देवचुली ।
देवचुली नगरमा खेलकुदकाे अवस्था, चुनाैती र आगामी दिनमा गर्नुपर्ने याेजनाका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । नवनिर्वाचित खेलकुद समितिकाे आयाेजनामा देवचुली नगर खेलकुद समितिले खेलकुद क्षेत्रकाे विकासकाेलागि गर्नुपर्ने आगामी कार्ययाेजना निर्माणकालागी अन्तरक्रिया कार्यक्रम आयाेजना गरिएकाे हाे ।
अन्तरकृया कार्यक्रममा नगर खेलकुद समितिका सदस्यहरू, जनप्रतिनिधि, खेलाडी, खेलकुद प्रेमी, प्रशिक्षक, युवाहरू, विभिन्न क्लव तथा सामाजिक व्यत्तित्वहरूकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा उपस्थित युवा तथा खेलाडीहरूले खेलकुद क्षेत्रकाे विकासका लागि वडा स्तरबाट नै पहलकदमी चाल्नु पर्ने धारणा राखेका थिए । अधिकाशं युवाहरूले खेलाडी उत्पादन गर्ने प्रमुख थलाे विद्यालय भएकाले विद्यालय लाई केन्द्रमा राखेर कार्य याेजना वनाउनु पर्ने धारणा राखेका थिए ।
त्यस्तै नगर खेलकुद समिति निर्माण गर्दा खेलकुदमा विज्ञता नभएका र राजनैतिक भागवन्डामा कार्यसमिति निर्माण गरिएकाेमा असन्तुष्टी जनाएका थिए ।
स्तरिय खेलकुद मैदान नहुनु, खेलाडीहरूलाई सुरक्षाकाे व्यवस्था नहुनु र आत्मनिर्भर हुन नसक्दा खेलबाटनै पलायन हुने जस्ता चुनाैती रहेकाे बताएका थिए । देवचुलीबाट धेरै खेलाडीहरू राष्ट्रिय स्तरमा पुगेकाे तर नगरपालिकाले उचित सहयाेग नगर्दा खेलाडीले धेरै समस्याहरू भाेग्नु परेकाे र खेल क्षेत्रवाटनै पलायन हुनुपरेकाे वताएका थिए ।
देवचुली नगरपालिका खेलाडी उत्पादन गर्ने उर्भरभुमी भएकाले साेही अनुसारकाे याेजना निर्माण गर्नुपर्ने बताएका थिए । खेलाडीकाेहरू लागी कवडहल, खेल मैदान, खेलकुद सामाग्री उपलब्ध गराई खेलप्रति आकर्षित बनाउन सके राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरका खेलाडीहरू उत्पादन गर्न सकिने सुझाव दिएका थिए ।
कार्यक्रमकाे अन्त्यमा वाेल्दै नगर खेलकुद समितिका अध्यक्ष सुवास ओझा अन्तरक्रिया कार्यक्रममा उपस्थित भई खेलकुद क्षेत्रकाे विकास र भावि कार्य याेजनाकाेलागी सुझाव दिएकाेमा सम्पुर्णलाई धन्यवाद व्यत्त गर्दै सुझाव अनुसार नै भावी कार्ययाेजना निर्माण गरिने वताउनु भयाे । उहाँले हिजाेका दिनमा केभयाे भन्दापनि आगामी दिनमा नगरकाे खेलकुद विकासकालागी अग्रणी भुमिका निर्वाह गर्ने बताउनु भयाे । उहाँले आवश्यक ठाउँमा साथ, सहयाेग, सुझाव दिईराख्न पनि अनुराेध गर्नु भयाे । उहाँले नगर समितिले नितिगत रूपमानै खेलकुद क्षेत्रमा रहेका समस्याहरू समाधान गर्ने र देवचुली नगरलाई खेलकुद क्षेत्रकाे हवकाेरूपमा विकास गर्ने प्रतिबद्धता व्यत्त गर्नु भयाे ।
कार्यक्रममा देवचुली नगरपालपका उप प्रमुख पार्वता तिवारी, प्रमुख प्रशासकिय अधिकृत माेहन प्रसाद मरासिनी, विभिन्न वडाका वडाध्यक्ष लगाएतका जनप्रतिनिधिहरूले नगरकाे खेलकुद विकासकालागी नगर खेलकुद समितिसंग सहकार्य गर्ने प्रतिबद्धता व्यत्त गरेका थिए ।