देवचुली ।
लायन्स क्लव अफ देवचुली दिव्यले देवचुली वडा नं १४ मा रहेकाे वाल्मीकि आधारभुत विद्यालयलाई कार्यक्रम आयाेजना गरि पंखा सहयाेग गरेकाे छ । लायन्स क्लव अफ देवचुली दिव्यका पदाधिकारीहरूकाे जन्मदिनकाे अवसरमा विद्यालयलाई सात थान पंखा सहयाेग गरिएकाे हाे ।
सामुदायिक स्तरबाट प्राथमिक तहसम्म पढाइ हुने विद्यालयमा पंखा आवश्यक रहेकाे भन्ने खवर प्राप्त भएपछि क्लवले पंखा सहयाेग गरेकाे क्लवका अध्यक्ष चाेकनारायण काफ्फेले जानकारी दिनुभयाे । त्यस्तै उहाँले आफू अध्यक्ष भएपछिकाे याे पहिलाे कार्यक्रम भएकाे वताउदै क्लवले निरन्तर रूपमा सामाजिक कार्यहरू गर्ने वताउनु भयाे ।
त्यस्तै कार्यक्रमा बाल्दै क्लवका संस्थापक अध्यक्ष निरज सापकाेटाले सामाजिक कार्य गर्ने उद्देश्यका साथ एक बर्ष अगाडि लायन्स क्लव अफ देवचुली दिव्यकाे स्थापना भएकाे वताउदै क्लवले अघिल्लाे बर्षमा जस्तै आउने दिनहरूमा पनि निरन्तर सामाजिक कार्य गर्ने वताउनु भयाे ।
विद्यालयकाे तर्फवाट विद्यालयकी सहायक प्रधानध्यापक मुना काेईराला दवाडीले लायन्स क्लवले पंखा सहयाेग गरेकाेमा धन्यवाद व्यत्त गर्नु भएकाे थियाे । उहाँले सामुदायिक सहयाेगबाट संचालित विद्यालयलाई निरन्तर सहयाेगकाे आवश्यता पर्ने हुँदा सवै पक्षसंग सहयाेगकाे आग्रह पनि गर्नु भएकाे थियाे । त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वद्री प्रसाद दवाडीले क्लवका सदस्यहरूलाई सम्मान गर्नु भएकाे थियाे ।