
अर्मान मियाँ , नवलपुर
आउनुहोस् एकछिन प्रश्नहरुको जन्ती जाऔँ ः नेपालमा पढेर रोजगारीका लागी विदेश जानुपर्ने शिक्षा के काम ? विद्यार्थीहरु के, किन र केका लागि विद्यालय जान्छन ? आफ्नो जिवनको आधा उमेर पढेर वितिसक्दा पनि दुइ छाका जोहो गर्न विदेशिनु पर्छ भने यो शिक्षा सिक्ने के का लागी ? विद्यार्थीहरु अहिले जानकारी पाउने शिक्षा मात्र लिइरहेका छन । जीवन उपयोगी, व्यवहारिक र संस्कार युक्त शिक्षाको बारेमा सोच्ने बेला आएको छैन ? अभिभावकले आफ्नो विगत सम्झदै वर्तमान देशको परिवेश अनुसार भविष्यमा के गरोस् भन्ने चाहना राखेर विद्यालय पठाइरहेका छन ? यहि अवस्थाको शिक्षाले विश्व बजार सँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पदान गर्ने सक्छ ? नेपालीहरु नेपालमा पढेर नेपालकै विकास गर्न सक्ने शिक्षा राज्यले दिनु पर्देन ? हाम्रो देशको शिक्षा किताबमा मात्र सिमित हुने की त्यसलाइ व्यवहारमा उतार्न सक्ने हुने ? केहि विद्यालय र विश्व विद्यालय भने प्राविधिक भएका छन, प्राविधिक विषय पढेका विद्यार्थीहरु के भनेर आफ्नो पाठ्यक्रम पढिरहेका छन ? प्राविधिक विषय पढेर प्राविधिक बनेका छन? नेपलाको संविधानले मौलिक हक अन्र्तगत धारा ३१ मा आधारभुत तह सम्मको शिक्षा निशुल्क र अनिवार्य तथा माध्यामिक तह सम्मको शिक्षा निशुल्क भनेको छ के साच्चै हो लागू भएको छ ? राज्यले दिने शिक्षाको गुणस्तर कम र संस्थागत विद्यालयले दिने शिक्षाको गुणस्तर धेरै हो ? सामुदायिक विद्यालयमा पढेका विद्यार्थी र संस्थागत विद्यालयमा पढेका विद्यार्थीहरुको शैक्षिक गुणस्तर र उनिहरुले पाउने सेवा सुविधाहरु एकैनास छ त ? एकै किसीमको शिक्षा नपाएका विद्यार्थीहरु हरेका क्षेत्रमा समान प्रतिस्पर्धा गर्नुपर्न हुन्छ ? अभिभावक र विद्यार्थीहरु कतै भविष्यको सपना देख्न छाडेर पेण्डुलमको तालमा मच्चिरहेका त छैनन ? इन्टरनेटको प्रयोग अनि यसबाट माध्यबाट खेलिने अनलाइन गेम र सामाजिक सञ्जालको प्रयोगले बालबालिकाहरु कस्तो बाटो हिडिरहेका छन ? परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण वा कमाए जति रकम छोराछोरीको शिक्षाका लागि खर्चिएर लगानी गरे मात्र समान शिक्षा पाउने हो ? सन्तानको भविष्य कस्तो हुन्छ भन्ने कुरामा अभिभावकको दायित्व भन्ने कुरा शुन्य हुन्छ ? यि तमाम समस्या र यिनको प्रमुख कारण कतै हाम्रा जनप्रतिनिधि त बन्दै गइरहेका छैनन ? अबको शिक्षा यहि अवस्थामा अघि बढे हाम्रो देशको विकास सम्भव छ ? यो अवस्थामा विद्यार्थीहरु पढेनन् , नैतिकता सिक्न पाएनन र नैतिकवान भएनन भनेर अभिभाव र विद्यार्थीहरुले शिक्षकलाइ गालि गर्ने छुट छ त ? आजभोलिका विद्यार्थीहरु किन अराजक, घमण्डि र जे गरेपनि हुन्छ भन्ने सोचले भरिदै गएका छन ? आगामी शिक्षा र विद्यार्थीको भविष्यको बारेमा सोच्ने कसले हो शिक्षक, विद्यर्थाी, अभिभावक या सरकार ? १२ कक्षा पास गरेको विद्यार्थीले नेपालमा भविष्य छैन भनेर परिक्षा दिएको अन्तिम दिन सकिएको श्वास फेर्न नपाइ कन्सल्टेन्सि पुग्नुपर्ने रहर कि बाध्यता ? यस्तो अवस्था सधै यस्तै चलिरहन्छ ? विभिन्न मुलुकहरुमा उच्च शिक्षाका लागि जाने सजिलो बहाना बनाएर उतै घरजम गर्ने सोचको परिभाषित के हो ? यि तमाम प्रश्नहरु पढ्दा लामो सुस्केरा हाल्ने र रगत उम्लदैन ? आँखा राता बनेका छैनन, हाम्रो नेपाली समाज अब सधै यहि अवस्था बाट गुज्रिनु पर्ने हो ? यि र यस्ता धेरै प्रश्नहरु विद्यार्थी, अभिभावक र सरकार सँग गर्ने हो भने उत्तर के आउला एकछिन सोचौँ ।

केके पकवानहरु पाकिरहेछन हेरौँ एकछिन अधिकांश विद्यार्थीहरु पढ्न नपरोस् भन्ने चाहना राखिरहन्छन अझै पनि यसको कारण के हो भन्ने कुरामा घोत्लिदै जादा हाम्रो पाठ्यक्रम नै वेस्वादिलो ? प्रयोगात्मक शिक्षाको कमि ? परिक्षा लिने प्रणालि ? या के त यो विषय आफू विद्यार्थी र आफ्नो घर र वरपरका विद्यार्थीहरु सँग सोधौ जवाफ एउटै आउछ । मलाइ पढ्न मन नलाग्ने प्रमुख कारण भनेको किताबको पानामा लेखेको कुराहरु हामिलाइ गाह्रो गरेर पढाइन्छ । कतिपय सजिलो सँग पढ्न र बुझ्न सकिने कुराहरु पनि हाम्रो निकै असहज र बोझिलो पारामा लेख्नुपर्ने हुन्छ । पढेर नेपालमा काम नै छैन , राम्रो देश जानका लागि १२ पास गरे पुग्छ र त्यसका लागि मात्र पढे पुग्दछ अनि पढेर त्यो जिवनको कहाँ र कतिबेला कसरी प्रयोग हुन्छ थाह छैन । पढेर के गर्ने लगाएतका तमाम कारणहरु सुन्न पाउछौँ । अझै पनि पढेर हात्ति ठुलो भएको हो र भन्ने उखान प्रचलित नै छ ।
विश्व बजार यतिबेला उत्पादन सँग जोडिइरहेको छ, विज्ञान र प्रविधि हामिले सोचेको भन्दा तिव्र गतिमा विकास भइरहेको छ । देशमा शिक्षित बेरोजगारीको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । यहि अवस्थामा देशको शिक्षा प्राणालि , अभिभावकको सोच , विद्यार्थीहरुको रुचि र वर्तमान परिवर्तित बजारको आवश्यकता अध्ययन गर्ने हो भने केहि समय पछि नेपालमा सबै पढेलेखेका बेरोजगार व्यक्तिहरु मात्र रहने पक्का छ । विश्वका देशहरुमा ५ देखि १० प्रतिशत कृषकहरुले प्रविधिको प्रयोग गरेर देशको आवश्यकता पुरा गर्दे निर्यात समेत गरिरहेका छन । आइ.टी क्षेत्रमा दिन दुइ गुणा रात चौगुणा उपलब्धि हासिल गरिरहेका छन । आर्टिफिसिएल इन्टिलिजेन्सले एतिबेला संसार तताइरहेको छ । एउटा दुइ सय ग्राम मोबाइल र दुइ किलोको ल्यापटप १ हजार देखि १० लाख सम्म बेचिरहेका छन । विज्ञान र प्रविधिको विकासका लागि खर्बाे रकम खर्च गरिरहेका छन हाम्रो देश भने अझै पनि एउटा गुणस्तरीय प्रयोगशालाको निर्माण गर्न सकिरहेका छैनौँ । देशमा महाविर पुन जस्ता व्यक्ति छन तर पनि हाम्रो देश अझै सामान्य कामहरु गर्ने यन्त्र उपकरण र आविस्कार गर्नका लागि आविस्कार केन्द्रहरु बनाउन नसकी तिनको आयात गर्नुपरिरहेको तितो परिस्थिति सँगै हामि अघि बढिरहेका छौँ । अरु देशहरुले सामाजिक संञ्जाल फेसबुक , इन्स्टाग्राम, टिकटक आदि बनाएर खर्बाे रकम कमाइरहेका छन भने हाम्रा देशका युवा जनशक्तिहरु त्यस्ता एप्लिकेसन चलाएर दिन विताइरहेका छौ ।
पढाइको गुणस्तर बृद्घि गर्ने भन्ने कुरा अहिले प्रत्येक नेताको भाषणमा सुन्न पाइन्छ । देश संघिय व्यवस्था अभ्यास गरे सँगै तिन तहको सरकार र सरकारमा जनप्रतिनिधिहरु छन । सामुदायिक विद्यालयको सुधार गर्ने र शिक्षाको गुणस्तर बृद्घि गर्ने कुरा गरेर नथाक्ने जनप्रतिनिधिहरु तिनका छोराछोरी कहाँ पढेका छन र भविष्य खोज्न कहाँ गइरहेका छन भन्ने कुरा गर्ने हो भने सामान्य नागरिकहरुको मगज दुख्ने गर्दछ । संस्थागत विद्यालयको वर्तमान अवस्था हेर्ने हो भने पनि सन्तोषजनक छैन यसरी हेर्दा सामुदायिक विद्यलाय होस् या संस्थागत दुवै विद्यालयहरुले विदेशका लागि कामदार उत्पादन गरिरहेका छन र यि विद्यालयहरु कामदार उत्पादन गर्ने कारखाना बनेका छन भन्दा अचम्म मान्नु पर्देन होला । बा आमाको जिम्मेवारी र दायित्व यतिबेला घट्दै गइरहेको हो या छोराछोरी पायो , अनि अलिक आँखा देख्ने बनायो र विदेश पठायो सन्तान पनि खुशी बाउ आमा पनि खुशी यस्तो परिस्थिति हाल अधिकांश नेपालीहरुको छ ।
संघिय सरकार र यिनका मन्त्रिहरु वैदेशिक रोजगारका लागि युवाहरु पठाउनुलाइ आफ्नो सफलता मानिरहेका छन । अझै बेलाबेलामा वैदेशिक रोजगारमा गएका कामदारहरुको अवस्था हेर्न विदेश जाने मन्त्रिहरु त आफ्नो जिवनको सबैभन्दा अमुल्य क्षणको रुपमा विश्लेषण गर्ने गरेको पाइन्छ ।
देशमा नै केहि गर्ने लक्ष्य लिएर हिडेका युवा विद्यार्थीहरु दिनदाहडै आफ्नै शरिरमा पेट्रोल छर्केर मर्नपर्ने , विष सेवन गर्नुपर्न लगाएतका सजिलो विकल्प खोजेर आत्मदाह गर्नुपर्ने परिस्थिति सिर्जना भइरहेको छ । सत्ता र शक्तिमा रहेका व्यक्तिहरुका आफन्त बाहेककाले जागिर पाउने सम्भावना नै हराउदै गइरहेको छ । विभिन्न देशका विभिन्न ठाउमा घुमेको महंगा मोबाइलबाट खिचेका हाइ क्वालिटि सेल्फि हाल्दै सामाजिक सञ्जाल रंगाउने अभिभावक र छोराछोरीहरु देख्दा अन्य अभिभावक र विद्यार्थीहरु विदेश जान लालाइत बनिरहेका छन । त्यहि युवा जसले नेपालमा काम गरेर आफ्नो र परिवारको आधारभुत आवश्यकता पुरा गर्न सक्दैन त्यहि युवा विभिन्न देशमा गएर आफू सँगै परिवारको जिवन गुणस्तरीय बनाउन सक्छ कमजोरी कहाँ निर हो यो पत्ता लगाउने समय आएको छ । यहाँ उठान गरिएका विषयबस्तु पढ्दा आफ्नै कथा पढेजस्तो मन चसक्क भइ नयाँ कुरा के निर्माण हुन सक्छ भन्दा कास म यो लेख पढेजस्तै जापानिज , कोरिएन र अन्य देशको भाषा पढ्न सके त कनफर्म त्यहि देशको भिषा लाग्दथ्यो ।
देशमा सुस्त गतिको आर्थिक मन्दि देखिरहेको छ । किस्ता तिर्ने दिन र दैनिक रुपमा आउने बैंक तथा वित्तिय संस्थाका फोन र तिनिहरुका प्रतिनिधि घरघर पुगिरहेका छन । अधिकांश नेपाली जनताहरु प्रत्येक रात पिडामा छटपटिरहेका छन, कसरी नेपालीहरु दैनिक रुपमा किस्ताको जोहो गर्नका लागि छाल सँगै बगेर आएको माछा बनिरहेका छन ।
आजभोलि हाम्रो खानपान, वातावरण र विज्ञान र प्रविधि तथा इन्टरनेटको सहज पहूँचका कारण विद्यार्थीहरु छिट्टो परिपक्क हुन थालेको देख्न सकिन्छ । उमेर सानो भएता पनि शारिरिक रुपमा विकसित हुनु र इन्टरनेटको माध्यमबाट धेरै कुराहरुको जानकारी प्राप्त गर्नु, सामाजिक सञ्जाल मार्फत विभिन्न खालका समाचार हेर्नु , विदेशका देशहरुमा गएका नेपालीहरुको अवस्था तथा त्यस देशका बालबालिकाहरुको बारेमा अध्ययन गर्न सक्ने सजिलो माध्यम भएका कारणले गर्दा आजभोलिका विद्यार्थीहरु धेरै कुराहरुको बारेमा जानकार छन । विकसित देशहरुको रहनशहन , उनिहरुको खानपान आदिको बारेमा प्रत्येक दिन अपडेट भइरहन्छन । साना देखि ठुला उमेर समूहका बालबालिकाहरु यतिबेला कोरिएन , जापानिज , पाकिस्तानी ड्रामाहरु, अंग्रेजी सिरिजहरु हेर्ने र पब्जी ,फ्रिफाएर जस्ता अनलाइन गेमहरु अत्याधिक मात्रामा खेल्ने हुदाँ बढि हिंस्रक र रिसाह बन्दै गइरहेका छन केहि बालबालिका र युवाहरु भने यसबाट आम्दानी पनि गरिरहेका छन । कोरोना माहामारीको बेलामा लामो समय सम्म घरभिर बसिरहेका बालबालिकाहरु इन्टरनेट विना तड्पिने परिस्थिति सिर्जना भएको छ भने देशमा ग्रेड सिस्टम लागू भए सँगै फेल हुदिन भन्ने विस्वासका कारण विद्यार्थीहरु पढ्नका लागि र सिक्नका लागि मेहनत गर्न विस्तारै छाडिरहेका छन जसको फलस्वरुप शैक्षिक गुणस्तर झनझन खस्किदै गइरहेको छ । आजभोलि एउटा शैक्षिक सत्रमा ४ पटक सम्म परिक्षा लिइने गरिन्छ , तिन पटक सम्म पनि अत्यन्तै थोरै नम्बर आएको विद्यार्थी अन्तिम परिक्षामा कसरी पास हुन्छ भन्ने कुरा सायदै कसैलाइ मतलबको विषय बनिरहेको छ ।
अभिभावकहरु अरु बेलामा आफ्ना सन्तानहरुले केहि प्रगति गरेको देख्न रमाउने र खुशी हुने गर्दछन यसै सन्दर्भमा आफ्ना छोराछोरी बर्षाे सम्म पढेर दिएको परिक्षाको हेर्न मिल्ने जति उत्तर पुस्तिकाहरु सम्भवत १ प्रतिशत अभिभावकहरुले पनि हेर्देनन भलै जतिसुकै उच्च शिक्षा हासिल गरेका अभिभावक नै किन नहुन ।
विदेशी सिरिज, फिल्म , ड्रामाहरु हेर्दे हुर्किदै गर्दा बालबालिकाहरु विपरित लिङ्गप्रतिको आकर्षण बढ्दै गइरहेको छ । कक्षा ७, ८, ९ र १० मा पढ्दा देखि नै व्याइफ्रेण्ड , गलफ्रेण्ड बनाउने कुरा यतिबेला सामान्य बन्दै गइरहेको छ । कक्षा १२ पढेपछि विदेशिने सुर कस्ने विद्यार्थीको चाहना अनि विभिन्न बाध्यताहरुका विचमा यतिबेलाको शिक्षा र बालबालिकाहरु गुज्रिरहेका छन । आफ्नो मुटुको टुक्रा मान्ने छोराछोरीहरु पढ्ने विद्यालयमा जाने फुर्सद साएदै कुनै अभिभावहरुलाइ होला । विद्यालयहरुले पत्र काटेर बोलाउदा एकछिन मात्र विद्यालय जाने परिपाटि अझै हाम्रा अभिभावहरुमा विद्यमान छ । अभिभावहरु विद्यालय भर्ना गरेपछि सबैकुरा विद्यालयको जिम्मा मात्र लगाउने चलचल्तिले आगामी भविष्य डामाडोल हुन सक्ने परिस्थिति छ ।
अहिलेका विद्यार्थीहरु सँग आधा घण्टा विताउन अभिभावहरुलाइ गाह्रो पर्दछ , वर्तमान देशको परिस्थिति राजनैतिक वितृष्णा, नेपालमा केहि पनि गर्न सकिदैन यहाँ केहि हुदैन भन्ने सोच , इन्टरनेट र सामाजिक सञ्जाल प्रति बढ्दो रुचि मोबाइल र ल्यापटमा घोप्टिने लतले परिवार , आफन्त साथिभाइ सँग भन्दा पनि भर्चुअल दुनियाँ र अनलाइन गेमहरुमा रमाउने प्रबित्ति बढ्दै गइरहेको छ आफ्नो परम्परा सामाजिक मुल्यमान्यता कर्तव्य बोध घट्दै गइरहेको जस्तो देखिदै गइरहेको छ । जसको फलस्वरुप पछिल्लो समयमा विद्यालयहरुमा डिसिप्लिन इन्चार्ज डिआइ राख्नुपर्ने बाध्यता जस्तो बन्दै गइरहेको छ । सामुदायिक विद्यालयका विद्यार्थीहरु र संस्थागत विद्यालयका विद्यार्थीहरु विच ठुलो खाडल बन्दै गइरहेको हामि देख्न सक्दछौँ । आफ्नो भविष्यको र लक्ष्य भन्ने कुरा यतिबेला कुन चराको नाम हो भन्ने अवस्था देखिएको छ भने चिलगाडी चढ्नुलाइ भविष्य र जिवनको उदेश्य मान्न थालेका छन । अधिकांश अभिभावकहरु विद्यालय जाने र शिक्षकहरुलाइ मेरा छोराछोरी भनेकै मान्दैनन तह लगाइदिन पर्याे भन्ने गुनासो बढ्दै गइरहेको छ । सम्पुर्ण विद्यर्थीहरुको जिम्मा यतिबेला शिक्षकको टाउकोमा थोपारेर अभिभाव एंव विद्यर्थीहरु गहिरो निद्रामा पुगेको देख्न सक्दछौँ । अझै भन्ने हो भने संस्थागत विद्यालयमा त पैसा तिरेपछि सबैकुरा विद्यालयले हेर्छ भन्ने ठुलो आशा रुपि भ्रमको खेति गर्नमा अभिभावकहरु तल्लिन छन ।
सामुदायिक विद्यालयका शिक्षक सेवा आयोग बाट सरकारी तलब खाने बाहेकका अधिकाशं संस्थागत र सामुदायिक विद्यालयका शिक्षकहरु आफै कन्सल्टेन्सिमा पासपोर्ट बुझाएका छन । अभिवावक र विद्यार्थीका घरका दाजु दिदिहरु पनि कुनै देशको लागि पासपोर्टमा भिसा लगाउन कुदिरहेका छन । भोलिका दिनमा विभिन्न देशका नियम कानुन परिवर्तन भएर नेपालीहरुलाइ त्यस देशमा जानका लागि बढो संघर्ष गर्नुपर्ने दिन आएको खण्डमा के हुन्छ होला भन्ने कुराको चिन्ता र चिन्तन गर्ने फुर्सद हामिलाइ छैन । यस्तो परिस्थितिबाट हामि नेपालीहरु अघि बढिरहेका छौँ ।
यि तमाम प्रश्नहरुका विच निराशा नै निराशाहरुका विच पनि हामिहरु अझै सपना देख्न र नेपालमा नै भविष्य बनाउनका लागि अझै विकल्पहरु बाकिँ छन । अझै पनि नेपालमा धेरै कुराहरु गर्न सकिने सम्भावना छ । विद्यार्थीहरु नेपालमा नै केहि गर्न सक्ने गरि दक्ष जनशक्ति बन्नका लागि र अभिभावहरु पनि आफ्ना सन्तानहरुलाइ नेपालमा नै बस्ने अवस्था बनाउनका लागि यस्ता क्रियाकलापहरु अब राज्य , अभिभावक र विद्यार्थीहरुले गर्न जरुरी छ ।
अबको शिक्षा कस्तो हुनुपर्छ भन्ने विषय प्रवेश यसरी गरौँ,
पाठ्यक्रम ः नेपालमा अब नेपालका संम्पदा भन्ने विषय आरभुत देखि माध्यामिक तह सम्मको शिक्षामा नयाँ पाठ्यक्रम थप गर्न सकिन्छ । जसमा नेपालका धार्मिक , सांस्कृति, पर्यटकीय, पुरातात्विक र इतिहासका विषयवस्तुहरु समेटेर यसको संरक्षण र विश्व स्तरमा प्रचारप्रसार गर्ने गरि नयाँ पाठ्यक्रम लागू गर्न सकिन्छ । हाम्रो देश विश्वमा नै प्राकृतिक दृष्टिकोणले भरिपुर्ण छ । यि पाठ्यक्रम हिमाली क्षेत्रमा हिमाल , पहाड क्षेत्रमा पहाड र तराइ क्षेत्रमा तराइ गरेर हाम्रा सम्पदाहरु पढाइ गर्ने ति महत्वका क्षेत्रहरुको कसरी संरक्षण र प्रवद्र्घन गर्न सकिन्छ भन्ने विषवस्तुहरु समेटेर पढाइ गर्न जरुरी छ । हामि अहिलेको पाठ्यक्रममा पढ्न मात्र सिक्यौ , जानकारीका लागि मात्र हाम्रा पाठ्यक्रमहरु तयार भए तर आगामि दिनहरुमा नेपाललाइ माया गर्ने सक्ने नेपालमा नै अवसर र संम्भावनाहरु देखिने गरि नयाँ पाठ्क्रम लागू गर्नुृपर्ने वर्तमान समयको माग हो । जसले गर्दा हामि देशलाइ माया गर्न सिक्छौँ भने अर्काेतर्फ यसको प्रचारप्रसार र रोजगारी सिर्जना गर्दे विश्वका पर्यटकहरुलाइ नेपाल घुम्नका लागि लालायित गर्न सक्छौँ अब हामि हामि सँग भएका प्राकृतिक र यहाँको स्रोतसधानहरुलाइ नयाँ टेक्नोलोजिसँग फ्युजन गराउदै अघि बढ्नु पर्दछ । पाठ्यक्रम अति नै घोकन्ते र त्यहि घोकेर लेखेको आधारमा अंक प्राप्त गर्ने किसीमको छ , यसलाइ परिवर्तन गरि प्रयोगात्मक शिक्षा लागू गर्न जरुरी छ ।
विद्यालय ः विद्यालयको भौतिक संरचना र अवस्थितिले विद्यार्थीको सर्वाङ्गिण विकासका लागि महत्वपुर्ण भूमिका खेलेको हुन्छ । विद्यालयको वरपरको बातावरण हरियालि र शान्तिपूर्ण बनाउनका लागि बृक्षारोपण गर्ने र बगैँचाको निर्माण गर्नुपर्दछ । सफा र पर्याप्त मात्रामा भेन्टिलेसन सहितको कक्षा कोठा, स्वच्छ पिउने पानि , पर्याप्त, सफा र बालिकाहरुका लागि सेनेटरी प्याड डिस्पोज गर्न मिल्ने गरिको शौचालय, कम्यूटर ल्याब, विज्ञान ल्याब , खेल्ने चौर लगाएतका भौतिक पक्षहरुको व्यवस्था गर्नुपर्दछ । विद्यालयमा विद्यार्थीहरु बसिरहूँ पढिरहुँ र नयाँ कुराहरु सिकिरहूँ भन्ने बातावरण बनाउनु पर्दछ । बेलाबखत विद्यालयले विद्यार्थी तथा शिक्षकहरुलाइ देश तथा विदेशका राम्रा विद्यालयहरुमा भ्रमण लैजाने त्यहाँको पढाउने तरिका र भौतिक संरचना , व्यवस्थापन सिक्ने गर्नुपर्दछ । विद्यार्थीहरुको सिप र क्षमता र उनिहरुको प्रतिभा प्रफुटनका निम्ति सहज बातावरण सिर्जना गर्ने र विभिन्न अतिरिक्त कार्यक्रमहरुमार्फत उनिहरुलाइ अगाडी बढाउन सक्नुपर्दछ । विद्यार्थीको क्षमता पहिचान गर्दे उज्जवल भविष्य निर्माण गर्नका निम्ति थप निखार ल्याउने काममा सघाउनुपर्दछ ।
अभिभावक ः अभिभावकहरुले आफ्ना सन्तानहरुलाइ सपना देख्नका साथै सपना पुरा गर्न अथक मेहनत , परिश्रम र निरन्तर अभ्यास गर्नुपर्छ भन्ने कुरा सिकाउन जरुरी छ । त्यस्ता खालका कामहरुमा लगाउनुहोस जून कामले उनिहरुलाइ परिश्रम , मेहनत , लगनशिलता र निरन्तर अभ्यास गर्न प्रेरित गरोस् । आफूहरु के काम गरेर आफू र आफ्नो परिवारको खर्च धानिरहनुभएको छ त्यसको विषयमा आफ्ना सन्तानहरुलाइ जानकारी दिने गर्नुपर्दछ । जसले गर्दा अभिभावकले गरिरहेको कामलाइ निरन्तरता दिने या नयाँ ढंगबाट आफ्नो जिवन अघि बढाउने भन्ने विषयमा बुझ्ने छन । आफ्नो छोराछोरी कस्तो बनाउने सबैभन्दा ठुलो हात अभिभावकको हुने गर्दछ । भनिन्छ बालबालिकाहरु भनेका काचो माटो हुन इनिहरुलाइ जस्तो आकार दियो त्यस्तै बन्दै जान्छन । तसर्थ १० वर्ष देखि १५ वर्ष सम्मको उमेरका बालबालिकाहरुको सबैभन्दा बढि ख्याल गर्ने गर्नुपर्दछ । यो उमेरमा अभिभावकहरुले छोराछोरीलाइ जस्तो बनाउन चाहनु हुन्छ उस्तै बन्न सक्छन । उनिहरुको अगाडी घर झगडा नगर्नुहोस । पढ्ने बेलामा शारिरिक भन्दा मानसिक परिश्रम धेरै हुने हुदाँ खानपानमा विशेष ध्यान दिने र सकेसम्म घरमा पाकेको खाना र खाजाहरु खुवाउने गर्नुहोस । विद्यार्थीहरुलाय मेहनत के हो , धार्मिक तथा सामाजिक मुल्य मान्यता के हो , संस्कार के हो , भविष्यमा कसरी अघि बढ्ने लगाएतका उनिहरुको जिवनमा असल मान्छे बन्न आवश्यक पर्ने कुराहरु सिकाउनुहोस । सानो उमेरका बालबालिकाहरुलाइ मोबाइल , टिभी लगाएतका स्क्रीनहरु बट सकेसम्म टाढा राख्ने गर्नुहोस् , रोइरहेको बेला केहिबेर रुन दिनुहोस तर मोबाइल दिएर फकाउने काम नगर्नुहोस । विद्यालयमा भएका दैनिकीहरु विद्यालय बाट फर्किएपछि या बेलुकी सबै कुराहरु सुन्ने गर्नुहोस, यसले गर्दा आफ्नो कुराहरु अभिभावकसँग साट्न सक्ने बानीको विकास हुन्छ र भविष्यमा तपाइको कुराहरु सुन्नेछन । यो उमेरमा परिवारले भनेको र अभिभावकले भनेको मान्ने हुन्छन यदि यो उमेरमा अलिक ख्याल नगर्ने हो भने बालबालिकाहरु पछि गएर समाल्न नसक्ने हुन्छन । यहि उमेरमा कस्तो साथिको संगत गरिरहेको छन, के कुरामा ध्यान दिइरहेका छन, के कुरा सिकिरहेका छन बढो ख्याल गर्नेगर्नुहोस । यदि १० देखि १५ वर्ष ५ वर्षको अवधिमा विशेष ध्यान दिन सक्नुभएन भने खराब संगत, र गलत कुराहरु सिक्न सक्दछन । पैसाको महत्व , जिवनमा केहि गर्नुपर्छ भन्ने सकरात्मक भावनाको विकास यहि उमेर समूहमा गराउनुपर्दछ ।
शिक्षक ः शिक्षकहरुले कसरी बालबालिकाले बुझ्न सक्छन । कुन उपाए बाट गर्दा उनिहरुलाइ बुझ्न सहज हुन्छ । उनिहरु क्स्तो शिक्षक खोजिरहेका छन त्यस्तै बनिदिनु पर्दछ । आजभोलिका बालबालिकाहरुको मनोभावना भनेको शिक्षक साथि जस्तै होस भन्ने चाहना राख्दछन शिक्षकले आफ्नो कुरा सुनोस् र बुझोस भन्ने चाहना राख्दछन । शिक्षक भनेको अत्यन्तै संवेदनशिल हुनुपर्दछ । यदि बुबा आमा पछि कसैले कोहि मान्छेको बारेमा उसको भलाइ र राम्रो होस भनेर निस्वार्थ भावना लिएर सोच्छ भने उ शिक्षक मात्र हुन सक्दछ । अहिले पनि शिक्षकहरु अत्यन्तै बढि मेहनत आफु मात्र गरेको देख्न सक्दछौँ । शिक्षकहरुले अब विद्यार्थीहरुलाइ सहिजकरण गर्ने र उनिहरुलाइ नै बढि भन्दा बढि आफ्नो उदेश्य प्राप्ति गर्नका लागि प्रेरित गरिरहने गर्नुपर्दछ । वर्तमान विज्ञान र प्रविधिको युगमा विद्यार्थीहरु उत्तर खोज्न र पढ्न इन्टरनेटको प्रयोग गर्न सक्दछन अझै च्याट जीपीटी जस्ता एआई आइसकेको छ । विद्यार्थीहरुलाइ कसरी पढ्ने र के का लागि बढ्ने कहाँ बाट पढ्ने भन्ने मात्र सिकाउन सक्यौ भने अधिकांश विद्यार्थीहरुलाइ पुग्दछ । उनिहरु संग किताब , इन्टरनेट , समाज , साथिभाइ लगाएत थुप्रै कुराहरु पढ्नका लागी स्रोत र साधनहरु छन तिनिहरुको प्रयोग र आफूले पढाउने काम गर्ने गर्नु बर्तमान समयमा फलदायि र लाभदायीक हुन्छ भन्ने कुराको ज्ञान दिन जरुरी छ । विद्यार्थीहरुलाइ असल शिक्षा दिन र पाठ्यक्र बुझाउने सोचका साथ राजनीतिबाट पर रहेर विद्यालय जाने र आफ्नो कामलाइ राम्रोसँग सम्पादन गर्ने हो भने शिक्षा हामिले सोचे जस्तै हुनेछ ।
विद्यार्थी ः विद्यार्थीहरु यतिबेला विद्यालयमा हरेक हप्ता अतिरिक्त क्रियाकलाप, कक्षाकोठा सफा, भुइमा कार्पेट र भित्ताहरुमा आर्कषक र ज्ञान दिने खालका चित्रहरु , र जानकारीमुलक उत्तरहरु, नयाँ खालको रंगिचङ्गि विद्यालयको पोशाक , चमेना गृहमा विभिन्न परिकारका सफा , शुद्घ, र मिठो खानेकुरा पाइयोस् , विज्ञान , कम्यूटरका उच्च प्रविधियुक्त ल्याबको व्यवस्था होस् , लाइबे्ररीको व्यवस्था होस् , फिटनेस , डान्स , चित्रकलाको प्रयोगात्मक कक्षा सञ्चालन होस्, एउटा कक्षा विद्यार्थीहरुका लागि मात्र भनेर छुट्टै व्यवस्था होस , खेलहरु खेल्नका लागि चउर होस् , बेलाबेलामा विद्यालयले फिल्ड भिजिटमा लैजाओस्, शिक्षकहरु फिट, बेसिन साबुन सहितको , सफा शौचालय , बेलाबेलामा आराम गर्नका लागि शोफा सेटको व्यवस्था , शिक्षकहरुले नकुट्ने सम्झाउने , आफ्नो कुरा सुन्ने , समयमा कक्षाकोठामा आउने , अल्छि नगर्ने, विद्यालयमा नर्सको व्यवस्था गर्ने , स्विमिङ्ग पुलको व्यवस्था गर्ने , बगैँचा भएको , विद्यार्थीहरु पपुलर , रचनात्मक, कुरा नलगाउने, शान्त र सहयोगी भावना भएको होस भन्ने चाहना राख्ने गर्दछन । जसरी वर्तमान समयमा विद्यर्थीहरु विभिन्न चाहनाहरु राख्दछन उसैगरि आफ्ना कर्तव्यहरुको बोध समेत विद्यार्थीले गर्नुपर्दछ ।
अबको शिक्षा जानकारी प्राप्त गर्ने अनि त्यसलाइ उत्तर पुस्तिकामा सार्ने मात्र नाभइ व्यवहारिक शिक्षा सँगै संस्कार युक्त शिक्षा , सीप सहितको जनशक्ति उत्पाद गर्ने तर्फ केन्द्रित हुन जरुरी छ । विद्यालय जाने भनेको किताबमा लेखिएको पाठ्यक्रमसँगै त्यसले सिकाउन खोजेको मुलभुत विषयबस्तुहरुलाइ दैनिक जिवनमा अपनाउन सक्ने गरि शिक्षा दिनुपर्ने वर्तमान समयको माग हो । किताबमा भएको अनुसासनको महत्व पढिरहदाँ विद्यार्थीले आफुले दैनिक गरिरहेको काम नै अनुसान हो भन्ने सिकोस् । विभिन्न ठाउहरुको बारेमा लेखिरहदाँ विद्यार्थीहरु आफै त्यो ठाउमा घुमेका र त्यसको बारेमा लेख्न सक्ने हुन । हामिले हेर्ने हो भने हामि सँगै पढेका कक्षामा प्रथम हुने व्यक्ति जिन्दगीमा प्रथम हुन सकिरहेको देख्दैनौँ यसको मतलब यो हैन कि प्रथम हुनु गलत हो कुरा के हो भने ज्ञान सँगै संस्कार सिक्ने हो भने मात्र उ जिन्दगीको हरेक अफट्यारा मोडहरुमा सजिलै ए प्लस ल्याउन सक्दछ ।
सरकार ः
सकारले माध्यामिक तह सम्मको शिक्षलाइ अनिवार्य र निशुल्क भनेर संविधानमा व्यवस्था भए अनुरुप व्यवहारमा उर्तानका लागि नीतीहरु बनाउन जरुरी छ । प्राविधिक र समयको माग बमोजिम व्यवहारिक शिक्षामा जोड दिएर पाठ्यक्रमको व्यवस्था गर्नुपर्दछ । विद्यालयको भौतिक संरचना र शिक्षकहरुको पर्याप्ततामा राज्य लाग्नु पर्दछ । विद्यालयको अनुगमन मुल्यांकन गर्ने , शिक्षक , विद्यार्थी तथा अभिभावकहरुको मनोभावनाहरु बुझेर कसरी काम गर्न सकिन्छ योजना बनाउनु पर्दछ । तिन तहको सरकार छ यसले शिक्षालाइ सबैभन्दा ठुलो कुरा र काम कर्तव्य ठानेर अघि बढ्न जरुरी छ । विभिन्न विषयमा उच्च शिक्षा पढ्न चाहने अब्बल विद्यार्थीहरुलाइ उनिहरु राम्रोसँग पढ्न सक्ने गरि छात्रबृत्तीको व्यवस्था मिलाउनु पर्दछ । जसका लागि स्थानिय सरकारले वर्षेनी रुपमा बजेट छुट्याउन जरुरी छ । शिक्षकहरुलाइ समयअनुरुप तालिम प्रदान गर्ने , तलब भत्ता बृद्दि गर्ने र अन्य सेवा सुविधाहरु दिन जरुरी छ । जब सम्म शिक्षक खुशी भएर पढाउन सक्दैनन तब सम्म देशको भविष्य बन्न भन्ने सोच्नु मूर्खता हुनेछ ।
विद्यालयमा विभिन्न समितिहरु गठन ः
विद्यालयमा बाल क्लब , शिक्षक अभिभावक संघ, विद्यालय व्यवस्थापन समितिहरु चयन गर्दा सम्पुर्ण अभिभावकहरुको प्रत्यक्ष सहभागीता हुन जरुरी छ । कसरी विद्यालय राम्रो गर्न सकिन्छ भिजन भएको समिति गठन गर्न सक्यौ भने विद्यालय शिक्षा अघि बढ्दछ । विद्यालयको नीति नियमहरु विकास निर्माण कार्यहरु गर्नका लागि र विद्यालय वरपरको वातावरण शान्त र शिक्षा आर्जन गर्न सक्ने गरि निर्माण गरिदिनुपर्दछ ।
अन्तमा वर्तमान शिक्षाले नै भविष्य कस्तो हुने भन्ने कुराको निर्धारण गर्दछ । बालबालिकाहरुमा गरिने खर्च खर्च नभएर लगानी हो बालबालिकाहरु वर्तमानका साझेदार र भविष्यका कर्णधार हुन तसर्थ हामि सबै मिलेर अब देशको मुहार फेर्न र समृद्द राष्ट्र निर्माण गर्नका लागि समय अनुरुप व्यवहारिक र जिवनउपयोगी शिक्षामा जोड दिऔँ । देशका लागी जनशक्ति उत्पादन गरौँ ।