मदन अर्याल , नवलपुर
नवलपुरका जनताले सबैभन्दा धेरै गाली गर्ने नेताको रुपमा परिचित शशांक कोइराला यतिबेला पुनःएकपटक नवलपुरका जनता माझ चुनावि मैदानमा होमिएका छन । उनले नवलपुर बाट चुनाव जित्ने मात्र होइन अबको देशको प्रधानमन्त्री आफू हुने शंखघोस समेत गरेका छन ।
नेपाली कांग्रेसका प्रभावशाली नेता कोइरालाले वि.सं. २०६४, २०७० र २०७४ सालको संविधान सभा र प्रतिनिधि सभाको निर्वाचनमा नवलपुरको क्षेत्र नं. १ बाट विजय हासिल गरे , संविधान सभा सदस्य हुदै प्रतिनिधि सभा सम्मको १५ वर्षको इतिहासमा जनताले उनालइ साथ दिए । जनताको चाहना बमोजिम उनले काम गर्न नसक्नु, यहाँका जनताको दुख सुखमा सँगै हुन नसक्नाले गर्दा नवलपुरका जनताको स्वरलाइ सधै प्रतिपक्षले हतियारको रुपमा उपयोग गर्न खोजेको देखिन्छ तर वास्वविकता भने फरक रहेको उनीसँग भेट भएका , उनको कुरा बुझेका र उनलाइ नजिक बाट चिनेका आम जनता एव कांग्रेस नेता कार्यकर्ताको बुझाइ छ ।
शशांक किन लोकप्रिय बन्न सकेनन ?
लोकप्रिय बन्ने भनेको जनताको मन मनमा बस्नु हो र जनताको काम गर्नु हो । राजनीति गर्नु र जनप्रतिनिधि बन्नु भनेको जनताको सेवामा समर्पित हुनु हो । ६४ र ७० सालमा उनी संविधान सभा सदस्य भइ संविधान निर्माण कार्यमा लागे त्याे देशको पहिलो प्रथामिकता थियो । दुइ पटक सम्म भएको संविधान सभा निर्वाचन पछि वि.सं. २०७२ साल असोज ३ गते देशले संविधान प्राप्त गर्यो । त्यतिबेला उनले विकास निर्माणको काम गरेनन भन्ने आरोप उनलाइ लाग्ने गरेको छ तर समयको माग संविधान निर्माण गर्नु भएकाले उनी त्यहि कामका लागि अघि बढे र देशले नयाँ संविधान पायो । २०७४ सालको निर्वाचनमा उनि प्रतिनिधि सभा सदस्य भए तर नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सरकार आयो र उनको पार्टी नेपाली कांग्रेस प्रतिपक्षमा बस्नुपर्यो जसको फलस्वरुप शक्ता शक्तिको बाघडोर नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को हातमा पर्यो र उनी यस क्षेत्रको प्रतिनिधि हुदाँ हुदै पनि काम गर्न सकेनन । अर्कोेतिर भने उनि गाऊ फर्केर आएनन भन्ने नै हो यसको कारण भनेको उनी आफ्नै पार्टी र प्रतिपक्षको भूमिकामा हुदाँ र गृह जिल्ला नहुनाले रहेको आम सर्वसाधरणको बुझाइ रहेको छ ।
पार्टीका कार्यकर्ताको दलदलमा फसे कोइराला
विपि पुत्र र नेपाली कांग्रेसको महामन्त्री भएका कोइराला सधै नवलपुर कांग्रेस नेतृत्वको दलदलमा फसिरहे उनलाइ सामान्य नागरिकले भेट्न सक्ने अवस्था हुन सकेन जसको प्रमुख कारण नवलपुरको कांग्रेस नेतृत्वको असफलता हो । उनी सँग भेट्ने जो सुकै आम नागरिक र विभिन्न पार्टीका कार्यकर्ता उनलाइ कहिल्यै पनि नराम्रो भनेनन जसले उनलाइ बुझे उनीप्रति सधै सकरात्मक नै भए । नवलपुरका जनताको दुख पोख्न उनिसँग जानेहरु कांग्रेसका कार्यकर्ता मात्र भए र उनी बाट सधै व्यक्तिगत स्वार्थ मात्र पुरा गर्न तर्फ लागे । जसले गर्दा उनि आम नागरिक सँग सम्पर्कमा रहन सकेनन ।
वर्तमान अवस्था र अवको भविष्य
शशांकको शंखघोषले यतिबेला राष्ट्रिय राजनीतिमा तरङ्ग पैदा गरेको छ । गठबन्धनको सरकार र गठबन्धनमा रहेका नेपाली कांग्रेस , नेकपा(माओवादी केन्द्र ) एकिकृत समाजवादी लगाएतका दलहरु यतिबेला शशांकको साथमा रहेका छन । नवलपुर क्षेत्र नं. १ मा नेपाली कांग्रेस बाट प्रतिनिधि सभामा कोइराला छन , त्यस्तै नवलपुर क्षेत्र नं. १ (क) मा नेपाली कांग्रेसकै महेन्द्र ध्वज जि.सी र १ (ख)मा नेकपा माओवादी केन्द्रका लोकप्रसाद भुर्तेल प्रदेश सभाका उम्मेदवार रहेका छन । नेपाली कांग्रेस आफैमा ठुलो संगठनको बल भएको पार्टी हो भने माओवादी केन्द्र तेस्रो ठुलो शक्ति हो यि शक्तिहरु मिल्दा पुनः एकपटक शशांकले बाजि मार्न सक्ने देखिन्छ । जसका लागि गठबन्धनलाइ बलियो गरि सँगै साथमा लिएर जान पर्ने हुन्छ , सबै बाम एकै ठाम भन्ने र प्रतिनिधि सभामा आफ्नो उम्मेदवार नभएको र नवलपुरको दुइ वटै निर्वाचन क्षेत्रमा माओवादीले टिकट नपाउनु र पाएको टिकट पनि पुनः कांग्रेसलले लिएको बदला स्वरुप प्रदेशमा आफ्नै पार्टीलाइ भोट दिने र प्रतिनिधि सभामा कम्यूनिष्ट पार्टीलाइ भोट दिने गरि साठगाठ भए शशांको शंखघोषमा पूर्णविराम लाग्ने छ । नवलपुर क्षेत्र नं. १ (ख) मा कांग्रेस उम्मेदवार नहुनु र प्रतिनिधि सभाको निर्वाचनमा कम्यूनिष्ट पार्टीलाइ सहयोग गर्ने रणनिति बनेको खण्डमा भोट प्रभावित भइ वर्तमान समयमा विकल्पको रुपमा रहेका स्वतन्त्र उम्मेदवारले पासा पलट गरिदिन सक्छन ।
नवलपुरे जनतालाइ के त ?
विपि पुत्र कांग्रेसका शक्तिशालि नेता र केन्द्रिय राजनीति र भावि प्रधानमन्त्री हुने भन्ने कुराले नवलपुरे जनतालाइ एउटा प्रश्नचिन्ह खडा गरिदिएको छ । वर्षौ देखि सुकुम्बासीहरुका लागी लालपुर्जा , ट्रमा सेन्टर र रंगशालाको कुरा उठाउने कोइराला २०७४ को निर्वाचनमा विजयी त भए केन्द्र र प्रदेशमा कांग्रेस सरकार बन्न सकेन तर दुइ तिहाइ बहुमतको बाम सरकारले पनि यि कामहरु गर्न नसकेको तितो यथार्थ भने हामिमाझ रहेको छ । शशांक कोइराला धान खाने मुसा चोट पाउने भ्यागुता जस्तो बन्न पुगे । अहिले चुनावमा शशांक सुध्रिएर जनताको घरघरमा जाने र समस्या बुझ्ने गरेको देख्न सकिन्छ जसले गर्दा उनि सँग रुष्ट भएका कार्यकर्ता र सर्वसाधारण जनता उनि प्रति सकरात्मक बन्दै जस्तो देखिन्छ ।
राजनीति सम्भावनाको खेल हो कसले बाजि मार्छ भन्ने कुरा बाकसमा खसेको मतले नै निर्धारण गर्ने हुदाँ मतपरिणमाका लागी मंसिर ४ भने कुर्नुपर्ने छ ।