नेपालको पश्चिमाञ्चल बिकास क्षेत्र अन्तर्गत गण्डकी अञ्चलमा पर्ने एक पहाडी जिल्लाको रुपमा अवस्थित स्याङ्जा जिल्ला सुन्दर शान्त अनि अति रमणिय स्थानको रुपमा परिचित जिल्ला हो । राजनितिक बिभाजनको आधारमा यस स्याङ्जा जिल्लाका साबिकका ६० गा.बि.स सहित समायोजन गरि हाल ५ नगपालिका र ६ गाउँपालिका मध्येको एक सुन्दर गाउपालिका भित्र पर्ने एक शान्त सौर्न्दर्यले भरिपुर्ण गाउँ हो सामडाडा ।
बिहानको मिर्मिरे कुहिरो घामको साथमा चराचुरुङ्गीको आवाजले खुलेका निन्द्राले दैनिकी जीवन निर्बाहा गर्न कोहि मेलापात, घासदाउरा त कोहि आगोको धुवाँको मुस्लो हटाउदै भान्छामा कोदोको रोटि पकाउदै घ्वारघ्वार ठूलो ठेकिमा मोहि पार्दै दिनको सुरुवात हुन्थ्यो । दुखका गित गाउदै मेलामा पुरुषहरु हलगोरु चलाउथे भने महिलाहरु खेत रोप्दै दुख सुख साटासाट गर्थे । हरियाली बाताबरण चिसो हावापानी र अर्गानिक खानाले गर्दा होला कोहि पनि बिरामी भएको अनुभूति गर्दैनथ्ये ।
ए बुढी टर्च लेउ त पारी माईलाको घरमा अघि देखि धिप धिप टुकि बलिराछ ¡ बुढा बिरामी थे च्याप्यो कि क्यारे म पुगेर आउछु भन्ने हाम्रा हजुरबुवाहरुको दयालु जिवनको बरदान स्वरुम आज हामी यो स्थान सम्म आईपुगेका छौ । अथक मेहेनत र परिश्रमको फलस्वरुप हाम्रो सामडाडा भौगोलिक हिसाबले पनि केही न केही खुड्किलो मार्दै अगाडि बढेको छ । हाम्रा हजुरबुवाहरु पैदल हिड्ने बाटोमा आज मोटर गुडिरहेको छ । १ घन्टाको लामो कष्टकर बाटोमा १ गाग्री पानी बोकेर आएका हाम्रा हजुरआमाको दुखद जीवन आज घरघरमा पानीको स्रोत पुगेको छ । बिरामी धेरै नभए पनि जटिल समस्या आउदा भने धेरैले जीवन गुमाउनु परेको सुन्दा मनमा आगो बलेको जस्तो हुन्थ्यो तर आज गाउमै स्वास्थ्य चौकिको पहुच पुगेको छ । राम्रो शिक्षा र जनचेतना ले होला यस्ता समस्या निर्मुल हुँदै गाउँ सुन्दर बनेको छ ।हिजोका दिनमा पढ्न ज्यादै कष्टकर रहेर अर्काको भरमा काटिएको जीवन आज प्रबिधि र शिक्षाले गर्दा तत्काल आफ्नो समस्या आफै समाधान गर्न सकिने भएको छ ।
अन्त्यमा आजका पुस्ताहरुको जीवन प्रगति र फलदायी भएकै कारण यदि हामिले हाम्रा पुर्खाको जन्मस्थान भुलेका छौ भने तत्काल त्यो सोचलाई बदली हाम्रो पहाडघर प्रति सदैब सकारात्मक सोच बोकेर अगाडि बढ्नु पर्दछ ।धन्यबाद ।
कृष्ण वाग्ले
देवचुली-३, नवलपरासी (ब.सु.पुर्ब)
९८४७५६१४३९
Email: [email protected]