२०८० भदौ २ रुपान्तरण र युवा प्रा.लि. द्दारा एकदिने नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न भएको छ । विगत लामो समय देखि अनवरत रुपमा युवा विद्यार्थीको क्षेत्रमा सक्रिय यस संस्थाले हजारौं विद्यार्थीहरुलाई प्रशिक्षित गर्दै आएको छ। यसै अनुरूप नवलपुरको देवचुली -१३ दलदले स्थित होटल हातेमालोमा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न गरेको हो । युवा विद्यार्थीहरूलाई भविस्यमा कुशल नेतृत्वकर्ता बनाउने अभिप्रायले यस्तो कार्यक्रमहरु गर्दै आएको संस्थाका उपाध्यक्ष एंव कार्यक्रमका प्रमुख प्रशिक्षक शिशिर गैरेले बताए । लामो समय देखि युवाहरूलाई नेतृत्व सीप विकास गराउने अभियानमा सकृय गैरेेले नेतृत्व सीप विकास कसरी गर्ने , कसरी आत्मविश्वास बढाउने र समय व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा प्रशिक्षण गरेका थिए । मनतव्यका क्रममा कार्यक्रमका प्रमुख अतिथि देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद मरासिनीले वर्तमान परिवेशमा व्यक्तिगत विकास र नेतृत्व सीप विकास नितान्त आवश्यक रहेकोले प्रत्येक युवाले यस्ता कार्यक्रम निरन्तर लिनुपर्ने आवश्यकता रहेको कुरा बताएका थिए । करिब ८ वर्षको निरन्तर मेहनत पश्चात् खरदार देखि निजामती सेवामा प्रवेश गरि हाल प्रमुख प्रशासकिय अधिकृत बन्दा सम्मको आफ्नो सफलताको कथा सुनाएर सहभागीहरूलाई उत्प्रेरित गरेका थिए । समय सान्दर्भिक कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा समेत यस्ता कार्यक्रम गर्न अनुरोध एंव आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा वक्ताको रुपमा युवा उद्यमी तथा चर्चित युवा नेता दीपक भट्टराईको समेत उपस्तिथि रहेको थियो। मनतव्यका क्रममा आफ्ना अनुभवहरू सुनाउदै लगनशील भएर लाग्ने ह भने नेपालमा नै थुप्रै अवसर रहेको र नयाँ ढंगबाट युवाहरू अघि बढ्नुपर्ने कुरामा जोड दिए । युवाले अब नेतृत्व लिने पालो आएकोले आफ्नो दक्षता वृद्धि गर्न सबैलाई आव्हान समेत गरेका थिए ।
उक्त कार्यक्रमलाई देवचुली १३ दलदले स्थित सद्भाव इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सिले प्रायोजन गरेको थियो ।