
देवचुली, पछिल्लाे समय चिया पारखीहरूकाे लागी मड्का चिया पहिलाे राेजाइ बनेकाे छ । शुद्ध भैसिकाे दुधमा चियामा प्रयाेग गरिने मसला (ल्वाङ्ग, सुकमेल, नरिवल) पकाइ माटाेकाे भाडाे (मड्का) मा दिइने हुँदा यसकाे स्वादले चियाका पारखीहरूलाइ आकर्षित गरेकाे हाे ।
नवलपुरकाे देवचुली १३ मा रहेकाे हातेमालाे इनले पनि मड्का चिया शुरूवात गरेकाे केही समयमा नै चिया प्रेमिलाइ आकर्षित गरेकाे छ ।
देश भरि नै आर्थिक मन्दिले व्यापार व्यवसाय अझ भनाै हाेटल व्यवसाय धरासायी बनेका छन् भने कतिपय व्यसायी त व्यापार व्यवसायबाट पलायन भएका छन् ।
करिव ३० बर्ष देखि हाेटल व्यवसाय गर्दै आउनु भएका हाेटल हातेमालाे इनका संचालक चाेकनारायण काफ्ले आफुपनि करिव करिव व्यवसाय बन्द गर्ने मनसायमा पुगेकाे बताउनु हुन्छ । कराेडाै लगानिमा व्यवसाय संचालन गरेपनि व्यवसायले गतिलिन नसक्दा यसलाइ नयाँ ढंगबाट ग्राहककाे मनाेभावना बमाेजिम मड्का चिया र टिफिन-99 शुरुवात गरेकाे उहाँ बताउनु हुन्छ । बजार अनुगमन गर्दै जादा काठमाडौ, नारायणगढ लगाएतका शहरहरूमा मड्का चियाले राम्राे बजार पाएकाे ठम्यायी पाएपछि आफुले पनि मड्का चिया शुरुवात गरेकाे बताउनु भयाे ।
उहाँले भन्नू भयाे मड्का चिया ७० र ट टिफिन-99 रू ९९ मा शुरूवात गरेका छाै नाफाकाे मार्जिन कम भएता पनि ग्राहककाे आगमनले आफू संतुष्ट रहेकाे र पुनः आफ्नाे व्यवसायले गतिलिने विश्वास लिएकाे छु । ग्राहककाे मनाेसाय बुझेर व्यवसाय साेही अनुरुप ढाल्न सके अगाडि बढ्न सकिने र हरेक व्यवसायीले नयाँ ढंगबाट व्यवसाय अगाडि बढाउन सके व्यापार व्यवसायबाट पलायन हुनु नपर्ने उहाँकाे भनाइ थियाे ।

त्यस्तै ग्राहकहरू पनि मड्का चिया र टिफिन-99 नयाँ कन्सेप्ट रहेकाे र थाेरै रकममा सफा, हाइजनिक र मिठाे परिकार खानपाउँदा आफुहरू संतुष्ट रहेकाे प्रतिकृया दिएका छन् ।