अर्मान मियाँ , नवलपुर
नवलपुर जिल्लाकै पहिलो क्रिकेट एकेडेमी रोयल क्रिकेट एकेडेमी द्घरा जिल्ला स्तरीय इन्टर कलेज क्रिकेट टुर्नामेन्ट नवलपुरको देवचुलीमा पौष ८ गतेदेखि सञ्चालन भइरहेको छ । जिल्ला भित्रका ८ वटा कलेजहरु सहभागी यस खेल लिग वाइज सञ्चालन भइरहेको र रन रेटका आधारमा कलेजका टिमहरु सेमिफाइनलमा पुगेका हुन । खेलमा अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ्ग एण्ड म्यानेज्मेन्ट गैडाकोट , लुम्बिनि आइ सि टी कलेज गैडाकोट , नमुना उच्च मा.वि गैडाकोट , बरचुली उ.मा.वि देवचुली , देवचुली उ.मा.वि देवचुली , मध्यविन्दु बहुमुखी क्याम्पस कावासोती , कुमारवर्ति बहुमुखी क्याम्पस कावासोती र लुम्बिनि आदर्श डिग्री कलेज कावासोती गरि जिल्लाका ८ वटा कलेजहरु सहभागी भएका थिए ।
सेमिफाइनलमा पुगेका ४ टिमहरु मध्ये पहिलो खेल विहान ठिक १०ः०० बजे देखि मध्यविन्दु बहुमुखी क्याम्पस कावासोती विरुद्घ देवचुली कलेज रजहर र दोस्रो खेल दिउसो ठिक १ः३० बजे देखि बरचुली कलेज फारम विरुद्घ अक्सफोर्ड कलेज गैँडाकोट विच हुने छ ।
यस खेल खेलकुद विकास समिति देवचुली नगरपालिकाका अध्यक्ष सुवास ओझाको प्रमुख आतिथ्यता तथा रोयल क्रिकेट एकेडेमीका सञ्चालक सन्तोष न्यौपानेको अध्यक्षतामा उद्घाटन भएको थियो । कार्यक्रमको उद्घाटन देवचुली खेलकुद विकास समितिका अध्यक्ष सुवास ओझाले टस मार्फत गरेका थिए । कार्यक्रममा वोल्दै ओझाले आफुहरु सधै देवचुली नगरपालिकाको खेलकुदका विषयमा र यहाँ खेलाडी उत्पादन गर्नका लागी लागि परेको र सधै खेलाडीहरुको पक्षमा आफु उभिएको बताए । आफुले सक्ने सहयोग गर्ने र देवचुलीमा खुलेको यस रोयल क्रिकेट एकेडेमीले देवचुलीको समग्र क्रिकेट विकासका लागी राम्रो काम गरेकोमा वधाइ तथा धन्यवाद दिदै यहाँका खेलाडीहरुलाइ , जिल्ला , प्रदेश , राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनाउनका लागी काम गर्ने अपेक्षा सहित सुभकामना समेत व्यक्त गरेका थिए ।
जिल्ला स्तरीय इन्टर कलेज क्रिकेट टुर्नामेन्टको फाइनल खेल भने पौष १५ गते शुक्रबारका दिन एकेडेमीको खेलमैदानमा विहान ठिक ११ः०० बजे देखि सुरु हुने छ । सेमिफाइनल खेलमा विजेता दुइ टिम फइनल खेल्नेछन । प्रथम हुनेले रु.५०,०००/–(पचास हजार रुपैँया मात्र) , ट्रफि र मेडल तथा दोस्रो हुनेले रु.२०,०००/–(विस हजार रुपैँया मात्र ),ट्रफि र मेडल पाउने रोयल क्रिकेट एकेडेमिका सञ्चालक विशाल पौडेलले जानकारी दिए ।