मंसिर २२
संगीता धामीले कक्षा १० मा पढ्दाको कुरा हो, विद्यालय स्तरीय कुस्ती प्रतियोगिताका लागि प्रशिक्षकहरूले विद्यालयरविद्यालयमा गएर विद्यार्थीलाई भाग लिन प्रस्ताव गरेको उनले थाहा पाइन्।
उनी आफैं गएर प्रशिक्षकहरूलाई भनिन्– म खेल्छु।
लक्ष्मी खत्री र राजेन्द्र चन्द प्रशिक्षक थिए। उनीहरूले धामीलाई छनौट गरे। त्यहीँबाट सुरू भयो संगीताको कुस्ती यात्रा।
उनले शनिबार जनकपुरधाममा भएको साउथ एसियन गेम ९साग० मा कुस्ती खेलमा ५५ किलो ग्राम तौल समूहमा नेपालकी संगीता धामीले नेपाललाई ऐतिहासिक स्वर्ण पदक दिलाउन सफल भइन्।
संगीताले बंगलादेशकी रिमी सरकारलाई ५–१ ले पराजित गर्दै नेपाललाई कुस्तीमा पहिलो पटक ऐतिहासिक स्वर्ण पदक दिलाउन सफल भएकी हुन्।
नेपालका लागि ऐतिहासिक स्वर्ण जितेपछि संगीताले आँशु थाम्न सकिनन्। जितको खुसीले उनी रून थालेपछि प्रशिक्षक र सहयोगीले सम्हाले। सङ्गीता रोएपछि कवर्डहलमा उपस्थित दर्शक समेत भावुक बनेका थिए।
तर संगीतालागि सागमा छनौट भएर स्वर्णपदक विजेता बन्नु सानो कुरा होइन। सुदुरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको भिमदत्तनगरपालिका(३ नौलाखेत तिलकपुर घर भएकी १९ वर्षीया धामी अध्ययन र खेलको जिम्मेवारी सँगसँगै पूरा गरिरहेकी छन्।
उनी अहिले बिएड पढिरहेकी छन्। संगीतालाई स्कुल पढ्दै देखि खेल्न मन पर्थ्यो। त्यसैले स्कुलका शिक्षकहरू कुनै खेल खेलाउन पर्यो भने उनैलाई रोज्थे। सामान्य परिवारमा जन्मेकी संगीतासहित उनको अन्य तीन दिदीबहिनीको लालनपालन आमाले नै गर्दै आएकी छिन्।
‘बहिनी सानै छँदा बुवा आमालाई छोडेर अन्तै जानुभयो, त्यसयता आमा नै हाम्रो लागि सबैथोक हो। आमाले भैंसी पाल्नुभएको छ। दूध बेचेर हाम्रो शिक्षा दिक्षा पूरा गर्नुहुन्छ,’ संगीताले भनिन्,मैले आज जितेको स्वर्ण मेरी आमालाई हो। ३ जना छोरीमात्रै भएको भन्दै बुवाले संगीताकी आमालाई छोडेका थिए।
दूध बेचेरै घरपरिवार चल्दै आएको छ। संगीताले आमालाई सहयोग गर्न घर–घरमा दूध पुर्याउन जान्थिन्। त्यसैले कहिलेकाँही कलेज जान अबेर हुन्थ्यो।
‘दूध बेचेर कलेज पढ्न जाँदा साथीहरु दूधवाली भनेर जिस्क्याउँथे, एकदमै नराम्रो लाग्थ्यो संगीताले भावुक हुँदै भनिन्। अहिलेसम्म अन्तर्राष्ट्रियस्तरको १, राष्ट्रिय स्तरको २ र घरेलुस्तरको ३ गरी जम्मा ६ वटा स्वर्ण पदक जितिसकेकी संगीताको कुस्तीमा राम्रो खेलाडी बनेर भविष्य उज्जवल बनाउने सोच छ । उनी भन्छिन् ‘खेलमै टिकिराख्न मिहिनेत गर्दैछु, सकेसम्म यसैलाई भविष्यको पेसा बनाउँछु, उनले एकैछिन सोचेर फेरि भनिन्,यसलाई मुख्य पेसा बनाउन नसके अन्तै जागिर गरेर भए पनि आमा र बहिनीको सहारा बन्नेछु।’