• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Tue, 05, Dec, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

राष्ट्रिय कृषि गणना कार्यक्रम : नवलपुरमा कृषि चलन घट्याे

पावर संदेश
   २ असार २०७९, बिहीबार ०९:३४  मा प्रकाशित
  • 327 पटक पढिएको







  • राष्ट्रिय कृषि गणना कार्यक्रम : नवलपुरमा कृषि चलन घट्याे
    नवलपुर । राष्ट्रिय कृषि गणना कार्यक्रम अन्तरगत नवलपुरमा गरिएको स्थलगत तथ्याङ्कले कृषि चलन घटेको देखाएको छ ।
    जिल्ला कृषि गणना कार्यालय नवलपरासी पूर्वकी कार्यालय प्रमुख रेनु घिमिरेले कृषि गणना कार्यको तथ्याङ्क सार्वजनिक गर्दै सो कुराका बारेमा जानकारी गराउनु भएको हो । ६ महीनाको अवधिमा दुई सयभन्दा माथि सङ्ख्यामा कृषि चलन घटेको पाइएको उहाँले बताउनुभयो । कृषि गणना कार्य जनगणनाको तथ्याङ्कलाई आधार मानेर गरिएको हो । जनगणनाका क्रममा नवलपुरमा कृषि चलनको तथ्याङ्क २५ हजार ८ सय ८१ थियो । तर , भर्खर सम्पन्न कृषि गणनाका क्रममा सो सङ्ख्या घटेर २५ हजार ६ सय ५५ भएको छ । यसरी हेर्दा २२६ ले घटेको देखिएको घिमिरेले बताउनुभयो । कार्यालय प्रमुख घिमिरेका अनुसार कृषि गणनाका क्रममा घट्नुको कारण बसाइसराइ र बजार क्षेत्रमा भइरहेको घर निर्माण कार्य हो । उहाँले भन्नुभयो – ‘पहाडमा बसोबास गर्नेहरू कतिपयको बजारमा पनि बसोबास रहेछ , जनगणनाको समयमा उनीहरु त्यहाँ गएका रहेछन् तर , कृषि गणनाको समयमा त्यहाँ बसोबास नभएको पाइयो । कावासोती लगायतका बजार क्षेत्रमा जनगणनाका समयमा केषि गरेका जमिनमा अहिले घर बने त्यसैले घटेको पाइएको हो । ’ केही पहाडी क्षेत्रमा कृषि कार्य घटेको पाइएको उहाँको भनाई छ । कावासोतीको बजार क्षेत्रमा पनि कृषि कार्य केही घटेको पाइएको उहाँले बताउनुभयो । सङ्ख्यामा
    जिल्लामा कृषि फर्महरूको संख्या भने वृद्धि भएको छ । जनगणनामा ७५ रहेको संख्या अहिले बढेर १०० पुगेको घिमिरेले बताउनुभयो । वृद्धि हुनेमा आमा समूह कृषि समूहबाट सञ्चालित कृषि फर्महरू रहेको उहाँको भनाई छ । कृषि गणना कार्य अन्तरगत जिल्ला कृषि गणना कार्यालयले जिल्लामा कृषि चलन केकति घट्यो, बढ्यो ? मल बीउ सिँचाइबाट किसान सन्तुष्ट छन छैनन् जस्ता विषय हेर्ने त्यसबाहेकका अन्य तथ्याङ्क केन्द्रिय तथ्याङ्क कार्यालयले नै निकाल्ने उहाँले जानकारी दिनुभयो । ‘कृषि गणनाका क्रममा गणकहरू किसानको घरघरमा पुग्दा मल बीउ समयमा पर्याप्त मात्रामा नपाएको सिँचाइको सुविधा नभएको किसानले गुनासो गरेको पायौँ । किसानले पाउने अनुदान वास्तविक किसानले नपाएको गुनासो समेत धेरै सुन्यौ । कतिपय किसान धेरै रुष्ट समेत हुनुभयो । ’ उहाँले भन्नुभयो – ‘कृषि गणनाले किसानहरू राज्यसँग सन्तुष्ट छैनन् भन्ने देखिएको छ । अब किसानमुखी कार्य गर्न सरकार लाग्न जरुरी देखिएको छ । ’
    कृषि गणनाबाट जिल्लामा ३८ सय २९ घरधुरीको पूर्ण लगत संकलन भएको छ । जिल्लामा रहेको आठ वटा पालिकाको १५५ ओटा गणना क्षेत्रमा गरिएको लगत सङ्कलनबाट उक्त तथ्याङ्क आएको हो । गणकले भरेका प्रश्नावलीका आधारमा आउने सबै प्रकारका तथ्याङ्क आउन भने, केही महिना लाग्ने उहाँले बताउनुभयो । असोज मसान्तभित्र प्रारम्भिक र मंसिर मसान्तभित्र पूर्ण तथ्याङ्क आउने उहाँले बताउनुभयो । केन्द्रिय तथ्याङ्क कार्यालयले उक्त विवरण प्रकाशन गर्ने उहाँले जानकारी दिनुभयो ।
    गत बैशाख ६ गतेदेखि जेठ १९ गते ४५ दिनसम्म गणकहरू घरघरमा पुगेर तथ्याङ्क संकलन गरेका हुन् । ५५ गणक र १४ जना सुपरीवेक्षक कृषि गणनाका लागि खटिएका थिए ।
    नवलपुरमा आठ पालिकाहरूमा गणना क्षेत्र कावासोतीमा २४, देवचुलीमा २२ , गैँडाकोटमा २१ , मध्यबिन्दु २३ , विनयी त्रिवेणीमा २० , हुप्सेकोटमा १५ , बौदीकालीमा १३ र बुलिङटारमा १७ कायम गरिएको थियो ।
    यस गणना यो पटकको सातौँ र संघीयता आएपछिको पहिलो हो । कार्यालय प्रमुख घिमिरेका अनुसार कृषि क्षेत्रको नीति निर्माण , योजना तर्जुमा , कार्यान्वयन , अनुगमन तथा मूल्याङ्कनका लागि देशलाई आवश्यक पर्ने आधारभूत तथ्याङ्कहरू प्राप्त गर्ने उद्देश्यका साथ कृषि गणना कार्य २०१८ सालदेखि १० – १० वर्षको अन्तरालमा केन्द्रिय तथ्याङ्क विभागले गर्दै आइरहेको छ ।
    यसैबीच जिल्ला कृषि गणना कार्यालय बन्द गरिएको छ । कृषि गणनाको कार्य सम्पन्न भएसंगै जेठ ३१ गते मंगलबार ( हिजो ) देखि कार्यालय बन्द भएको हो । अब १० वर्षपछि पुनः कृषि गणनाका क्रममा कार्यालय खुल्ने छ ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
  • होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
  • नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
  • देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष



    • पछिल्ला
    • लोकप्रिय
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑