
अर्मान मियाँ नवलपुर ,
धौलागिरी अपाङ्ग उत्थान संस्था देवचुली नवलपुरको आयोजनामा नवलपुरको देवचुलीमा इतिहासकै पहिलोपटक प्रदेश राजधानी पोखरा बाहिर मैत्रिपूर्ण ह्वीचियर बास्केटबल खेल हुने भएको छ । ३१ औं अपाङ्गता दिवश को अबसरमा अपाङ्गता भएका ह्वीचियर प्रयोगकर्ता अपाङ्गहरुको बिचमा खेल हुने भएको हो । मंसिर १७ गते शनिवारका दिन देवचुली नगरपालिका स्थित विश्व ज्योति आवासीय उच्च माविको खेलमैदानमा दिउसो ठिक १२ः३० बजे देखि खेल सुरु हुने धौलागिरी अपाङ्ग उत्थान संस्थाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए ।
अपाङ्गता भएका व्यक्तिहरु पनि खेलकुदमा भाग लिन सक्दछन र देशलाइ राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा परिचित गराउदै खेलकुदकै माध्यमबाट जिवन यापन गर्न सक्छन भन्ने कुरालाइ यस खेलले पुष्टि गर्ने बताउदै खेल हेर्न उपस्थितिका लागी समेत सम्पुर्ण नगरबासीहरुलाइ अध्यक्षले अनुरोध गरेका छन , नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाइ पनि अवसर प्रदान गर्नका लागी उक्त खेलले महत्वपुर्ण भुमिका खेल्ने संस्थाका अध्यक्ष सुवेदीले बताए । उक्त खेलमा देवचुली नगरपालिका भित्र रहेका ३ जना राष्ट्रिय खेलाडीहरु समेत सहभागी हुने छन ।
