खाजाका भिन्दै परिकार खाने अवसर सँग सम्बन्धित हुन्छ । कहिलेकाहीँ साथीभाइ भेट्दा अलिक धेरै माछा मासुका परिकार खाने गरिन्छ भने दिनहुँ खाने खाजाहरू भने शहाकारि हुने गर्दछ ।
जाडो याम सुरू भए सँगै तातो तातो झोल म:म: , सुप , थुक्पा आदिका परिकार बढी रोजाईमा पर्ने गर्दछ ।
खाजा खाएर विल तिर्ने बेलामा थकथकि नलाग्ने , शान्त र मनोरम बातावरण सस्तो र मिठो खाजा खाने इच्छा हरकोहिको हुने गर्दछ । यहि कुरालाई मध्यनजर गर्दे देवचुली १३, दलदलेमा रहेको होटल हातेमालो इन ले विन्टर फुड मेनिया सुरू गरेको छ ।
जहा टिफिन -99 अफर अन्तर्गत रू.९९/- रूपैयाँमा झोल म:म: , मसुरूम सुप, खसिको सुप, लोकल कुखुराको सुप, भेज सुप , थुक्पा आदि पाइन्छ ।
पछिल्लो समय आर्थिक मन्दिका कारण व्यवसाय थला परेको छ । ग्राहकहरू सस्तो पैसामा मिठो खान चाहन्छन । दलदलेमा ठुलो संख्यामा घर भाडामा बस्ने सरकारी तथा प्राइभेट सेक्टरका कर्मचारी छन , व्यवसायी छन भने कहिलेकाहीँ जाडोमा घरमा भाडा माझ्न भन्दा बाहिर केही खाउ भन्ने पनि छन । यस्तो बेला सस्तो रककमा सफा , ताजा , मिठो र पेटभरि खान पाइने ठाउँको खोजी सबैको हुने भएकोले फुड मेनिया सञ्चालनमा ल्याएको होटल हातेमालो इनका सञ्चालक नारायण काफ्लेले बताए ।
नवलपुर जिल्लामै पहिलोपटक विन्टर फुड मेनिया सञ्चालनमा ल्याएको हातेमालोले स्पेसल मट्का चिया यहाँको थप आकर्षणको केन्द्र रहेको बताएको छ । साथीभाइ सँगको जमघट, बर्थडे या अन्य कुनै पार्टी प्रशस्त बस्ने ठाउँ भएको हल , रूफटफ , गार्डन् , कटेज ,एसि तथा नन एसि ऐटेज रूमहरू समेत रहेका छन ।