अर्मान मियाँ , नवलपुर
नवलपुर जिल्ला क्रिकेट संघ द्दारा नवलपुर महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू भएको छ । देवचुली नगरपालिका वडा नं.१० स्थित रोयल क्रिकेट एकेडेमीको खेल मैदानमा मंसिर १२ गते देखि छनौट प्रकृया सुरू भएको हो । नवलपुर जिल्ला क्रिकेट संघका अध्यक्ष धामनाथ सापकोटाको अध्यक्षतामा भएको छनौट प्रकृयामा हालसम्म जिल्ला भर बाट २४ जना खेलाडी सहभागी भएका छन । जिल्ला छनौट खेलका लागि जिल्ला भरबाट खेलाडीहरू सहभागी हुन पाउनेछन् । मंसिर १५ गते सम्म जिल्ला भर बाट उपस्थित हुने महिला खेलाडीहरू अभ्यास खेल खेल्नेछन् जसबाट उत्कृष्ट खेल प्रदर्शन गर्ने १४ जना जिल्ला स्तरीय टिममा छनौट हुनेछन् । जिल्ला बाट छनौट भएका खेलाडीहरू गण्डकी प्रदेश टिम बाट प्रधानमन्त्री कपको छनौट खेल खेल्नका लागि नवलपुर जिल्लाको प्रतिनिधित्व गर्नेछन् । पछिल्लो समय नवलपुर क्रिकेटको क्षेत्रमा राम्रो गर्दै गइरहेको र अब छिट्टै नवलपुरका खेलाडीलाई राष्ट्रिय टिममा समेत देख्न सकिने रोयल क्रिकेट एकेडेमीका सञ्चालक सन्तोष न्यौपाने जानकारी दिए ।