• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 17, Mar, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

यसरी तेस्रो पटक प्रधानमन्त्री बन्न सक्छन प्रचण्ड

पावर संदेश
   १३ असार २०७९, सोमबार १९:०४  मा प्रकाशित
  • 662 पटक पढिएको







  • बन्दुक देखि व्यालेट सम्मको राजनीतिको नेतृत्व गरेका नेपाली राजनीतिको मियोको रुपमा परिचित प्रचण्ड पुनः एकपटक प्रधानमन्त्री बन्ने सम्भावना देखिएको छ । नेपाली राजनीतिलाइ जता पनि लैजान सक्ने प्रतिकुल परिस्थिलाइ समेत आफ्नो अनुकुलतामा बदलिदिने देशको तेस्रो ठुलो दल माओवादी केन्द्र र गेम चेन्जरका रुपमा रहेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड यतिबेला देशको बागडोर हात पार्ने योजना सहित अघि बढेको छन् । संघिय लोकतान्त्रीक गणतन्त्र नेपालको पहिलो सबैभन्दा ठुलो पार्टी हुदै दुइ पटक सम्म देशको प्रधानमन्त्री बनेका प्रचण्ड नेपाली राजनीतिलाइ नेकपा(माओवादी केन्द्र) को केन्द्रविन्दुमा घुमाउन सफल मानिन्छन । आफ्नो उदय पश्चात पार्टीलाइ सधै सरकारमा टिकाउन सफल नेताका रुपमा परिचित बनेका उनी बाह्र बुदे शान्ति सम्झौता देखी हालसम्म ११ वर्ष सक्ता साझेदारीमा रहेका छन । माओवादी केन्द्र अहिले पनि सरकारमा रहेको छ । जो कहिले आफ्नो कहिले नेकपा(एमाले ) त कहिले नेपाली कांग्रेस सँग मिलिजुली सरकारमा छन । उनी आफ्नै सहयात्री र ससस्त्र द्धन्द्धका सारथी डा.बाबुराम भट्राई लाइ समेत देशको प्रधानमन्त्री बनाउन सफल भएका थिए । यसरी हेर्दा नेपालको राजनीति प्रचण्डको इसारामा चलिरहेको देखिन्छ । उनि जो सँग मिल्छन उसैलाइ प्रधानमन्त्री बनाइदिने सामथ्र्य राख्छन् भने जो सँग बाट छुट्टिन्छन त्यहाँ ठुलो खाडल पारेर छाडिदिन सक्ने यो उनको विशेषता हो । २३७ वर्षको राजतन्त्र जरैदेखि फाल्ने आन्दोलनको नेतृत्व गरेका उनी सरकार बनाउने वा सरकार गिराउने काम सामान्य ढंगबाट गर्न सक्छन । राजतन्त्र अन्त्य सँगै देशमा संघिय लोकतान्त्रीक गणतन्त्र र धर्म निरपेक्षता मुख्य विषय स्थापित गर्न सकेको माओवादी धन्यवादको पात्रको रुपमा हेर्ने गरिन्छ । माओवादी केन्द्रको तिस वर्ष सम्म नेतृत्व गरेका प्रचण्ड आफु अनुकुल सरकार परिवर्तन गर्न सके पनि आफ्नो सरकार भने लामो समय सम्म टिकाउन सकेनन् । दुइ पटक प्रधानमन्त्री बन्दा करिब दुइ वर्ष मात्र सरकार चलाएका उनि फेरी एकपटक सरकारको नेतृत्व गर्न सक्ने सम्भावना देखिएको छ । जसकाल लागी प्रचण्ड आवश्यकता अनुसार कांग्रेस, नेकपा(एमाले) वा अन्य कम्युनिष्ट पार्टीहरु सँग गठबन्धन गरेर अघि बढ्न सक्दछन ।

    वि.सं. २०११ साल मंसिर २६ गते कास्की जिल्लाको ढिकुरपोखरी गा.वि.स मा जन्म भएका प्रचण्डको न्वारनको नाम छविलाल दाहाल थियो । उनले प्रारम्भिक शिक्षा ढिकुरपोखरीमा नै सम्मन्न गरे । खान लगाउन समेत धौधौ परेपछि उनको सहपरिवार नै वि.सं. २०१९ सालमा चितवनमा बसाई सराइ गर्यो । कक्षा १० मा अध्यय गर्दे गर्दा यो नाम परिवर्तन गरि उनले पुष्पकमल दाहल राखे । २०२६ सालमा उनको सिता दहाल सँग विवाह भयो र तिन छोरी र एक छोराको अभिभावक बने, उनको छोरा प्रकाश दहालको निधन भइसकेको छ । एसएलसी सक्ने वित्तिकै उनि वि.सं. २०२८ नेकपाको पुष्पलाल समुहमा सदस्यका रुपमा निर्वाचित भएर राजनैतिक जिनवको सुरुवात गरे , २०३१ सालमा माक्र्सवाद अध्ययन समुह गठन गर्दे उनले राजनीतिलाइ अझै सैद्धान्तिक रुपमा बलियो बनाउदै अघि बढे । २०३६ सालमा पुष्पलाल समुहको चितवन जिल्ला समिति सदस्यमा निर्वाचित भए सँगै वि.सं. २०३८ मा क्षत्रिय व्युरो सदस्य एंव अखिल नेपाल युवा संघ केन्द्रिय समिति महासचिव बने यस लगत्तै उनको भुमिगत जिवन सुरु भयो २०३८ सालदेखि २०६३ सालसम्म भुमिगत जिवनमा हुदाँ उनको नाम कल्याण विस्वास निर्माण हुदै प्रचण्ड सम्म पुग्यो । अहिले उनि आफुलाइ प्रचण्ड भनेको मन पराउछन् । २०४० सालमा अखिल नेपाल युवा संघको केन्द्रिय अध्यक्षमा निर्वाचित भए । २०४१ सालमा नेकपा(मसाल) को पाचौ केन्द्रिय सदस्यमा निर्वाचित बने , २०४२ मा पोलिटव्युरो सदस्य २०४६ मा महामन्त्री हुदै २०४८ मा नेकपा एकता केन्द्रको महामन्त्री बने , २०५१ मा नेकपा एकता केन्द्रको नाम परिवर्तन भइ माओवादीको बन्यो र यसको महामन्त्री भए , २०५२ जनयुद्द सुरु भयो र उनले यसको नेतृत्व गरे २०५७ दोस्रोे सम्मेलन बाट अध्यक्ष भए । २०५८ मुक्ति सेनाको सर्वाेच्च कमाण्डर बने र देशमा जनयुद्धको नेतृत्व गरे । २०६३ सालमा उनि भुमिगत जिवन बाट बाहिर आए र २०६५ सालमा गणतन्त्र नेपालको पहिलो दुइतिहाइ बहुमतको प्रधानमन्त्री बन्न सफल भए । २०६९ एकताको महाधिवेशन बाट पुन अध्यक्ष बनेका प्रचण्ड पुनः एकपटक २०७३ मा प्रधानमन्त्री भए , २०७५ सालमा नेकपा(एमले) र नेपका(माओवादी केन्द्र) विच भएको पार्टी एकिकरणबाट दुइ अध्यक्ष मध्येका एक अध्यक्ष बने , अहिले उनि २०७८ सालको नेकपा(माओवादी केन्द्र) को महाधिवेशन बाट अध्यक्ष भएका छन । यसरी नेपाली राजनीतिमा प्रचण्डको उदय भयो ।

    यस्ता छन प्रचण्ड प्रधानमन्त्री हुन सक्ने ७ आधारहरु

    विगतलाइ फर्केर हेर्दा
    माओवादीले सुरु गरेको जनयुद्ध अर्थात देशमा १७ हजार मानिसको बलिदान बाट गणतन्त्र प्राप्त गर्ने युद्धको नेतृत्व गर्ने प्रचण्ड आफ्नो टाउकाको मोल ५० लाख बोकेर हिड्ने देखि लिएर आज उहि मुल्य तोकिदिने पार्टी सँग गठबन्धन गरि सक्तामा रहेका छन । नेकपा(माओवादी केन्द्र) ले उठाएको संघिय लोकतान्त्रीक गणतन्त्र र धर्म निपरेक्ष नेपालको जगमा अहिले नेपाल चलिरहेको छ र जनताका छोराछोरी देशको प्रमुख पदमा बसी देश हाकिरहेका छन् । तर विडम्बना जसरी युद्धमा आफ्नो ज्यान बन्दुकको नालमा राखेर राज्य व्यवस्था परिवर्तन , सामान्य गरिब जनताको जिवनस्तरमा सुधार , आर्थिक समृद्धि र देशलाइ स्थिरता प्रदान गर्ने काममा लाग्नु पर्ने थियो त्यो गर्न सकेनन । अरु त अरु युद्धको समयमा सँगै हिडेका पार्टीका उत्तराधिकारीहरुलाइ समेत उनले समालेर राख्न सकेनन । जसको फलस्वरुप गणतन्त्र पछिको पहिलो निर्वाचनमा दुइ तिहाइ बहुमतका साथ सरकार नेतृत्व गर्ने पहिलो पार्टी बनेको माओवादी केन्द्र अहिले देशको तेस्रो पार्टीमा सिमित हुन पुगेको अवस्था छ । तर उनी राजनैतिक लडाइ बाट टाढा भएनन यो अवस्थामा उनि पुनः तेस्रो पटक प्रधानमन्त्री बन्न सक्ने सम्भावना देखिनाको कारण भनेको युद्धको रापताप बाट आएको माओवादी केन्द्र बन्दुक बाट सत्ता प्राप्त हुन्छ भन्ने सोचले भरिएको थियो र जुन त्यस समयमा सहि सावित भायो । जसले गर्दा नै उनि पुष्प कमल दहाल बाट प्रचण्ड भएर सार्वजनिक भएका थिए । माओवादीका ठुला नेताहरुको पार्टी प्रतिको अविस्वास र आफ्नो पालो नआउने देखि पछि सबै लाखापाखा लागे पछि ब्यालेटको राजनीतिमा प्रचण्ड काँचो खेलाडीको रुपमा सावित हुदै गए । दुइ तिहाइ देखि अब माओवादी पत्तासाफ भयो भन्ने अवस्था सम्म पुगेको माओवादीको वर्तमान अवस्था भने अब माओवादी केन्द्रले देशको नेतृत्व गर्ने सम्भावना तिर गएको देख्न सकिन्छ । जब देशमा ठुलो परिवर्तनको खाँचो थियो देशबाट राजतन्त्र फाल्नुपर्ने आवश्यकता थियो उनी बन्दुक उठाउने निर्णयमा पुगे र उनलाइ जनताले साथ दिए । एक तहको उपलब्धी माओवादी पार्टीले पुरा गरिसकेको थियो । भलै जनयुद्ध सहि गलत भन्ने कुरा अहिले भन्न सकिदैन र म त्यो भन्ने ठाउमा छैन तर जतिबेला देशलाइ प्रचण्ड आवश्यक थियो प्रचण्डको उदय भएको थियो भन्दा अतिउत्ति नहोला भन्ने लाग्दछ । वर्तमान समय भनेको देशले संविधान पाएको छ देशमा संघिय लोकतान्त्रीक गणतान्त्रत्मक व्यवस्था छ अबको हाम्रो देशको मुल आवश्यकता भनेको आर्थिक समृद्धि नै हो र त्यो अब केबल पुरा गर्न सक्ने सामथ्र्य राख्ने नेता भनेको प्रचण्ड हो भन्ने आम नागरिकको बुझाइ हुन थालेको छ । जसको कारण भनेको उनले आफैले प्रश्ताव गरेर सँगै गठबन्धन गरेर नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा , संविधान सभाको चुनाव हारेका नेकपा(एमाले) का नेता माधव कुमार नेपाल तथा नेकपा(एमाले) नेता झलनाथ खनाललाइ प्रधानमन्त्री बनाइदिए तर त्यसले देश आर्थिक समृद्धि तर्फ जान सकेन । फरक यत्ति हो पहिले धेरै नेपाली खाडि बेचिन्थे जो शैक्षिक रुपमा कमजोर थिए तर शारिरीक रुपमा सक्षम थिए र अहिले नेपाली युरोप, अष्ट्रेलिया, जापान र कोरियामा बेचिन्छन जो शैक्षिक र शारिरीक दुवै रुपमा सक्षम छन । जसको अन्त्यका लागी अब एकपटक प्रचण्डलाइ सरकार चलाउन दिनु पर्छ भन्ने बुझिरहेका छन । यदि प्रचण्ड नआएको खण्डमा पनि आउने ओलि वा देउवा नै हुन जसको धेरै पटक परिक्षण भइसक्यो अब फेरी एकपटक प्रचण्डको पालो आएको हो की भन्ने माहोल यतिबेला चलिरहेको छ ।

    वर्तमान समयमालाइ नियाल्दा
    समावेशीता, समानुपातिकता, विकास निर्माण र समृद्धि अवको मुख्य विषयबस्तु मानेर प्रचण्ड यतिबेला अघि बढिरहेका छन् । जसलाइ पुरा गर्नका लागी गठबन्ध विना चुनाव लड्दा कुनै पनि एउटा पार्टीको बहुमत नआउने देखिन्छ । अव पनि नेकपा(एमाले) , नेपाली कांग्रेस र माओवादी केन्द्र नै देशका ठुला दल बन्ने छन् । कांग्रेस वा एमालेले एकल बहुमत ल्याउन नसकेको खण्डमा माओवादी केन्द्र वा अन्य साना दलहरु सँगको साझेदारीमा गठबन्धनको सरकार बनाउनु पर्ने हुन्छ । यहि अवस्थामा पहिले यि दुइ मध्येका पार्टीलाइ सहयोग गरेको हुदाँ पनि यसपटक भने माओवादीले प्रधानमन्त्री नछोड्ने देखिन्छ । अस्ति भर्खर मात्र सर्वाजनिक भएको पीर नामक गितले देशमा एउटा ठुलो तरङ्ग पैदा गरिदिएको छ । युद्धमा होमिएका लडाकुहरुको उचित व्यवस्थापन हुन अझै पनि सकिरहेको छैन उनिहरु शरिरमा छर्रा बोकेर हिडिरहेका छन । यस्तो अवस्थामा देशलाइ यो अवस्था सम्म ल्याउनका लागी जिवनभर माओवादी बनेर हिडेकाहरु पुनः एकपटक अहिले नेतृत्व गरिरहेका साना पार्टीहरुको ठुलो संख्या लिएर एक प्रचण्डलाइ सहयोग गर्न सक्ने देखिएको छ भने लडाकुहरु पनि जिवन भर सर्घष गरेको पार्टीप्रतिको माया र आफ्ना मुद्दाहरुले गर्दा एकपटक देशव्यापी रुपमा एक हुन सक्ने अवस्था सिर्जना भएको छ । प्रचण्डकै अभिव्यत्तीहरुलाइ हेर्दा पनि पुन ः एकपटक देशमा ठुलो युद्ध हुन सक्छ भनेको छन् र त्यो युद्ध सबै मिलेर देश परिवर्तनका लागी हो भन्ने सन्देश दिन माओवादी सफल हुन सक्ने देखिएको छ । जनताहरु अब भाषण वा पार्टीमा मात्र सिमित छैनन् भन्ने कुरा वैशाख ३१ मा भएको स्थानिय तहको निर्वाचनमा हर्क साङपाङ , बालेन शाह लगाएत ३१ पालिकामा प्रमुख , उपप्रमुख सहित ३८५ सदस्यको जितले सावित गरिदिएका छन । वर्तमानका घटनाहरुले गर्दा प्रचण्ड सत्तामा जानका लागी सिक्नुपर्ने कुराहरु सिकिसकेको छन् भन्ने बुझिएको छ । जसको उदाहरण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गठन हुदै कांग्रेस सँग गठबन्धन गरि स्थानिय तहको निर्वाचनमा चुनाव लडेको कुराले पुष्टि समेत गरेको छ । नेकपा(एमाले) ले घनश्याम भुसाललाइ कार्वाही गर्ने कुराले पनि नेकपा(एमाले) लाइ ठुलो घाटा पर्ने देखिन्छ । अझै एमालेमा अध्यक्ष ओली को विरुद्धमा वा आफ्नाो मत समेत राख्न नपाउने अवस्था आएको आरोप नेता भुसालले लगाएका छन् । जुनसुकै पार्टी भए पनि सरकारमा बस्ने नै उनिहरुको प्रमुख मुद्धा यतिबेला सरकारमा हुने हो र जसका लागी पार्टी र नेताहरु जे पनि गर्न तयार रहेका छन । नेपालको ७५३ पालिकाहरु मध्ये २०७४ सालको निर्वाचनमा १०६ र अहिले २०७९ को निर्वाचनमा १२१ वटा पालिकाको प्रमुखमा नेकपा(माओवादी केन्द्र) ले जित हासिल गरेको छ जसले गर्दा थप उर्जा समेत मिलेको हामि देख्न सक्दछौँ । यसरी हेर्दा प्रचण्ड चाहे राप्रपा सँगै किन नहोस् गठबन्धन गरि देशको प्रधानमन्त्री बन्ने बाटोमा हिडेको प्रष्ट रुपमा देख्न सक्दछौँ ।
    नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को विगठन
    २०७५ साल जेठ ३ गते नेकपा(एमाले) र नेकपा(मओवादी केन्द्र ) मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निर्माण भइ देशकै ठुलो पार्टीको रुपमा स्थापित भएका थिए । जहाँ दुइ अध्यक्ष पालैपालो सरकार चलाउने सहमति भएको थियो जुन पुरा नभइ देशकै ठुलो कम्युनिष्ट पार्टीको विगठन भयो । फलस्वरुप दुइ तिहाइ बहुमत रहेको सरकार समेत ढल्न पुग्यो । यि पार्टीहरु अलग हुनु र सर्वाेच्च अदालत बाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाइ प्रधानमन्त्री बनाउने निवेदन पक्षमा फैसला हुनु दुवैमा नेकपा(माओवादी केन्द्र) प्रमुख भुमिकामा रह्यो । सरकार बनाउने र सरकार ढाल्न सक्ने सामथ्र्य राख्ने प्रचण्ड आफु प्रधानमन्त्री हुन अब पालो आएको यतिबेला बुझेका छन । उनले आगामी मंसिरमा हुने प्रतिनिधि सभाको चुनावमा तिन वटा अस्त्रहरु प्रयोग गर्न सक्ने देखिन्छ । जसमध्ये पहिलो वर्तमान सत्ता साझेदारीमा रहेका गठबन्धनका दलहरु सँगको गठबन्धन कायम राखि चुनावमा लड्ने र आधा आधा समय सरकारको नेतृत्व गर्ने , दोस्रो पुनः एकपटक नेकपा(एमाले) सँग चुनावी तालमेल गर्ने र तेस्रो भनेको विप्लप , बाबुराम भट्टराइ लगाएतका पुराना माओवादीहरुलाइ एक ठाउमा ल्याउने वा उनिहरु सँग गठबन्धन गर्ने यि तिन मध्ये कुनै एक अस्त्र अब प्रचण्डले प्रयोग गर्ने देखिन्छ । नेकपा को विगठन ले गर्दा सबैभन्दा ठुलो घाटा नेकपा(एमाले) ले बेहोर्नु पर्याे किनकी नेकपा फुट्दा पुर्व एमाले र पुर्व माओवादी मात्र छुट्टा छुट्टै पार्टीको रुपमा छुटिएनन् सँगै एककृत समाजवादी पनि बन्न पुग्यो जो प्रचण्डलाइ बाबुरामले साथ छाडे जस्तै ओलीलाइ नेपालले साथ छाडे जत्तिकै मानिन्छ । यसले गर्दा सबैभन्दा वढी फाइदा वर्तमान समयमा माओवादी केन्द्रलाइ नै भएको छ । जसको फाइदा उठाएर अब प्रचण्ड प्रधानमन्त्री बन्ने दाउमा छन ।

    कांग्रेस सँगको गठबन्धन
    संविधान विपरित भएको सरकार विगठनको विपक्षमा निर्णय र नेकपालाइ सर्वाेच्च अदालदले विगठन गरिदिएपछि कांग्रेसलाइ अंगालेर देउवालाइ प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर अघि बढेको माओवादी केन्द्र गठबन्धनको सरकारमा छ । यो गठबन्धन अवको प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्म चलिरहने माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति देउवाको एउटै बोलि बनेको छ । स्थानिय तहको निर्वाचनमा क्रमश नेपाली कांग्रेस पहिलो , नेकपा(एमाले) दोस्रो र नेकपा(माओवादी केन्द्र ) तेस्रो पार्टी बनेपनि यो गठबन्धबाट कांग्रेस र माओवादी दुवैलाइ फाइदा पुगेको छ र सबैभन्दा बढि क्षति नेकपा(एमाले)मा परेको छ । स्थानिय तहको निर्वाचनमा गबठन्धन हुदा कांग्रेलाइ कम्युनिष्ट र कम्युनिष्टलाइ कांग्रेसले भोट हाल्दैनन भन्ने धारणा रहेपनि गठबन्धनमा एकअर्कालाइ साथ दिएको कुराले गर्दा आगमी निर्वाचनमा बर्तमान गठबन्धनका दलहरु नै चुनावमा उत्रिए भने सजिलै सँग भोट हाल्न सक्ने देखिन्छ जसले प्रचण्डलाई प्रधानमन्त्री हुने बाटो प्रशस्त गरेको छ । यो गठबन्धन बाट माओवादी केन्द्रलाइ घात भए देश ठुलो संकटमा जाने र संविधान नै धरापमा पर्न सक्ने प्रचण्डको अभिव्यक्तिले गर्दा पनि संविधान रक्षाका निम्ति पनि यो गठबन्धन आवश्यक हुने कुरा गठबन्धनका दलहरुको साझा बुझाइ बनेको छ । यदि कांग्रेसहरु माओवादी र प्रचण्डको विषयमा खनिएको खण्डमा माओवादी नेकपा(एमाले) सँग मिल्न सक्ने कुराले पनि यतिबेला सत्ता आफ्नो हातमा लिने कांग्रेसको सपना अधुरो रहने छ तसर्थ पार्टीभित्र ठुलो द्धन्द्ध खेपिरहेका देउवालाइ माओवादी सँगै गठबन्धन गरे राहत समेत मिल्ने बुझिन्छ ।

    एकिकृत समाजवादीको उदय
    नेकपाको विगठन पश्चात २०७८ भाद्र ९ गते नेकपा(एमाले)का नेताहरु भिम रावल , घनश्याम भुसाल , योगेश भट्टराई , अष्ठलक्ष्मि शाक्य , अमृत बोहोरा लगाएतका शिर्ष नेताहरुको ठुलो पंत्ति नेकपा(एककृत समाजवादी) मा जाने तयारीमा हुदा हुदै पनि जान सकेन यसका बावजुद पनि नेकपा(एमाले)का प्रभावशालि नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले एककृत समाजवादी पार्टीको स्थापना गरे जसले गर्दा पनि प्रचण्डलाइ अवको चुनाव सजिलो हुने र प्रधानमन्त्री बन्नका लागी एक ईटा थपिएको देखिन्छ । अहिले पनि पुर्व एमालेको ठुलो पंक्ति प्रचण्डलाइ साथ दिदै सरकारमा बस्ने देखिन्छ जुन कुरा वर्तमान सरकार गठबन्धनले पुष्टि समेत गरेको छ । स्थानिय निर्वाचनमा एककृत समाजवादीबाट चुनाव लडेका नेताहरु तथा नेकपा(एमाले) सँग असन्तुष्ट रहेको एउटा जमात पुनः एकपटक एककृत समाजवादीमा जान सक्ने देखिएको कारणले पनि अबको सरकार नेतृत्वमा माओवादीलाइ साथ दिदै आफुले पनि सत्ता साझेदारी गर्ने गरि अघि बढेको खण्डमा यसको सबै फाइदा प्रचण्ड र माओवादीलाइ हुने पक्का छ ।

    स्थानिय तह निर्वाचनमा देखिएको जनमत
    भर्खर सम्पन्न भएको स्थानिय तहको निर्वाचनले देशमा नयाँ खालको तरङ्ग पैदा गरेको छ । स्वतन्त्र उम्मेदवारहरुको जित देशको मुटु देखि लिएर विभिन्न ठाँउबाट जित्नाने पनि वर्तमान समयमा ठुला पार्टीहरुलाइ खुला चुनैति थपिदिएको छ । यदि पार्टीले सहि व्यक्ति उठाउन नसकेको खण्डमा स्वतन्त्र उम्मेदवारहरुले जित हासिल गर्न सक्छन वा भोट काटेर दोस्रो पार्टीको उम्मेदवार विजयी बनाउन सक्छन भन्ने कुरा यतिबेला व्यापक बनेको छ । अझै भनौँ एउटा नयाँ दिशामा राजनीति अघि बढिरहेको छ । वर्तमान व्यवस्थालाइ नै टेकेर जनताले यहि ढंगबाट राजनैतिक पार्टीहरु नसच्चि अघि बढेको खण्डमा बहुदलीय व्यवस्थालाइ समेत कमजोर बनाउने सामथ्र्य राख्दछन । जसको मुख्य कारण भनेको जनताहरु अब पार्टी भन्दा पनि व्यक्ति केन्द्रित हुदै छन र परिआएको खण्डमा जुनसुकै पार्टीलाइ सहयोग गर्न तयार छन् भन्ने नै देखाउदछ । अर्को रोचक कुरा के पनि देखिएको छ अब ठुलो संख्यामा राप्रपा प्रवेश गर्देछन जसको मुल कारण राजेन्द्र लिङदेलको उदय हुनु हो । राप्रपाले स्थानिय तहमा राम्रो नतिजा प्राप्त गर्न नसकेपनि अब देशमा एउटा नयाँ खालको स्थिति पैदा भएको छ । धर्म निरपेक्ष राष्ट्र बाट धर्म सापेक्ष राष्ट्र बनाउने कुरामा पनि देशको ठुलो शक्ति लागिपरेको छ । देशलाइ धर्म निरपेक्ष बनाउने माओवादी केन्द्रको मुद्दा र अहिलेको धर्म निरपेक्ष राष्ट्र हुदै गर्दा पनि देशमा नयाँ खालको यो तरङ्गका कारण एकपटक पुर्व माओवादी शक्ति आफ्नो बलिदानिपुर्ण संर्घषलाई जिवित राख्नका लागी भएनी अब पुनः एकठाउ हुन सक्ने देखिन्छ र नयाँ ढंगबाट माओवादी केन्द्र अबको निर्वाचनमा लाग्न सक्दछन ।

    पूर्व माओवादीहरु एकठाउ हुने सम्भावना
    कुनै बेला प्रचण्डको एक इसारामा आफ्नो ज्यान हाँसीहासी आहुती दिन सक्ने माओवादीहरु यतिबेला दुविदामा छन । सक्रिय माओवादी राजनीतिमा रहेका , अन्य पार्टीमा गएका र राजनीति बाट शान्त अवस्थामा रहेका माओवादीहरु अहिलेको अवस्थाले गर्दा पुनः एकपटक सँगै हुनसक्ने देखिएको छ । जसको एउटामात्र कारण भनेको विद्रोह र अझै पनि भुमिगत राजनीतिमा आएका विप्लप र उनको पार्टीलाइ हेर्न सकिन्छ । विप्लप मुलधारको राजनीतिमा आउनाको कारण पूर्व माओवादीहर एक हुने संकेत पनि हुन सक्दछ भने पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराइ मधेशका नेताहरुको साथमा माओवादी केन्द्रमा आएको खण्डमा देशको राजनीतिको धार परिवर्तन हुन सक्दछ । जे सुकै भए पनि आफैले ल्याएको व्यवस्थाका कारण जनता खुशि नहुनु र आफ्ना मुद्दाहरु धरमराइ रहनाले पनि भट्टराइलाइ पिरोल्न सक्छ चिमोट्न सक्छ यस्ता कुराहरुमा प्रचण्ड सजग भएर पुराना गल्ति कमजोरीहरुलाइ आत्माआलोचना गर्दे अघि बढेको खण्डमा पुर्व माओवादीहरु एक ठाउमा आउन सक्ने कुरा मा दुइमत छैन ।

    उसो त राजनीतिलाइ सम्भावनाको खेलको रुपमा बुझ्न सकिन्छ र ब्यालेटमा खस्ने जनमतले राजनैतिक पार्टीहरुको भविष्य निर्धारण गर्दछ । तर विगतको अनुभव र परिर्वतनलाइ हेर्दे वर्तमानमा गरेको कामहरुले भविष्यको अनुमान गर्ने गरिन्छ । यो लेखमा पनि अबको राजनीति भविष्यका बारेमा गरिएको अनुमान र यसका आधारहरु मात्र दर्शाउन खोजिएको हो । जनताको वर्तमान समयको मुल आवश्यकता भनेको विकास र आर्थिक समृद्धि नै हो यसलाइ सहि ढंगबाट उठाउन र संविधानको रक्षा गर्दे यसको सहि पालना गर्न सक्ने दल वा नेता नै अवको देशको नेतृत्व गर्ने कुरामा भने दुइ मत छैन ।

    अर्मान मियाँ
    नवलपुर



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
  • दिवा सपना
  • नारायणी नदी एकातिर पानी अर्काेतिर
  • लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया



    • पछिल्ला
    • लोकप्रिय
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    दिवा सपना
    नारायणी नदी एकातिर पानी अर्काेतिर
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?
    देवचुलीको डोजरमा खिया : निर्णय हुने काम नहुने
    कार्तिक १९ गतेदेखि साप्ताहिक रुपमा शनिबार बजार बन्द हुने

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑