अर्मान मियाँ नवलपुर,
उज्यालो नेपाल बिजुली पसल देवचुली नगरपालिका वडा नंं. १३ दलदलेका सञ्चालक कृष्ण गैरेले आफ्ना १० जना कर्मचारीहरुको दुर्घटना विमा गरिदिएका हुन । आफ्ना कर्मचारीहरु भनेका घरका परिवार जस्तै हुन्, जिवनको बाजि लगाएर करेन्टका तारहरु सँग काम गर्ने कर्मचारीहरु यदि कुनै दुर्घटनामा परे भने उनिहरुका लागी विमाले ठुलो राहत पुराउने कुराको जानकारी दिए । गुणस्तरीय र सस्तो रुपमा बिजुली सम्बन्धि सम्पूर्ण सामाग्रीहरु पाइने देवचुली नगरपालिकाका एकमात्र होलसेल पसलको रुपमा उज्यालो नेपाल बिजुली पसल आफ्नो सेवा दिइरहेको समेत बताएका थिए । ज्योति लाइफ इन्स्योरेन्स कावासोती साखामा कर्मचारीहरुको विमा गरिदिएका हुन । आज विमित हुनेहरुमा हरि प्रसाद भुसाल , मुक्ति प्रसाद श्रेष्ठ , छल बहादुर पुलामी , हिम प्रसाद सिंजाली , गिताराम विश्वकर्मा , डिल प्रसाद तिवारी , राजेन्द्र प्रसाद लामिछाने , रोशन पोख्रेल , प्रमोद विश्वकर्मा र केदार अधिकारी रहेका थिए । आफुहरुको विमा गरिदिएकाले आगामी दिनमा अझै ढुक्क भएर काम गर्ने विमित कर्मचारीहरुले खुशी व्यक्त गरेका थिए ।