अर्मान मियाँ नवलपुर ,
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन देवचुली नगर कमिटीले गरिब तथा जेहन्दार विद्यार्थीहरुका लागी छात्रवृत्ति अक्षयकोष स्थापनार्थ अखिल साझ २०७९ गर्ने भएको छ । मिति २०७९ भदौ २३ गते दलदलेमा बसेको सचिवालय वैठकले अखिल साझ गर्ने निर्णय गरेको हो । देवचुली नगरपालिका भीत्र रहेका बालबालिकाहरुको शैक्षिक गुणस्तरमा बृद्घि गर्ने , र गरिब तथा जेहन्दार विद्यार्थीहरुलाइ थप प्रोत्साहन र निरन्तर शिक्षा प्राप्त गर्ने उदेश्यका साथ यहि मिति २०७९ असोज १४ गते बेलुकी ठिक ४ः०० बजे देखि देवचुली पार्टी प्यालेस दलदलेमा बृहत सांस्कृतिक कार्यक्रम सहित अखिल साझ गर्न लागेको हो । प्रमुख अतिथिको रुपमा अनेरास्ववियु केन्द्रिय कमिटी अध्यक्ष सुनिता बराल आउने भएकी छन भने कार्यक्रममा राष्ट्रिय स्तरका ख्याति प्राप्त गाएकहरु रचना रिमाल , कोमल ओली ,प्रजापति पराजुली देवराज बव्लु ,लगाएतका कलाकारहरुका साथै स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने अनेरास्ववियु देवचुली नगर कमिटीका उपाध्यक्ष तथा कार्यक्रम संयोजक निशान्त न्यौपालेले जानकारी दिए ।