
सुजन भुसाल
नेपालका प्रमुख नदिहरुमध्येको सबैभन्दा गहिरो नदी गण्डकी हो । गण्डकी नदीलाई चितवन प्रवेश गरेपछि “नारायणी” भनिन्छ । नारायणी नदि सबैभन्दा धेरै हिन्दु धर्मवलम्वि हरुको घुइँचो लाग्ने तिर्थ स्थलको रुपमा परिचित मानिन्छ तर अहिले नरायणगढ बाट देवघाट तर्फ जति पानिको बाहब छ गैडाकोट , देवचुलि र कावासोति क्षेत्र मा आईपुग्दा नदिको बाहब धेरै कम भएको छ । जसले गर्दा मानव , वन्यजन्तु र पानिमा पाइने जिवलाई अत्यन्तै कष्ठ पुगिरहेको छ । मानिसहरु मुख्य गरि एकादशी , माघे सक्रान्ति , छठ जस्ता अन्नय पर्व नारायणीको पानीले नुहाएर सुद्द हुने बिस्वासले हिन्दुधमावलम्वि हरुको घुइँचो लाग्ने गर्छ । यस पटक भने पानी को बहाब कम हुनुको कारणले मानिस अम्खराले पानी निकालेर नुहाउन बाध्य भएका छन । पानीको बाहब घट्नाले हिन्दु धर्म अनुसार दाहसंस्कार गरे पश्चात त्यस ठाउमा पानीले पखाल्दा समेत पानीको अभाब महसुस भएको पाइन्छ । साथै वन्यजन्तु र चराचुरुङ्गी हरुलाई समेत सोजो असर परेको छ ।“” width=”960″ height=”640″ class=”alignnone size-full wp-image-15692″ />

यस क्षेत्रमा पानीको घट्नाले के के फाइदा हुन सक्छ त ?
१. पानीको बाहब घट्नाले बर्षा याममा आउने बाढिले हुने क्षेतीको कारण बाढिपिडितको सख्या घट्न सक्छ,
पानी घट्नाले बेफाइदा के छ त ?
१. नारायणी किनार नजिक बसेका मुसहर, माझि, बोटे जातीलाई आफ्नो जिविकोपार्जन गर्न गार्रो पर्नेछ ।
२. पानीको बहाव कम हुदाँ मानिस र जङ्गली जनावर हात्ती , गंैडा , बाघ जस्ता बन्य जन्तु सजिलै आरपार गर्नेले मानव र वन्यजन्तु विचको द्वन्द्व बड्न सक्छ ।।
३. साइबेरियन मुलुकका चराहरु बसाइसराइ गर्ने मुख्य बाटो पर्ने हुदा चाराचुरुङी को सख्या निकट भविष्य मै घट्ने देखिन्छ ।
किन घट्दैछ पानीको बहाव नारायणीमा ?
मुख्यत ग्लोबल वार्मिङ र जलवाायु परिवर्तनका कारणले नदिका मुहानहरुबाट नै पानीको बहाव कम हुन थालेको छ । नदिमा जोडिएका ठुलाठुला धनाढ्य हरुका महलको ढल बियर फ्याक्ट्री ,चाउचाउ फ्याक्ट्री जस्ता साना ठुला उद्योग कलकारखाना बाट निस्किने फोहोर पानी, केमिकलहरु नदिमा मिसिनाले नारायणीमा पाईने माछाका प्रजाति र घडियाल गोहीँ को सख्या नारायणीमा घट्दै छ । नारायणी नदिमा जोडिने ठुला सना खोलानालाहरु र नदिका छेउछाउमा गहिरो पारेर ठुलाठुला डिपबोरिङ बनाउनाले पनि नारायणी नदिको पानीको बहाब घट्नुको कारण हो ।क्रसरको सख्या धेरै भएकाले र विभिन्न प्रयोजनाका लागी नदी उत्खन्न ले नदिको बहाव , वन्यजन्तु र माछाका प्रजातिलाई ठुलो हानि पुराएको छ । नारायणी नदिको पानी माथिल्लो भङ्गालो बाट नभइ तल्लो भङ्गालो बाट पानी बगेकाले अहिले माथिल्लो भङ्गालो हुदै गंैडाकोट देवचुली र कावासोति आउनु पर्ने पानीको बहाव घटेको पाइन्छ । नदिमा पानीको बाहब कम हुनुको कारण नरायणीमा चल्ने पानिजाहजको लागि गोलाघाट तर्फको भङ्गालोबाट पानी लगेको पाइन्छ ।
नदिको बाहब कम हुनुका पछाडिक कतै अदृश्य कारणहरु मध्ये नदिकिनारमा रहेका धनाढ्यका पार्क , होटल , रेष्टुरेण्टहरु पनि हुन की ?
कसरी रोकथाम गर्न सकिन्छ पानीको बाहबको सम्स्या
चितवन जिल्लाको फोहर व्यवास्थापनमा स्थानिय निकाय एंव भरतपुर महानगरपालिकाले फोहर व्यवस्थापनमा मुख्यरुपमा ध्यान दिनुपर्ने र नारायणी नदि किनारमा हुने मेला महोत्सवलाइ सार्ने । मानिसहरुमा जनचेतनामुलक कायकर्म ल्याउनाले । उत्खन्नकार्यमा प्रतिबन्ध लगाउने जस्ता स्थानिय सरकारले महत्वपुण भुमिका खेल्नुपर्ने देखिन्छ । नारायणी नदिको तटमा मिसिने खोलानाला छेउछाउमा डिपबोरिङग खन्न समेत प्रतिबन्ध लागाउनाले नारायणी को बाहब बडाउन सकिन्छ ।