• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Sun, 19, Mar, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका

पावर संदेश
   ८ फाल्गुन २०७९, सोमबार २३:२७  मा प्रकाशित
  • 7 पटक पढिएको







  • देवचुली नगरपालिकाले मिति २०७९/१०/१८ गते करारमा पदपुर्ति गर्ने सम्बन्धी सूचना निकाल्यो जसका लागि सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र १८ वर्ष देखि ३५ वर्ष उमेरको योग्यता पुग्ने व्यक्तिले दरखास्त दिन सक्ने थिए । तिन वटा पदहरुमा क्रमश पद इन्जिनियर तह अधिकृत छैटौँ १ जना , पद कृषि स्नातक तह छैटौँ १ जना र पद अ.न.मी तह सहायक स्तर चौँथो ३ जना कर्मचारीका लागि दरखास्त आव्हान गर्याे ।

    यसै सूचना निकालेको भोलिपल्ट अर्थात १९ गते करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी सूचना संसोधन मिति २०७९/१०/१९ मा यसै सन्र्दभमा मिति २०७९/१०/१८ गते प्रकाशित सूचनाको बुँदा नं. ३ मा दरखास्त दिने अन्तिम मितिमा १८ वर्ष उमेर पुरा भइ ३५ वर्ष ननाघेको , महिला र अपांगताको हकमा ४० वर्ष ननाघेको भएकोमा दरखास्त दिने अन्तिम मितिमा १८ वर्ष उमेर पुरा भइ ४० वर्ष ननाघेको हुनुपर्ने गरी संसोध नगरिएको व्होरा अनुरोध छ भन्ने सूचना जारी गर्याे ।

    यहि सूचनाहरुको आधारमा हेर्दा एकै दिनको अन्तरालमा नगरपालिकाले ३५ वर्ष सम्म उमेर हदलाइ बढाएर ४० पुर्यायो । शंका कहाँनिर चुलियो भन्दा केहि घण्टाको अन्तराल अर्थात मिति २०७९÷११÷०८ गते इन्जिनिएर पदको तह अधिकृत छैटौँ को माग संख्या १ का लागि योग्यताक्रम प्रकाशन गरिएको पहिलो पटक प्रकाशन गरिएको योग्ताक्रम अनुसार ७ जनाको नाम सार्वजनिक गर्याे र केहि समयमा उक्त योग्यताक्रम हटाएर १० जनाको योग्यताक्रम भएको सूचना सार्वजनिक गर्याे ।

    यसरी देवचुली नगरपालिकाले पटक पटक एउटै पदका लागि एकपछि अर्काे गर्दे विभिन्न क्रुटीहरु गर्दे गयो । यसै विषयमा पावर संदेशले यी विभिन्न शंकाहरुका विषयमा देवचुली नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत मोहन प्रसाद मरासेनीलाइ फोन सम्पर्क गर्यो । फोन सम्पर्क पश्चात प्रमुख प्रशाशकीय अधिकृत मरासेनीले यो क्रुटिहरु भएको स्विकार गरे । ३५ वर्ष उमेर किन बढाइयो भन्ने प्रश्नको जवाफमा उनले भने करारको जागिर थोरै समयमको हुने हुदाँ उम्मेदवार कम हुने विश्लेषण गरेर सूचना निकालेको भोलिपल्टै उमेर हद बढाइएको साथै योग्ताक्रम कसरी परिवर्तन भयो भन्ने प्रश्नको जवाफमा ३ जना उम्मेदवारहरुको इन्ट्रि गर्न छुटेको , दरखास्त बुझ्ने, हेर्ने र केलाउने कर्मचारी विदामा बसेको र उनले बुझेका दरखास्तहरु आफ्नो घर्रामा राखेको योग्यताक्रम प्रकाशन भएपछि फेरी उक्त इन्ट्रि गर्न छुटेको नामावली थप गरेको बताए ।

    यि त्रुटीहरु भुलबस भयो या जनप्रतिनिधि, राजनैतिक पार्टीको दवाव अथवा कर्मचारीहरुको मिलेमतोमा कुनै आमुक व्यक्तिलाइ उक्त पदमा राख्नका लागि यि सब नाटकहरु मञ्चन भए यो शंकाको विषय बनेको छ । यस अघि पनि विभिन्न खालका करार कर्मचारीहरुका लागि दरखास्त आव्हान गर्दा यस्ता खालका त्रुटीहरु देखिदै आइरहेका थिए भने विना विज्ञापन पनि कर्मचारीहरु नियुक्ति गरिएका छन । यसरी हेर्दा कतै देवचुली नगरपालिकालाइ सत्ता र शक्तिको आडमा आफ्ना कार्यकर्ता , नातागोतालाइ करार कर्मचरी भर्तिकेन्द्र त बनाउदै छैनन ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • दिवा सपना
  • नारायणी नदी एकातिर पानी अर्काेतिर
  • लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
  • देवचुलीका दुइ किशोरी खेलाडी गण्डकी प्रदेश क्रिकेट टिममा छनौट



    • पछिल्ला
    • लोकप्रिय
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    दिवा सपना
    नारायणी नदी एकातिर पानी अर्काेतिर
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?
    देवचुलीको डोजरमा खिया : निर्णय हुने काम नहुने
    कार्तिक १९ गतेदेखि साप्ताहिक रुपमा शनिबार बजार बन्द हुने

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑