्सेकोट चार झ्यालबासमा घटना भएको हो । बिजुलीको पोलमुनी रहेको तारमा छोइदा मल्ललाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।
शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएको छ ।