अर्मान मियाँ नवलपुर ,
रुपान्तरण र युवा प्रालिको आयोजनामा एकदिने उत्प्रेरणात्मक तथा वित्तीय शिक्षा कार्यक्रम देवचुली नगरपालिका स्थित देवचुली पार्टी प्यालेसमा भएकाे थियाे । देवचुली नगरपालिका भित्र रहेका माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुको उपस्थितिमा उक्त कार्यक्रम समपन्न भएको हो ।
देवचुली नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत मोहन प्रसासद मरासिनीको प्रमुख आतिथ्यतामा समपन्न कार्यक्रममा नगर भित्रका युवा युवतिहरुलाइ वित्तिय शिक्षा प्रदान गर्ने, युवाहरुमा नयाँ जोश जाँगर भर्दै नेतृत्व विकास गराउने कार्यक्रम गरेकोमा आयोजकलाइ धन्यवाद दिदै आगामी दिनहरुमा यस्ता किसीमका कार्यक्रमहरुलाइ निरन्तरता दिन आग्रह समेत गर्नुभयो ।
मोटिभेसनल स्पिकर ईश्वर गैरेले युवाहरुमा नयाँ किसीमको जोश जाँगर हुने र त्यसलाइ सहि सदुपयोग गर्दे अघि बढेको खण्डमा मात्र आफ्नो सपना पुरा हुने जसका लागी वित्तिय व्यवस्थापन सम्बन्धि कुराहरु जान्न अति महत्वपुर्ण रहेको बताएका थिए । विद्यार्थीको समस्या समाधान गर्न, व्यक्तिगत तथा युवाहरुको नेतृत्व विकासका लागी आफुहरु तयार रहेकोे बारेमा बताएका थिए ।
आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाइ देवचुली नगरपालिका भित्र निरन्तर रुपमा सञ्चालन गर्ने र युवा विद्यार्थीहरुको क्षमता प्रस्फुटनका लागी काम गर्दे अघि बढ्ने रुपान्तरण र युवा प्रा लिका उपाध्यक्ष शिशिर गैरेले जानकारी दिए ।