मदन अर्याल, देवचुली । माछा मार्ने क्रमाा करेन्ट लागेर नवलपुरकाे देवचुलीमा एक जनाकाे निधन भएकाे छ । देवचुली नगरपालिका वडा नं ५ का १८ बर्षिय आयुस सिजालीकाे करेन्ट लागेर निधन भएकाे हाे ।
साेमबार ५ जना सहित माछा मार्न गएका सिंजालीलाई करेन्ट लागेपछि उपचारकाे लागि देवचुली अस्पताल ल्याईएकाे र उपचारकाे क्रममा उनकाे निधन भएकाे ईलाका प्रहरी कार्यालय रजहरले जानकारी दिएकाे छ ।
घटना स्थलमा रहेका देवचुली वडा नं ७ का खेम ब. साेती, वडा नं ५ का टाेप ब. सिजाली लिले भन्ने भुवन सिह मगर र वडा नं ५ का सुक ब. मुग्लीलाई अनुसन्धानकाे लागि नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रजहरमा राखिएकाे छ ।