
गण्डकी प्रदेश नवलपुर जिल्लाको देवचुली नगरपालिका वडा नं. ७ रामबासमा पूर्व पश्चिम राजमार्गको दलदले बजार बाट उत्तर तर्फ ३ कि.मीको दुरीमा वि.सं. २०२६ सलामा स्थापित भीमसेन आदर्श माध्यामिक विद्यालय, देशकै उत्कृष्ट सामुदायिक विद्यालय अन्र्तगत पर्दछ । पछिल्लो समय सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था सन्तोषजन नभएको अवस्थामा यस विद्यालयले भने संस्थागत विद्यालय सँग खरो प्रतिस्पर्धा गर्दै उत्कृष्ट नतिजा प्रदान गर्दे आइरहेको छ । विद्यालयको पहिलो प्रधानाध्यापक स्व.इन्द्र प्रसाद सुवेदी र विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा श्री पदम बहादुर सिंजाली हुनुहुन्थ्यो ।
अहिले समग्र नगर तथा जिल्लाबासीहरुका लागी यस विद्यालय गौरवको विषय बनेको छ । समयको माग सँगै वि.सं. २०६० सालबाट यहाँ अंग्रेजि माध्यममा पठ्न पाठन सुरु भयो । २०६७ सालको एस.एल.सी परिक्षामा ९१.२५ प्रतिशत अंकसहित आकाश न्यौपाने समुदायिक विद्यालय तर्फबाट नेपाल प्रथम भए सँगै यस विद्यालयले थप उचाइ प्राप्त गर्न सफल भयो । सामुदायिक विद्यालय पनि संस्थागत विद्यलाय भन्दा कमजोर छैन भन्ने कुराको उदाहरणको रुपमा आफ्नो नाम इतिहासको पानामा सुनौला अक्षरले लेख्न सफल भएको छ । समुदाय, विद्यालय व्यवस्थापन समिति ,विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालयको प्रध्यानाध्यापक विद्यार्थीको उज्जवल भविष्यका लागी लाग्ने हो भने सर्वाेत्कृष्ट नतिजा प्रदान गर्न सक्छ भन्ने कुराको ज्वलन्त उदाहरण हो भीमसेन आदर्श मा.वि । जसलाइ यसै विद्यालयका भुतपूर्व विद्यार्थी ३२ वर्षिय युवा अग्निधर भुसालले प्रधानाध्यापकको रुपमा हाकिरहेका छन ।

स्थापनकाको समयमा पूर्व पश्चिम राजमार्ग बाट नजिक र पहाडी क्षेत्रको काखमा अवस्थित यस विद्यालयमा विद्यालयको दक्षिण तर्फ एउटा ठुलो चउर रहेको रहेको थियो जसलाइ अहिले चारैतिर इटाको पर्खाल लगाएर संरक्षण र थप व्यवस्थित गर्ने काम भएको छ । चौरको माथि पट्टीको भागमा विद्यालय वरपर ढुङ्खाले बनेको ठुलो पर्खाल रहेको थियो जसलाइ अहिले व्यस्थित गरिएको छ । पर्खालको भीत्र विद्यालय हातामा विभिन्न फुलहरु , असोक , मसलाको रुख र भूइभरी दुवो रहेको छ । विद्यालय छिर्ने प्रवेश द्घार कुनै पार्क भन्दा कम छैन दुवै तर्फ अशोकका रुखहरुले थप सौन्दर्य बढाइरहेका छन । केहि समय अघि यहाँ बदेल , चितुवा लगाएतका जंगली जनावर समेत आउने गर्दथे । पहिले टिनको छाना भएको विद्यालय अहिले सुविधासम्पन्न पक्कि भवनमा रुपान्तरण भएको छ । यसरी ग्रामिण क्षेत्रमा रहेको विद्यालय कोइला खानीमा रहने हिरा जस्तै चम्किरहेको छ ।
समुदायका बालक्लबहरु पनि यस विद्यालयको शैक्षिक सुधारमा अहोरात्र खटिएको देख्न सकिन्छ । यस विद्यालयमा विद्यालय स्तरीय बाल क्लब, जुनियर रेडक्रस जस्ता विद्यार्थीका समुहहरु गठन भएका छन र क्रियाशिल छन । विद्यालयमा आउनका लागी गैडि, लक्ष्मिपुर, लगाएतका क्षेत्रका विद्यार्थीहरु ठुलो कुलो अर्थात देउसत नहरको बाटोबाट आउनुपर्छ सानो बाटोलाइ अमर बाल क्लबको नेतृत्व र समुदायको साथ सहयोगमा विद्यालय सम्म पुग्ने बाटो सुधार र काठको पुल हाल्ने काम सम्पन्न भएको थियो । भुतपूर्व विद्यार्थीहरुको संगठन भीसान पनि विद्यालयको शैक्षिक अवस्था सुधार गर्नका निम्ती विभिन्न ढंकबाट आफ्ना कार्यहरु सम्पादन गर्दे आइरहेको छ । भुतपूर्व विद्यार्थीहरु पनि विद्यालयलाइ कसरी राम्रो बनाउन सकिन्छ भन्ने कुरामा चिन्तन गर्दे अघि बढिरहेका छन ।
विद्यालय वरपरको वातावरणले पनि विद्यार्थीहरुलाइ पढ्ने कुरामा सहयोग गरिरहेको हुन्छ । विद्यालय वरपर सामान्य, सस्तो, मिठो र स्वस्थकर खाजा खान पाइन्छ । विशेष गरेर चाउचाउ तरकारी, चाउमिन, समोसा तरकारी आलु चप आदि परिकारहरु खाजाका लागी प्रख्यात छ । विद्यालयको हाता भित्र पनि क्यान्टिको व्यवस्था रहेको । विद्यार्थीहरुलाइ आवश्यक पर्ने अतिरिक्त शैक्षिक सामाग्रीहरुको सहज उपलब्धता हेर्दा सामान्य लाग्ने कुराहरु भएपनि यस्ता कुराहरुले विद्यार्थीको पढाइमा सहयोग गरिरहेको हुन्छ । वि.सं. २०७३ साल देखि कान्तिपुर दैनिक पत्रिका आउन सुरु भयो जसको अध्ययनले विद्यार्थी तथा शिक्षकहरुलाइ अझै थप ज्ञान र जानकारीहरु प्राप्त हुदै आएको छ ।
अहिले नर्सरी देखि कक्षा १२ सम्म यस विद्यालयमा अध्यापन हुने गर्दछ । शान्त वातावरणमा पढाइ हुने, विद्यार्थीहरुलाइ अतिरिक्त क्रियाकलापहरुमा सहभागी गराइने , प्रत्येक कक्षा कोठामा प्रोजेक्टर र सीसी क्यामेरा, सुविधा सम्मन कम्युटर ल्याब, विज्ञान प्रयोगशाला, लाइबे्ररी, शुद्घ खानेपानी, पर्याप्त मात्रामा शौचालय र अब्बल शिक्षकहरु र यिनको व्यवस्थापनले नै उत्कृष्ट बनाउछन । अहिले भीमसेन एकपटक शैक्षिक भ्रमण गर्नुपर्ने विद्यालयको रुपमा परिचित छ । आजभोली यहा नयाँ उखान प्रचलित भएको छ सके भीमसेन पढ्नु, नसके भीमसेन घुम्नु । स्थानिय स्रोत र साधनको उचित प्रयोग र शिक्षकहरुको व्यवस्थापन नै सबैभन्दा ठुलो परिवर्तनका संवाहक हुने कुरा यस विद्यालयलाइ हेरे पुग्दछ । अनुशासन विद्यार्थीको गहना हो भन्ने कुरामा सदैव सचेत बनाउने र उनिहरुलाइ भष्यिको बारेमा चिन्तन गर्नका लागी र असल र लगनशिल बन्नका लागी समय समयमा मोटिभेसनल कार्यक्रमको सञ्चालन हुने गर्दछ । तमाम कुराहरुका कारणले गर्दा भीमसेनले उत्कृष्ट नतिजा प्रदान गर्दछ ।
पालिका, जिल्ला, प्रदेश हुदै संघिय सरकार, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विभिन्न विधाहरुमा निरन्तर रुपमा उत्कृष्ट विद्यालयको सम्मान प्राप्त गर्दै आइरहेको छ । सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरु घट्दो दरमा घट्ने क्रममा छन तर यस विद्यालयमा भने विद्यार्थीहरु बढ्दो दरमा बढिरहेका छन । यस्तो विद्यालय जहाँ पढ्नका लागी विद्यार्थीहरु र पढाउनका लागी अभिभावक समेत लालायित छन । यहाँ विद्यालयमा वार्षिक कार्ययोजना अनुरुप खेलकुदका क्रियाकलापहरु सञ्चालन हुने गर्दछन । जनजातिहरुको बाहुल्यता रहेको यस विद्यालय क्षेत्रमा एस.इ.इ र कक्षा १२ पछि आर्मी, प्रहरीमा भर्ती हुनेको संख्या पनि धेरै छ । खेलकुदमा राम्रो विद्यालय भएका कारण पनि पछि राष्ट्र सेवामा लाग्न्का लागी विद्यार्थीहरुलाइ सहज हुने गरेको छ । देवचुली नगरपालिकालाइ गण्डकी प्रदेशकै पहिलो तथा नेपालको दोस्रो बालमैत्री नगरपालिका बनाउनका लागी देवचुली नगर स्तरीय बाल सञ्जालको नेतृत्व गर्ने विद्यार्थी यसै विद्यालयका विद्यार्थी हुन । यस विद्यालयका भुतपूर्व विद्यार्थीहरु अहिले नेता, प्रहरी, डाक्डर, इन्जिनिएर, व्यवसायी, कर्मचारी आदि बनेका छन ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्घि गर्दे निरन्तर रुपमा सर्वाेत्कृष्ट विद्यालय बनाउनका लागी सबैभन्दा ठुलो भुमिका यस समुदायका अभिभावकहरुको रहेको छ । आफ्ना छोराछोरीको भविष्य उज्जव बनाउन पढाउनु पर्छ भन्ने सोचले भरिपुर्ण यस समुदायका अभिभावक नै यो विद्यालये सफलता हासिल गर्ने प्रमुख आधार हो । विद्यालयको शैक्षिक गुणस्तरमा बृद्वि गर्नका निम्ती वि.सं २०६५ सालमा दिनबन्धु पोख्रोलको मुखारविन्दुबाट धन धन्याञ्ल महायज्ञ सम्पन्न भयो । जसमा अभिभावकहरुको सबैभन्दा ठुलो साथ सहयोग गरे, विद्यालयलाइ सधै एक नम्बर बनाउनका लागी यहाँका अभिभावकहरुले दुख सुख रगत र पसिना बाट कमाएर एक एक पैसा गरेर जम्मा गरेको रकम आफुले सक्ने जति सहयोग गरे फलस्वरुप विद्यालयको स्थायी स्रोत खातामा करिब डेढ करोड रुपैयाँ हालसम्म पनि रहेको छ । विद्यालय धनधन्याञ्चाल महायज्ञ पश्चात आर्थिक रुपमा सबल बन्न सफल भयो र यसैको जगमा रहेर २०६६÷०६७ सालदेखि कक्षा ११ र १२ को अध्यापन समेत सुरु गर्याे । उक्त रकमकोे व्याज बाट विद्यालयले विभिन्न अतिरिक्त कार्यक्रमहरु सञ्चालन गर्ने, गरिब तथा जेहन्दार विद्यार्थीहरुलाइ छात्राबृत्ति प्रदान गर्ने गर्दछ । यहा कक्षाकोठाहरु, शौचालय, खानेपानी, विज्ञान प्रयोगशाला, लाइब्ररी जस्ता कुराहरुमा सुधार गरियो ।
वि.सं. २०७६ सालमा नै देवचुली आधारभुत विद्यालय देवचुली ७ रामबास र भीमसेन माध्यामिक विद्यालय मर्ज भएर भीमसेन आदर्श मा.वि बनेपश्चात नेपाल सरकार बाट नमुना विद्यालयको रुपमा घोषणा हुन सफल भयो । भौतिक स्रोत साधन र सुविधाहरु थोरै हुदाँ पनि यस विद्यालयले उत्कृष्ट नतिजा प्रदान गर्ने गर्दथ्यो । टिनका छानाहरु गर्मिमा तात्ने र वर्खामा कराउने अवस्था हाल अन्त्य भएको छ । निवर्तमान प्रधानाध्यपक नरदेव न्यौपाने र विद्यालय व्यवस्थापन समिति अध्यक्ष डिलाराम पाण्डेको पहलमा भारत सरकार सँगको सहयोगमा वि.सं २०७७ कार्तिक १७ गते ३२ कोठे भवन निर्माण सम्पन्न भएको थियो । निरन्तर रुपमा यस विद्यालय सर्वाेत्कृष्ट साथै नमुना विद्यालयको शाख बढ्दै गएको छ । जसका लागी सबैभन्दा ठुलो देन यहाँका अभिभावकहरुको रहेको छ । समुदायले चाहेको खण्डमा विद्यालय एक नम्बर बन्न सक्छ भन्ने कुराको उदाहरण बनेको छ ।
३१ वर्षको उमेर देखि जिम्बेवारी समालेका प्रधानाध्यापक भुसलालाइ चुनौति र थुप्रै अवसरहरु पनि छन । हाल विद्यालयमा रहेका अधिकांश शिक्षकहरु युवा र यहि विद्यालयका पूर्व विद्यार्थीहरु रहेका छन । युवा शिक्षकहरुको क्षमता रुची र चाहना अनुरुप उनिहरुको व्यवस्थापन गर्नु, बढ्दो रुपमा सामाजिक सञ्जाल र मोबाइल, इन्टरनेट, अनलाइ गेम, टि.भीमा समय विताउने विद्यार्थीहरुलाइ सहि मार्गदर्शन गर्नु, विगतमा प्राप्त गरेको नतिजा र उपलब्धिहरुलाइ बचाइ राख्नु र थप राम्रो गर्दै लैजानु उनका लागी सबैभन्दा ठुलो चुनौति हो । यो चुनौतिको एक खुड्किलो भने उनले पार गरेको देखिन्छ । २०७८ सालको एस.इ.इ परिक्षामा जिल्ला भरिकै विद्यालयहरु मध्य सबैभन्दा बढि विद्यार्थीले परिक्षा दिए र उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएका छन । युवाहरुले अवसर पाएको खण्डमा दिन रात मेहनत गरि जुन सुकै क्षेत्रमा पनि राम्रो नतिजा दिन सक्दछन भन्ने कुराको उदाहरण भुसालले दिन सफल भएको देखिन्छ ।
एस.इ.इ को नतिजा सार्वजनीक भए सँगै विद्यार्थीहरु विभिन्न विषयहरु अध्ययन गर्नका लागी विद्याथीहरु सोचिरहेका छन । गरिब र मध्यमवर्गिए परिवारको बाहुल्यता रहेको यस ठाउमा अभिभावकहरु पनि कुन कलेजमा पढाउने भन्ने एकदमै चिन्ताको विषय बन्ने गर्दछ । विभिन्न सामाजिक सञ्जालका प्रचार ठुला विल्डिङ्ख भएका संस्थागत कलेजहरु वर्तमान समयमा विद्यार्थीहरुको रोजाइ हुने गरेको छ । आफ्नो उज्जवल भविष्य निर्माण गर्ने समयमा विद्यार्थीहरु साथिभाइहरुको लहैलहैमा लागेर अन्यन्त्र जाने प्रचलन पनि पछिल्लो समय बढिरहेको छ । नयाँ ठाउमा गएर पढ्दा पढाइ राम्रो हुने र भौतिक रुपमा सक्षम भएका कलेजहरुको रिजल्ट पनि भिमसेन जत्तिकै छ भन्ने कुरामा विद्यार्थी तथा अभिभावकहरुले ध्यान दिन जरुरी छ । कक्षा १२ पछिको उच्च शिक्षाका लागी सामुदायिक विद्यालयमा अध्यय गर्दा पुर्ण छात्राबृत्तिमा विभिन्न युनिभर्सिटीले पढाउने गर्दछ जसका लागी सामुदायिक विद्यालयले उच्च शिक्षा अध्ययन गर्ने योजना र सपना समेत पुरा गर्न सक्दछ । वि.सि.ए, वि.वि.ए, वि.वि.एस लगाएतका विषयहरु म्यानेजमेन्ट पढेपछि पढ्न पाइन्छ । तसर्थ यस्तो समयमा विद्यार्थी तथा अभिभावकहरुको समस्या र चिन्ताको समाधानको एउटै मात्र विकल्प भिमसेन बन्न सक्ने कुरामा दुइ मत छैन । व्यवस्थाप संकाय अन्र्तगत कम्यूटर साइन्स, विजनेस, होटल म्यानेजमेन्ट, एजुकेसन लगाएतका विषयहरुमा कक्षा ११ र १२ मा अध्यापन हुने गर्दछ । अहिले भइरहेको महंगी, अर्थतन्त्रमा देखिएको व्यापक फेरबदलका कारण अभिभावकहरु ठुलो समस्यामा छन । यहाँ बाट सामान्य विषय अध्ययन गर्नका लागी अन्यत्र जादा पूर्व पश्चिम राजमार्गको निर्माण कार्य नसकिदा धेरै दुख पनि पाउनु पर्ने देखिन्छ । अबको समयमा कसरी आफ्नो नजिकको सामुदायिक विद्यालयको गुणस्तरमा सुधार गर्न सकिन्छ र गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिन्छ भन्ने कुराको चेतानाको बृद्वि भयो भने अन्य सामुदायिक विद्यालयहरु पनि राम्रो नजिता प्रदान गर्न सक्दछन । भीमसेनले त्यो नतिजा पनि दिइरहेको छ । नयाँ भर्ना खुले सँगै विद्यालयका प्रअ विद्यार्थीहरुलाइ भर्ना हुनका लागी आव्हान समेत गरेका छन ।
अहिले पनि विभिन्न जिल्लाहरु तथा नवलपुरकै पहाडी क्षेत्रहरु बाट पढ्न आउने विद्यार्थीहरुको संख्या पनि धेरै रहेको छ । उनिहरु वर्तमान समयमा विद्यालय वरपरका घरहरुमा भाडामा बस्ने गर्दछन । यस परिस्थितीको समाधान गर्नका लागी यहाँको स्थानिय सरकार र जनप्रतिनिधिहरु लाग्नुपर्दछ । छात्रावासको निर्माण गर्ने र विद्यार्थीहरुलाइ अझै सहज वातावरण उपलब्ध गराउनु वर्तमान आवश्यकता हो । वि.सं. २०८० सम्म छात्रावासको व्यवस्था र विद्यालयलाइ प्रविधिमैत्री बनाउने लक्ष्का साथ काम प्रधानाध्यापक तथा वर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सत्यनारायण भुसालले गरिरहेको छन । कक्षा ११ र १२ मा विज्ञान विषय थप गर्ने र स्नातक तह सम्म अध्यापन हुने गरि विद्यालयको विकास गर्नुपर्ने वर्तमान समयमा आवश्यकता महशुस भएको छ । जसका लागी सम्पुर्ण सरोकारवाला निकायहरु लाग्नुपर्ने देखिन्छ ।
धेरै कुराहरुमा राम्रो भएता पनि विद्यालयलाइ अझै राम्रो बनाउनका लागी सदैव लाग्नुपर्ने देखिन्छ । समय अनुरुपको व्यवसायिक र प्राविधिक शिक्षाको लागी अझै पनि हामी पछि परिरकोको अवस्थामा यस तर्फ पनि ध्यान दिन जरुरी छ । विद्यार्थीहरुको चाहना समय अनुरुप परिवर्तन हुदै जान्छन । वर्तमान समयमा भएको भीमसेनको साख केहि समयमा हराउन पनि सक्दछ । ठुला र चम्किला भवनहरु खण्डहरुमा परिवर्तन हुन यहाँसक्दछन । यहाँका गरिब जनताको गुणस्तरीय शिक्षा प्राप्त गर्ने यस पवित्र थलोलाइ सदैव जिवन्त राखिराख्नका लागी आफ्नो ठाँउबाट योगदान दिन जरुरी छ । यसरी गण्डकी प्रदेशकै उत्कृष्ट विद्यालयको छवि बनाउन सफल भीमसेन आदर्श मा.विलाइ सधैभरी सफलताको शिखरमा राखि राख्नका लागी शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विभिन्न राजनैतिक दलहरु, तिनै तहका सरकार, भुतपूर्व विद्यार्थीहरु उचित परामर्श साथ सहयोग र सुझावका साथ अघि बढ्न जरुरी छ ।
सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार गर्दे उत्कृष्ट नतिजा प्रदान गर्ने हो भने सामान्य ग्रामिण क्षेत्र तथा शहरी क्षेत्रमा रहेका गरिब तथा सामान्य आम नागरिकका छोराछोरीहरु ग्ुणस्तरीय शिक्षा बाट बञ्चित हुनु पर्देन । राज्यले पनि यस्ता किसीमका विद्यालयलाइ प्रोत्साहन गर्ने, यहाँका शिक्षक, विद्यालय व्यवस्थापन समितिहरुलाइ तालिम, गोष्टि र भ्रमणहरुमा सहभागी गराउने र विद्यालय प्रति थप जिम्बेवार बनाउने काममा लाग्नुपर्दछ । वर्तमान समयमा नीजि विद्यालयको शुल्क सामान्य परिवारले तिर्न नसक्ने तितो यथार्थ हामिमाझ छ । यस्तो अवस्थामा कसरी सामुदायिक विद्यालयलाइ राम्रो बनाउन सकिन्छ त्यसका हामि सबै मिलेर काम गर्न जरुरी छ ।
अर्मान मियाँ
नवलपुर