नवलपुरकाे देवचुली नगरपालिका वडा नं-१३ मा D4 dance center and jumba ले माघ ६ गते सांस्कृतिक नृत्य प्रतियाेगिताकाे आयाेजना गरेकाे छ । नेपालकाे माैलिक संस्कृति जगेर्ना गर्ने उदेश्यले एक दिने नृत्य प्रतियाेगिता आयाेजना गरिएकाे माेडल तथा डान्स निर्देशक दिपक सापकाेटाले जानकारी दिनुभयाे ।
सापकाेटा हाल राेजगारकाे सिलसिलामा अष्ट्रेलिया रहेपनि नवलपुरमा रहेका प्रतिभावान कलाकारहरूलाइ प्राेत्साहन पुग्ने र राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमा पहिचान गराउन याे नृत्य प्रतियाेगिताबाट सहयाेग पुग्ने विश्वासका व्यत्त गर्नु भयाे ।
भाेलि हुने नृत्य प्रतियाेगितामा करिव २० जनाले आवेदन दिएका छन् । प्रतियाेगितामा प्रथम हुनेले नगद ३०००० सहित ट्रफि प्राप्त गर्ने छ । त्यस्तै दृतिय हुनेले २०००० र तृतिय हुनेले १०००० प्राप्त गर्नेछन् । प्रतियाेगितामा सहभागिहुन बीस बर्ष भन्दा कम उमेरकाे हुनु पर्ने छ भने दर्ता शुल्क नगद रू. १००० लाग्नेछ ।
सापकाेटाले विजेताहरू प्रतिभा प्रस्तुतिकाे आधारमा छनाेट हुने बताउनु भयाे । उहाँले नवलपुर लगाएत देश भरिनै प्रतियाेगिहरूलाइ अंककाे नाममा टिकट खरिद विक्रि, sms लगाएतका विभिन्न वहाना वनाइ पैसाकाे चलखेल हुने गरेकाे बताउदै आफुहरूले यस्ता कुनै कार्य नगर्ने र प्रतिभावान प्रतियाेगिहरूलाइ प्रत्यक्ष प्रतिभाकाे आधारमा छनाेट गर्ने बताउनु भयाे ।
पुरस्कारका लागि प्रथम पुरस्कार हाल अस्ट्रेलियामा रहनु भएकि रजहर निवासी एलिसा सापकाेटा अधिकारीकाे भाइ अर्जुन अधिकारी, दृतिय पुरस्कार दाजु राजेन्द्र अधिकारी र तृतिय पुरस्कार नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अष्ट्रेलिया र ट्रफि उव्दव खनाल (काठमाडौं) वाट प्राप्त भएकाे सापकाेटाले जानकारी दिनुभयाे ।