
सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले शनिबार पत्रकार सम्मेलन गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको बताए। पेट्रोलियम पदार्थमा लगाएको कर घटाउने निर्णय भएको मन्त्री बडूले जानकारी दिए।
जसअनुसार, पेट्रोलमा प्रतिलिटर २० रुपैयाा र डिजेलमा प्रतिलिटर २८ रुपैयाँ घटाइएको हो। अब पेट्रोल प्रतिलिटर १७९ रुपैयाँ र डिजेल प्रतिलिटर १६३ रुपैयाँ हुनेछ। यो निर्णय आज राति १२ बजेदेखि लागू हुनेछ।

यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारलाई निर्देशन दिएको थियो। त्यसका लागि पेट्रोलियम पदार्थमा लगाएको कर घटाउनुपर्नेमा जोड दिएको थियो ।