
मदन अर्याल नवलपुर ,
देवचुली नगरपालिकाले मिति २०७९ असोज ६ गते दिउसो देवचुली नगरपलिकाको दलदले मुण्डे सडक खण्ड अन्तरगत सडक अधिकार क्षेत्र भित्र रहेका संरचना हटाइ जग्गा खाली गर्ने सम्बन्धि ३५ दिने सार्वजनिक सूचना जारी गर्यो ।
गण्डकी प्रदेश , भौतिक पूर्वाधार शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयको आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यक्रम अनुसार देवचुली नगरपलिका अन्तर्गत दलदले कुमसोत डबल लेन सडक निर्माण योजनाका लागि साढे दुइ करोड रकम विनियाेजित भइ पूर्वाधार विकास कार्यालय , कावासोति मार्फत उक्त मुख्य सडक चौडा पारी आधुनिक शैलीमा निर्माण गर्ने गरि २०७९/०६/०४ गते बोलप समेत आवहान भइ सकेकोले जिल्ला स्तरीय सडकको रुपमा रहेको उक्त सडकको मापदण्ड बमोजिम केन्द्र देखि दायाँ बायाँ १०/१० मिटर सडक अधिकार क्षेत्र भित्र पर्ने घर , टहरा तथा अन्य संरचनाहरु सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र हटाइ सहयोग गरिदिनुहुन अनुरोध गर्याे, यदि सम्बन्धित घर तथा जग्गाधनिहरुले तोकिएको समयमा त्यस्ता किसिमका संरचना हटाउन अटेरी गर्ने घर जग्गाधनीलाइ स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा प्रचलित कानुन बमोजिम कार्वही हुने गरि सूचना जारी गरेको थियो ।
सार्वजनिक सूचना जारी गरेको आज ६७ दिन पुरा भएको छ । सूचना निकालेको अर्को ३५ दिन कट्न लाग्दा समेत नगरपालिकाले केहि काम गर्न सुरु गर्न सकेको छैन । राजनैतिक दलहरुको दबाव र प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचको मुखमा आएको यस्तो निर्णयले चुनाव नै प्रभावित पार्न खोजेको भन्ने जनताको बोलिलाइ सहि सावित गर्नेतर्फ उद्यत भएको देखिएको छ । अनाधिकृत रुपमा रहेको संरचना हटाउनका लागि निकालेको सूचना चुनावको बेलामा प्रयोग गरिएको मसलाको रुपमा आम सर्वसाधारणले लिने गरेको छन । अत्यन्तै व्यस्त मानिने दलदले मुण्डे सडक बर्खाको समयमा बाटोबाट नाला बग्ने , बर्सेनी रुपमा दलदले बजार डुवान पर्ने, विद्यालय समयमा बाटो साँघुरो हुदाँ विद्यार्थीहरुलाइ विद्यालय जान असहज हुने , दुर्घटनामा हुने लगाएतका समस्याहरु दलदले मुण्डे सडकमा देखा परिरहन्छन ।

नेकपा (एमाले)को दुई तिहाइ बहुमत भएको नगर कार्यपालिका हुदाहुदै काठमाडौंका मेयर बालेन शाह स्टाइलमा निर्णय भए पनि कार्यान्वयन भने हुन सकेन । यसरी देवचुली नगरपालिकाले काम नगर्ने र निर्णय मात्र गरिरहेको हुदाँ नगरवासीहरु आजभोली देवचुली नगरपालकाको डोजरमा खिया लागेको बताउन थालेका छन ।