• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Sat, 18, Mar, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा चन्द्रागिरी नगरपालिका पहिलो

पावर संदेश
   १५ असार २०७९, बुधबार ०९:२७  मा प्रकाशित
  • 211 पटक पढिएको







  • आनन्द पोखरेल
    भरतपुर । चितवनको भरतपुरमा सम्पन्न दोस्रो मेयर कप राष्ट्रिय तेक्वान्दो प्रतियोगित—२०७९ मा काठमाडौँको चन्द्रागिरी नगरपालिका पहिलो भएको छ । छ स्वर्ण, एक रजत तथा तीन कास्य सहित जम्मा १० पदकसहित चन्द्रागिरी नगरपालिका पहिलो भएको हो ।
    त्यसैगरी, प्रतियोगितामा नवलपरासी (बर्दघाट—सुस्तापूर्व)को गैँडाकोट नगरपालिका १२ पदकसहित दोस्रो भएको छ । गैँडाकोटले पाँच स्वर्ण, पाँच रजत र दुई कास्य प्राप्त गरेको राष्ट्रिय तेक्वान्दो सङ्घ नेपाल चितवन शाखाका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै २३ पदकसहित चितवनको भरतपुर महानगरपालिका तेस्रो भएको छ । भरतपुरले चार स्वर्ण, सात रजत र १२ कास्य प्राप्त गरेको श्रेष्ठले बताउनुभयो ।
    प्रतियोगितामा चितवनकै माडी नगरपालिकाले सान्त्वना स्थान हासिल गरेको छ । माडीले दुई स्वर्ण, चार रजत तथा दुई कास्य गरी जम्मा आठ पदक प्राप्त गरेको थियो । प्रतियोगितामा टिम पहिलो, दोस्रो, तेस्रो तथा सान्त्वना हुने पालिकालाई ट्राफी प्रदान गरिएको थियो भने खेलाडीहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
    प्रतियोगितामा महिलातर्फ उत्कृष्ट खेलाडीको रुपमा पर्वतको पैयुँ गाउँपालिकाकी खेलाडी प्रतिका थापा तथा पुरुषतर्फ उत्कृष्ट खेलाडीकोरुपमा काठमाडौँको चन्द्रागिरी नगरपालिकाका खेलाडी सुजल कार्की घोषित हुनुभयो । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ट्रफी र नगदसहित पुरस्कृत गरिएको श्रेष्ठले बताउनुभयो । प्रतियोगितामा सात वटै प्रदेशका करिब ३०० खेलाडी सहभागी थिए ।

    दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा महिला र पुरुषको छुट्टाछुट्टै ग्योरीकी (फाइट) र पुम्सेमा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा पुरुषतर्फ ग्योरीकीमा ३५ केजीदेखि ७४ केजी तौल समूहसम्म तथा महिलातर्फ ३० केजीदेखि ६३ केजी तौल समूहसम्म प्रतिस्पर्धा भएको श्रेष्ठले बताउनुभयो । पुम्सेमा भने ब्ल्याकबेल्ट सेकेण्ड डनसम्मका खेलाडीहरुको प्रदर्शनी रहेको थियो । प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी जम्मा १८ वटा फाइट तथा पुम्सेमा जुनियर र सिनियर गरी चार वटा प्रतिस्पर्धा गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।
    प्रतियोगिताको समापन गर्दै भरतपुर महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष परमेश्वर खनालले मेयर कप प्रतियोगिताले खेलाडीहरु उत्पादन गर्न टेवा पुग्ने बताउनुभयो । विद्यालय तहदेखि नै विद्यार्थीहरुलाई खेलकुदमा सहभागी गराउन सकेको अवस्थामा उनीहरुमा खेलप्रति उत्साह बढ्नुका साथै उनीहरु अनुशासित हुनेसमेत खनालको भनाइ थियो ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
  • लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
  • देवचुलीका दुइ किशोरी खेलाडी गण्डकी प्रदेश क्रिकेट टिममा छनौट
  • नवलपुर मार्ट संघको अध्यक्षमा सुनिल न्यौपाने चयन



    • पछिल्ला
    • लोकप्रिय
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    दिवा सपना
    नारायणी नदी एकातिर पानी अर्काेतिर
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?
    देवचुलीको डोजरमा खिया : निर्णय हुने काम नहुने
    कार्तिक १९ गतेदेखि साप्ताहिक रुपमा शनिबार बजार बन्द हुने

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑