
पाल्पा रामपुरबाट गैंडाकोट आउदै गरेको बस पुर्बी नवलपरासीको बुलिङ्टारमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
मनकामना दर्शनको लागि हिडेको ना ६ ख ७५८० नं को बस बुलिङ्टार गाउपालिका वडा नं २ मथारमा दुर्घटना हुदा बसमा सबार ५ जनाको घटनास्थल मै मृत्यु भएको र २५ जना घाइते भएको प्रहरी कार्यालय बुलिङटारले जनाएको छ ।

बिहान करिब ४ बजेतिर बस सडकबाट झण्डै १०० मिटर तल खसेर दुर्घटना भएको हो । अन्य क्षतिको विवरण आउन बाकी रहेको छ ।