अर्मान मियाँ नवलपुर ,
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन देवचुली नगर कमिटीको आयोजनामा एक दिने प्रजनन स्वास्थ्य सम्बन्धि अभिमुखीकरण तथा जनचेतना मुलक कार्यक्रम आज देवचुली नगरपालिकाको वडा नं. ६ स्थित किर्तिपुरमा सम्पन्न भएको छ । अनेरास्ववियु देवचुली नगर कमिटीको आयोजनामा आयोजित उक्त कार्यक्रमको अध्यक्षता नगर कमिटीका अध्यक्ष शिशिर गैह्रे, प्रमुख अतिथि अनेरास्ववियु केन्द्रिय कमिटी सचिवालय सदस्य नवलपुर इन्चार्ज तथा नेकपा(एमाले) जिल्ला कमिटी सदस्य सागर न्यौपाने , नेकपा(एमाले) नवलपुर स्वास्थय विभागका सहसंयोजक तथा स्वास्थ्यकर्मी जायश्वर भुसालको विशिष्ट आतिथि तथा देवचुली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष मीन बहादुर सोती विशेष आतिथि लगाएतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा महिलाहरुको स्वास्थय समस्या र समाधानका उपाएहरुको बारेमा छलफल भएको थियो । प्रजनन स्वास्थ्यको बारेमा रहेका गलत तथा रुढिबादि धारणहरुलाइ हटाउदै व्यक्तिगत स्वस्थ्यमा विशेष ध्यान दिनुपर्ने ,महिनावारी हुदाँ के गर्ने , गर्भपतन रोकथामका उपाएहरु , बच्चा जन्माउदा आमा र बच्चाको ख्याल कसरी गर्ने भन्ने लगाएतका विषयमा कार्यक्रमका प्रशिक्षक तथा स्वास्थ्य कर्मी जायश्वर भुसालले प्रशिक्षित गर्नुभयो । साथै आइरन १५ जनालाइ चक्कि तथा महिनावरी र गर्भअवस्थामा के कस्ता खानेकुरा खाने र नखाने भन्ने विषयका प्याम्लेट समेत वितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै अनेरास्ववियु विद्यार्थीहरुको मुद्द सँगसँगै जनताको सुख दुखमा उनिहरुकै घरआँगनमा उभिने र जनजिविकाको सवालमा काम गर्ने जहाँ समस्या त्यहाँ अनेरास्ववियु हुने कुरा प्रमुख अतिथी न्यौपानेले बताएका थिए । करिब ६० जना जति महिला तथा बालिकाहरु यस कार्यक्रमबाट लाभान्भित भएको र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु निरन्तर रुपमा गर्ने अनेरास्ववियु देवचुली नगर कमिटीका सचिव तथा कार्यक्रम सञ्चालक सुजन भुसालले जानकारी दिनुभयो ।