देवचुली ।
लायन्स क्लव अफ देवचुली दिव्यकाे आयाेजना र दुर्गा मन्दिर टाेल सुधार समितिकाे सहयाेगमा केउरेनी-१ मा रहेकाे दुर्गा मन्दिरमा सरसफाइ तथा रङराेगन गरिएकाे छ । विजया दशमी काे अवसर पारेर मन्दिर परिषरमा सरसफाई तथा रङराेगन कार्यक्रम आयाेजना गरिएकाे हाे ।
सरसफाई कार्यक्रममा मन्दिर टाेलसुधार समितिका सदस्य, स्थानिय, समाजसेवी, लायन्स क्लव अफ देवचुली दिव्यका पदाधिकारीहरूकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा लायन्यन्स क्लव अफ देवचुली दिव्यका अध्यक्ष चाेकनारायण काफ्ले (नारायण) र टाेलसुधार समितिका अध्यक्ष गाेविन्द रिजालले आफ्ना भनाइहरू राख्नु भएकाे थियाे ।
कार्यक्रममा बाेल्दै क्लवका अध्यक्ष लायन चाेकनारायण काफ्लेले लायन्स क्लव अफ देवचुली दिव्य सामाजिक कार्यकाे लागि स्थापना भएकाे बताउदै चाड पर्वकाे अवसरमा दुर्गा मन्दिर सरसफाई गरिएकाे र मन्दिर रङराेगन गरिएकाे बताउनु भयाे । त्यस्तै उहाँले आगामी दिनहरूमा पनि मन्दिरलाई निरन्तर सहयाेग गर्ने प्रतिबध्दता व्यत्त गर्नु भयाे ।
त्यस्तै मन्दिर टाेल सुधार समितिका अध्यक्ष गाेविन्द रिजालले मन्दिर सरसफाई आयाेजना एवं मन्दिर रङराेगनकाेलागि सहयाेग गरेकाेमा क्लवलाई धन्यवाद व्यत्त गर्नु भयाे । उहाँले आमागी दिनहरुमा पनि क्लवले सहयाेग गर्ने विश्वास व्यत्त गर्नु भयाे ।
त्यस्तै कार्यक्रममा देवचुली वडा नं १ का वडाध्यक्ष कृष्ण बहादुर केसी, पूर्व वडाध्यक्ष लक्ष्मणलाल भण्डारी, नेपाल नमुना माविका प्र.अ शिव देवकाेटा, बुद्धिजिवी एवं सामाजिक व्यत्तित्वफ लायन्स क्लव अफ देवचुली दिव्यका संस्थापक अध्यक्ष निरज सापकाेटा लगाएतकाे उपस्थिति रहेकाे थियाे ।