नवलपुर । पूर्वी नवलपरासीमा आफ्नै घरको सिढीबाट लडेर एक जना जेष्ठ नागरिकको निधन भएको छ। इलाका प्रहरी कार्यालय डेढगाउँका अनुसार बिहीबार साँझ पूर्वी नवलपरासीको बौदीकाली ३ बोझा पोखरी बस्ने ८४ वर्षीया हीराबहादुर सुनारको निधन भएको हो।
सुनार आफ्नै घरको सिँढीबाट लडी गम्भीर घाइते भएको र उपचारको लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएकोमा उपचारको क्रममा शुक्रबार साँझ निधन भएको हो। मृतकको शव आफन्तले बुझेको प्रहरीले जनाएको छ।
त्यसैगरी कावासोती ३ पुरानो कावासोतीको भित्री सडकमा यातायात व्यवस्था कार्यालय कावासोतीको बा१झ ५२७२ नम्बरको पिकअफ बलेरोले लु३३प ६९२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार ३ जना घाइते भएका छन्।
ठक्कर दिने पिकअब बलेरो र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी बारा जिल्लाको आदर्श कोतवाली गाउँपालिका २ बस्ने वर्ष ५२ का बृजु साह कानु, वर्ष २८ का रुपालाल पण्डित र वर्ष २५ कृष्ण मुखिया घाइते भएका हुन्।